Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी सफाई अभियान्ताहरुकाे मन्त्रीसंग अडान, अभियानमा सांसदकाे ऐक्यबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १४, २०८०
सिर्सिया नदी सफाई अभियान्ताहरुकाे मन्त्रीसंग अडान, अभियानमा सांसदकाे ऐक्यबद्धता

वीरगंज (पर्सा), १४ जेठ । वीरगंजकाे सरिस्वा (सिर्सिया) नदीको प्रदूषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्तासँग उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भेटेघाट गरेका छन् । आइतबार अपरान्ह धर्नास्थलमै पुगेर उद्योगमन्त्री रिजालले धर्नामा बसेकाहरुसँग भेटेर उनिहरुको माग बारे जानकारी लिएका थिए । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरुले मन्त्रीलाई लिखित रुपममा ज्ञापनपत्र पनि बुझाए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले नदिलाई प्रदूषणण र अतिक्रमणमुक्त बनाउने अभियानको माग सम्बोधनका लागि आफू सकरात्मक रहेकाले धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर, मन्त्री रिजालको उक्त आग्रह आफूहरुले अस्वीकार गरेको धर्नामा बसेका अभियानका संरक्षक सरोज रायले बताए । रायले भने, ‘नदिलाई प्रदूषण र अतिक्रमणमुक्त बनाउनका लागि सरकारले नदि प्रदूषणण नियन्त्रण बोर्ड गठन गरोस् भन्ने हाम्रो मुख्य माग हो । यो माग बारे सरकारले लिखित रुपमा प्रतिबद्धता नजाएसम्म हामीले धर्ना फिर्ता लिँदैनौ भन्ने जवाफ हामीले मन्त्रीज्यूलाई दिएका छौँ ।’

सरकारले माग सम्बोधन नगरेसम्म आफूहरुले माइततीघर मण्डलाको धर्ना जारी राख्ने रायले स्पष्ट पारे । उनले सम्भवत मंगलबारका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर वीरगंजकाे सिर्सिया नदिबाट ल्याइएको प्रदूषित पानी उपहारका रुपमा दिने कार्यक्रम रहेको जानकारी गराए । झण्डै तीन दशकदेखि प्रदूषित वीरगंजकाे सिर्सिया नदिलाई प्रदूषण र अतिक्रमण मुक्त बनाउनका लागि सरकारलाई दबाब दिन वीरगंजदेखि पैदलयात्रा गरी काठमाडौँ पुगेका अभियन्ताहरुले माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् ।

जेठ ४ गते वीरगंजस्थित सिर्सिया नदिनको दूषित पानी बोत्तलमा भरेर त्यहिँ दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औँ दिन काठमाडौँ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाडौँ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेको अभियानका संरक्षक रायले जानकारी दिए ।

अभियानमा पर्साका सांसदकाे ऐक्यबद्धता
वीरगंजकाे सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ताहरुलाई भेटेर पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले उनिहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।

आइतबार अपरान्ह ४ बजेतिर धर्नास्थलमै पुगेर जसपाका प्रमुख सचेतक समेत रहेका यादवले धर्नामा बसेकाहरुसंग भेटेर उनिहरुको मागप्रति आफनो समर्थन र ऐक्यबद्धता जनाएका हुन् । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका संरक्षक सरोज राय, संयोजक सुनिल यादवसहितका अभियन्ताहरुले सांसद यादवलाई आफुहरुको मागसहितको ज्ञापनपत्रपनि बुझाएका थिए ।

सांसद यादवले “वीरगंजकाे सिर्सिया नदिको प्रदूषित पानी बोकेर पदयात्रा गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना दिइरहनु भएका चुरे तथा वनजंगल संरक्षण अभियानका साथीहरुसंग भेटघाट गर्दै उहाँहरुको मागपत्र बुझेको छु । उहाँहरुको धर्नामा मेरो ऐक्यबद्धता छ । संघीय सरकारको उदासिनताका कारण दसकौंदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सकिएको छैन ।” समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

धर्नामा बसेका अभियन्ताहरुसंग कुरा गर्दै सांसद यादवले सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सरकार र सम्बन्धित मन्त्रालयले कदम अगाडि बढाउनुपर्नेमा जोड दिए । यस अभियान बारे आफुले यसअघिनै संसद मार्फत सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै सांसद यादवले अब फेरिपनि ययसबारे सरकारलाई दबाब दिने वाचापनि गरेका हुन् ।

यसैगरी पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अजय कुमार चाैरसिया र पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले पनि धर्नामा बसेका अभियान्ताहरुसंग भेटेका छन् । धर्ना स्थल मै पुगेर सांसदद्वय चाैरसिया र गुप्ताले आफुहरुसंग भेटघाट गर्दै माग प्रति एवबद्धता जनाउनु भएकाे अभियान्ता सराेज रायले वताए । धर्ना स्थल पुगेका सांसदहरुलाई अभियान्ताहरुले आफ्नाे मागसहितकाे ज्ञापन पत्र समेत बुझाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि