Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नयाँ पुस्ताले चाहे जस्तै सहर बनाउन खटिइरहेका छौँ : वीरगंज महानगर प्रमुख सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १, २०८०
नयाँ पुस्ताले चाहे जस्तै सहर बनाउन खटिइरहेका छौँ : वीरगंज महानगर प्रमुख सिंह

वीरगंज (पर्सा), १ जेठ । वीरगंजलाई नयाँ पुस्ताले चाहेजस्तै सहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताएका छन् । वीरगंजस्थित रेडियो वीरगंजले सोमबार गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रममा प्रमुख सिंहले आफ्नै कार्यकालमा महानगरको मुहार परिवर्तन गर्ने प्रतिबद्धता जनाए । सिंहले भने, ‘तपाईंजस्तै युवा नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । तपाईंहरुको साथ र सहयोग पाएँ भने महानगरलाई सभ्य, सुन्दर र घुम्नलायक बन्न धेरै समय लाग्दैन ।’ महानगरले अहिलेसम्म गरेका कामको मूल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटी औँल्याइदिन पनि उनले अपिल गरे ।

सहभागी युवाको जिज्ञासा मेटाउँदै महानगर प्रमुख सिंहले भने, ‘बाल उद्यान पार्क र परवानीपुरको विपश्यना पार्कलाई मनमोहक बनाउँदै निःशुल्क प्रवेश गर्न पाइने बनाइनेछ । कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने गरी काम भइरहेको छ । पार्कलाई व्यवस्थित बनाई हेर्न र घुम्न लायक बनाउने तयारी भइरहेको छ ।’ उनका अनुसार वीरगंजको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थान निर्माणको अन्तिम तयारीमा छ । मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकलाई सुन्दर बनाउने महानगरको योजना रहेको पनि मेयर सिंहले सुनाए । महानगर अन्तर्गतका चार सामुदायिक विद्यालयमा पूणर् रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागिपरेको पनि जानकारी दिए ।

यसअघि शुल्क तिरेर पढ्नुपर्ने अंग्रेजी माध्यमलाई महानगरले निःशुल्क बनाएर सबैले पढ्न पाउने व्यवस्था गरेको भन्दै उनले आउँदो शैक्षिक सत्रबाट अन्य विद्यालयलाई पनि यस्तै परिमार्जन गर्दै लैजाने गरी गृहकार्य भइरहेको बताए । यात्रुबाहक बसलगायतका सार्वजनिक सवारी साधनमा पनि विद्यार्थीलाई परिचय पत्रका आधारमा छुट व्यवस्था गर्न महानगरले सरोकारवालासँग छलफल गर्ने र विद्यार्थीको सहजताका लागि आवश्यक काम गरिने मेयर सिंहले स्पष्ट पारे । सीमित साधनस्रोतमा काम गर्नु पर्ने बाध्यता रहेको सुनाउँदै उनले अपेक्षाअनुसार काम गर्न यो साधनस्रोतमा केही समय भने चाहिने बताए । उनले भने, ‘हामीसँग स्रोत साधन एकदम सीमित छ, त्यसैले अपेक्षाअनुसारको काम गर्न असहज भए पनि वीरगंजबासीलाई निरास बनाउने छैन । जुन आशा र भरोसाका साथ मलाई मत दिनुभएको थियो, त्यहीअनुरुप वीरगंज र वीरगंजबासीको विकासका लागि सधैँ कटिवद्ध छु ।’ सरसफाइमा कसैसँग सम्झौता नगर्ने सिंहले पुरानै अडान दोहोर्‍याए ।

‘जीतपुरको ललका पुल कट्नेबित्तिकै सभ्य हुने हामी वीरगंजमा जथाभावी फोहोर फाल्छौँ। असभ्य भइहाल्छौ,’ उनले भने, ‘‘त्यसैले कृपया महानगरलाई सुन्दर र सफा बनाउने अभियानमा हातेमालो गर्नुहोस, जथाभावी फोहोर नगर्नुहोस् ।’ कर्यक्रममा सहभागी नयाँ पुस्ताका सुमित क्यालले महानगर प्रमुखमा सिंह निर्वाचित भएदेखि धेरै सुधार र विकासका काम भएको बताए । उनले भने, ‘‘अहिलेसम्मको प्रगति सन्तोषजनक छ, तर यहाँ घुम्ने र रमाउने खालका ठाउँ अभाव छ । बिदाका दिन हामीलाई अहिले पनि हेटौँडाको त्रिखण्डी, चितवनको सौराहालगायतका ठाउँ पुग्नुपर्छ । यसको अन्त्यका लागि पहल गरियोस् ।’ अर्का सहभागी आशिका शर्माले वीरगंज ब्रह्मचोक पछाडिको क्षेत्रमा फोहोर उठाउने ट्र्याक्टर तथा सफाइकर्मीहरु नपुगेको गुनासो गरिन् ।

वीरगंजको पावरहाउसका शिशिर झाका अनुसार, सडकलगायत विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखिनु पर्ने आवश्यक्ता खट्किएको बताए । विद्यालयको शुल्कमा एकरुपता ल्याउनुका साथै शुल्क नदिँदा विद्यालयले दुव्र्यवहार गर्ने गतिविधिप्रति सुधार गर्न आर्यन साहले सुझाव दिए । वीरगंजका श्याम गुप्ताले वीरगंजमा पनि पढ्दै कमाउँदै गर्न सकिने तावरण निर्माण गर्न सुझाव दिए । वीरगंज अशोकबाटिकाकी प्रीति पाण्डेले महानगरले सिर्सिया नदी सफा बनाउने अभियान चालेकामा खुशी व्यक्त गर्दै अब आउने छठ पर्वमा सफा नदीमा पूजा गर्न पाउने अपेक्षा व्यक्त गरिन् । उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय ध्रुबराज पराजुलीले वीरगंजमै टिकाउने कार्यक्रम ल्याउन आग्रह गरे । विभिन्न स्थानमा रहेका नाला कभर गर्नुपर्ने तथा सिर्सिया पुलमा सेफ्टी बेरियर र लाईट राख्न पनि उनको आग्रह थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि