Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनप्रतिधिनिको वेवास्ताले पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन : जनस्वास्थ्य अधिकृत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८०
जनप्रतिधिनिको वेवास्ताले पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन : जनस्वास्थ्य अधिकृत

वीरगंज (पर्सा), २२ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले केही स्थानीय तहका जनप्रतिनिधिहरुको वेवास्ताले गर्दा पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको गुनासो गरेका छन् । जिल्ला खोप समन्वय समितिको बैठकमा जनस्वास्थ्य अधिकृत ठाकुरले केही पालिकाका जनप्रतिनिधिहरुले खोप अभियानलाई वेवास्ताले गर्दा पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको जानकारी दिए ।

पर्साका १४ वटा पालिका मध्ये कालिकामाई, पटेर्वासुगौली, पकाहामैनपुर, विन्दवासीनी र धोबिनी गाँउपालिका गरि ५ वटा पालिकाले पूर्ण खोपयुक्त पालिका घोषणा गर्न नसकेकको कारण पर्सा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन नसकेको बताए । जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकालाई विभिन्न सात प्रकारका खोप लगाएपछि मात्रै सम्बन्धित जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने सरकारी प्रावधान छ । तर पर्सामा अहिले पनि ५ वटा पालिका पुर्ण खोपयुक्त पालिका घोषणा हुन नसकेकोले जिल्लालाई पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको ठाकुरको भनाई छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले पालिकाका वडाध्यक्षदेखि पालिका प्रमुखलाई पटक पटक आग्रह र ताकेता गर्दा पनि जनप्रतिनिधिहरु यसप्रति गम्भिर नभएको कारण पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन नसकेको बताए ।

उनका अनुसार पूर्ण खोपयुक्त पालिका घोषण हुन नसकेका ५ वटा पालिका मध्ये पाकाहामैनपुर गाँउपालिकाको अवस्था गम्भिर छ । उक्त पालिकामा नियमित खोप लगाउन आवश्यक ८३ बालबालिका मध्ये अहिले सम्म एक जनापनि बालिकाले खोप नलगाएको पाइएको बताए । स्वास्थ्य कार्यालयले १४ वटै पालिकामा १ सय ३२ खोप केन्द्र संचालन गरेको भन्दै हरेक वडामा महिला स्वास्थ्य स्वंयसेविका घरघमा पुुगेर खोपबारे जानकारी गराउनुहुन्छ, खोप निःशुल्क छ, तैपनि अभिभावकले बालबालिकालाई खोप केन्द्रमा ल्याएर खोप नलगाउने गरेको र यसमा जनप्रतिनिधिले पनि चासो नदेखाएको पाइएको बताए ।

सन् २०२३ भित्र पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गराउने लक्ष्यका साथ काम भइरहेको जानकारी गराउँदै जनस्वास्थ्य अधिकृत ठाकुरले यदि बाँकी पालिकाका जनप्रतिनिधीहरुले यो विषयलाई गम्भिरतका साथ लिएन भने लक्ष्य पुरा नहुने उनको भनाई छ । अहिलेपनि २ महिना समय छ, त्यसका लागि अहिले जिल्लाभरि खोप लगाउन छुटेका वा बञ्चित भएका लक्षित उमेरका बालबालिकाहरुलाई लक्षित गरि बृहत खोप अभियान चलाइरहेको बताए । वडा, पालिका, जिल्ला हुँदै देशलाई नै पूर्ण खोपयुक्त देश घोषणा गर्न नसकिए एवं महिला मृत्यु दर कम गर्न नसके सन् २०३० देखि विदेशी दातृ निकायबाट देशलाई पाउने स्वास्थ्य अनुदान रोकिने उनको भनाई थियो ।

देशैभरि ७ वटा प्रदेशमध्ये गण्डकी प्रदेश मात्रै पूर्ण खोपयुक्त प्रदेश घोषणा भएको छ देशैभरि ५५ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको ठाकुरको भनाई छ । मधेश प्रदेशमा पर्सा, बारा, रौतहट तथा सर्लाही जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी छ । खोप लगाउन देशभरिमै मधेश प्रदेश नै सबैभन्दा सहज र बढि जनशक्ति भएको प्रदेश, जिल्ला, पालिका भएपनि विभिन्न पालिकामा देखिएको जनप्रतिनिधिहरुको विवादले गर्दा पनि खोप अभियानमा ढिलाई भएको हो । जिल्लाको बाँकी पालिकामध्ये पटेर्वासुगौली गाउँपालिकाले पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारीमा रहेको र यही वैशाख २७ गते घोषणा गरिने ठाकुरको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले राष्ट्रिय खोप कार्यक्रमको मुख्य उद्देश्य, हालको चुनौतिबारे जानकारी गराएका थिए । उनले राष्ट्रिय खोप कार्यक्रमको मुख्य उद्देश्यबारे प्रकाश पार्दै प्रत्येक बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चितता गर्ने, सबै खोपहरुको कभरेज सबै तहमा ९५ प्रतिशत भन्दा माथि पु¥याई सो कायम राख्ने, खोपहरु गुणस्तरीय भएको यकिन गर्ने भन्दै वर्तमान अवस्थामा चुनौतिको रुपमा देखिएको खोप कभरेज कम हुनु, सबै तहमा कभरेजमा एकरुपता नहुनु, ड्रप आउट धेरै हुन नदिनलाई सबैले आआफ्नो तह तप्काबाट सहयोग गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक अजय सर्राफले पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि संचालित अभियानलाई सफल पार्नमा पालिकाहरुमा देखिएको समस्या समाधान गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए । उनले जुन जुन पालिकामा समस्या छ त्यहाँ म आफै पुगेर यो अभियानलाई गम्भिरतापूर्वक लिन आग्रह गर्दै अभियानमा सहभागी गराउने प्रतिबद्धता जनाए । पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने अभियालाई सफल पार्न जिल्ला खोप समन्वय समितिले विभिन्न क्षेत्र र धर्म समुदायका गरि चार जनालाई ‘खोप दूत’ घोषणा गरेको छ ।

समितिले हिन्दु स्वयमसेवक संघका माधव राजपाल, सिख धर्मका अगुवा सरदार जसपाल सिंह, मुस्लिम धर्मका अगुवा हाजी ग्यासुदिन मियाँ र दलित महिला अगुवा निला रामलाई खोप दूत घोषणा गरेको हो । बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख पुरण प्रसाद कुर्मी, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख फत्ते बहादुर श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, गैरसरकारी सामाजिक संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, जनस्वास्थ्य कार्यालय पर्साका मोहन साह लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि