Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अत्याधिक गर्मीले पठनपाठनमा कठिनाई भएको भन्दै विद्यालहरु बन्द हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १८, २०८०
अत्याधिक गर्मीले पठनपाठनमा कठिनाई भएको भन्दै विद्यालहरु बन्द हुँदै

वीरगंज (पर्सा), १८ जेठ । अत्यधिक गर्मी बढेपछि पर्सामा विद्यालयहरु बन्द हुन थालेका छन् । विभिन्न पालिकाहरुले अत्यधिक गर्मीले विद्यालहरुमा पठनपाठन गर्न कठिनाई सृजना भएकाे भन्दै विदा दिन थालेकाे हाे । पर्साका अधिकांश पालिकाहरुले बर्षे विदाबाट काटा हुने गरी ४ दिनदेखि १० दिन सम्म विदा दिएका छन् ।

वीरगंजमा ८ दिन विद्यालय बन्द
वीरगंज महानगरपालिकाले सम्पूर्ण शिक्षण संस्थाहरुमा शुक्रबारदेखि ८ दिनका लागि विदा दिइसकेकाे छ । बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै वीरगंज महानगरपालिकाकाे कार्यालयले बुधबार नै सूचना जारी गर्दै जेठ १९ देखि जेठ २६ सम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मकाे पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे थियाे ।

विन्दवासिनीमा ४ दिन विदा
पर्साकाे विन्दवासिनी गाउँपालिका बिहिबार एक सुचना जारी गर्दै पालिका अन्तर्गतका सामुदायिक तथा निजि विद्यालयहरुमा गर्मी विदा दिएकाे छ । गाउँपालिकाले प्रतिकुल मौसमका कारण अत्यधिक गर्मीले गर्दा विद्यालयहरुमा पठनपाठन गर्न कठिनाई सृजना भएको हुदाँ बिन्दवासिनी गाउँ कार्यपालिका कार्यालयकाे जेठ १८ गतेकाे निर्णय अनुसार गाउँपालिका क्षेत्रभित्र संचालित सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जेठ १९ गते देखि जेठ २२ गते सम्म विदा दिएकाे हाे ।

गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख कपिल लामिक्षानेद्वारा हस्ताक्षरित सूचनामा वर्षे विदाबाट मिलान हुने गरी बिदा गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध  गरिएकाे छ ।

पकहाँ मैनपुरमा ६ दिन विदा
यसैगरी पकहाँ मैनपुर गाउँपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी विदा दिएकाे छ । गाउँ कार्यपालिका कार्यालयको जेठ १८ गतेको निर्णयानुसार हाल बढदो अत्याधिक गर्मीको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेठ २१ गते आईतवार देखि जेठ २६ गते शुक्रवार सम्म विदा दिइएकाे निमित प्रमुख प्रशासकिय अधिकृत सुधाँशु शेखर प्रसादले वताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

कालिकामाईमा ८ दिन विदा
यसैगरी कालिकामाई गाउँपालिकाले पनि सामुदायीक तथा संस्थागत विद्यालयहरु गर्मी विदा दिएकाे छ । गाउँपालिकाले बढदो अत्याधिक गर्मीका कारण वालवालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेठ १९ गते शुक्रवारदेखि जेठ २६ गते शुक्रवार सम्म ८ दिन  विदा दिइएकाे जनाएकाे छ ।

वर्षे विदावाट कट्टा हुने गरी गाउँपालिकाका अन्तर्गतका वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन बन्द रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिभूषण प्रसाद साहले जानकारी दिए ।

जगरनाथपुरमा ९ दिन विदा
यसैगरी जगरनाथपुर गाउँपालिकाले पनि सामुदायिक, धार्मिक, संस्थागत विद्यालयहरुमा गर्मी विदा दिएकाे छ । गाउँ कार्यपालिका कार्यालयको मितिः २०८०।०२।१८ गतेका निर्णयानुसार हाल बढदो अत्याधिक गर्मीको कारण बाल बालिकाहरूको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेठ १९ गते शुक्रवार देखी जेठ २६ गते शुक्रवार सम्म विदा दिइएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक, धार्मिक, संस्थागत विद्यालयहरू बन्द रहने व्यहोरा उनले जानकारी दिए ।

पटेर्वा सुगाैलीमा १० दिन विदा
यसैगरी पटेर्वा सुगाैली गाउँपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिएकाे छ । गाउँ कार्यपालिका कार्यालयको मिति २०८०।०२।१८ गतेको निर्णयानुसार हाल बढदो अत्याधिक गर्मीको कारण बालवालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्ये नजर गर्दै जेठ १९ गते देखी जेठ २८ गते सम्म विदा दिइएकाे प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले वताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गतका बालविकास केन्द्र देखी कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

सखुवाप्रसाैनीमा ८ दिन विदा
यसैगरी सखुवाप्रसाैनी गाउँपालिकाले पनि सम्पूर्ण विद्यालयहरुमा गर्मी विदा दिएकाे छ । अत्यधिक गर्मीको कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले मिति जेठ १९ गते शुक्रबार जेठ २६ गते शुक्रबार सम्म वर्षे विदा वाट कट्टा हुने गरी गर्मी विदा गरिएको गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख नेपाल इन्दु शाहले जानकारी दिए ।

छिपहरमाईमा ६ दिन विदा
यसैगरी छिपहरमाई गाउँपालिकाकाले पनि सम्पूर्ण विद्यालयमा गर्मी विदा दिएकाे छ । गर्मी बढ्दै गएपछि विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्मका लागि गाउँपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा गर्मी विदा दिएकाे हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बिहिबार एक सूचना गर्दै गाउँपालिका अन्तर्गतका विद्यालयमा बर्षे विदाबाट मिलान हुने गरि विदा दिइएकाे जनाएका छन् । उनले पुन: जेठ २८ गते आइतबारदेखि नियमित विद्यालय समयमा सञ्चालनमा आउने पनि जनाएका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि