Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परम्परागत खेती भन्दा पनि प्राविधिक खेतीले कृषकलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २०, २०८०
परम्परागत खेती भन्दा पनि प्राविधिक खेतीले कृषकलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्दै

वीरगंज (पर्सा), २० वैशाख । परम्परागत खेती भन्दा पनि प्राविधिक खेतीले कृषकलाई औधोगीकिकरणतर्फ उन्मुख गरेको छ । युवाहरु विदेसिएका कारण पनि दैनिक ज्यालादारीमा देखिएको समस्यालाई प्राविधिक खेतीले केहिहदसम्म समाधान गरेपछि किसान यान्त्रिकरण तर्फ झन हौसिएका छन् । पोटाटो प्लान्टर नामक आलु रोप्ने मेशिनबाट १२ कठ्ठा खेतमा आलु रोपेका फेटा गाउँपालिका-१ त्रिवेणीका किसान पारस ठाकुरले गत साता आलु खन्ने मेसिनले आलु खनेर भित्र्याए ।

‘पोटाटो डिगर’ नाम गरेको उक्त मेशिनले खेतबाट आलु खनेर भित्र्याउदा उनले ठूलै राहत महशुस गरे । एकातिर परम्परातग विधि अर्थात दैनिक ज्यालादारीमा गरिएको खेती भन्दा डेढ गुना बढी आलु उत्पादन भयो । अर्कोतिर आलु खन्दा लाग्ने ज्यामी खर्च पनि ७८ प्रतिशतले जोगियो । किसानका लागि यान्त्रिकरण कृषिकार्यलाई पनि औधोगीकरण तर्फ उन्मुख गर्ने वरदाननै साबित हुने बताउदै उनले आलु रोप्ने र खन्ने दुबै काममा गरी मेरो समय र अर्थ दुबै जोगिएको बताए । ठाकुर र उनी जस्ता बारा पर्सा लगायत तराईका अन्य किसानलाई यान्त्रिकितर्फ अकर्षित गर्न थालेको छ । यस बर्ष आलु रोप्न र खन्न दुबै काममा कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जले सहयोग गरेको थियो । केन्द्रले ४ बर्ष अघि यो प्रविधि किसान माझ ल्याएको हो । यस अघि केन्द्र परिसरमै परीक्षण पछि यो मेशिन किसानलाई प्रयोगका लागि सिफारिश गरिएको केन्द्र प्रमुख सचिन मिश्रा बताउछन् । किसानले बिस्तारै यो प्रविधि अपनाउदै गएको र यस बर्ष पर्सा/बारामा गरी १० हेक्टरमा यसरी किसानले यान्त्रिकरण विधि अपनाएर आलु रोप्ने र खन्ने काम गरेको उनले बताए ।

कृषकलाई खेतीमा टेवा पुगनको लागी सरकारले मेशिन तथा अन्य प्राविधि सहयोगको लागी अनुदानको व्यवस्था समेत गरेको छ । तर वास्तवीक किसान भन्दा पनि सोर्सफोसले गर्दा वास्तविक किसान भन्दा पनि अन्यले अनुदान पाउने गरेको कारण पनि यान्त्रिकिकरण चाहिए जति प्रभावकारी नभएको कृषि अनुशन्धान परिषदको अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख सुधा सापकोटाको भनाइ छ । केन्द्रले सिफारिश गरेको यी मेशिन हाल काभ्रे, पोखरा लगायतका किसानले आलु खेतीमा प्रयोग गरी रहेको र देश भरी गरी एक दर्जन यस्ता मेशिन प्रयोगमा रहेको उनले बताए । पोटाटो डिगर मेशिनले आलु लगाएको खेतमा एकै पटकमा सजिलै संग आलु खन्न सकिने उनले बताए ।आलु मात्र नभइ उुखु,मकै लगायतका खेतीलाई यान्त्रिकरणले सहज बनाउनुका साथै औधोगीकरण तर्फ उन्मुख गरेको छ ।किसानहरुको आर्थिक अवस्था दयनीय भएकोले पनि स्थानिय निकासको व्यवस्थापनमा यान्त्रिकि खेतीलाई अगाडि बढाउनु पर्ने धारणा बारा फेटा गाउपालिकाका अध्यक्ष हुसेन अन्सारीको रहेको छ ।

मेशिनको प्रयोगले परम्परागत खेती भन्दा लाग्ने ज्यालादारीमा ६० प्रतिशत र उर्जामा ७८ प्रतिशत बचत तथा कम खर्चमा खेलीले तराईका कृषकलाई प्राविधि खेतीतर्फ हौस्याएको छ । उपकरणको प्रयोगले बढ्दो श्रमिक अभाबको समस्या समाधान हुने मात्र नभई समयमै बाली उठाई खराब मौसमको प्रभावबाट जोगिन सकिन्छ । तर कृषि प्रधान भनिए पनि बिच र मलको अभावले कृर्षिकार्यलाई लाभभन्दा पनि खाटाको व्यापार बनाएको छ ।त्यसमा पनि राज्यले व्यस्था गरेको अनुदान र सहयोग पनि बिचौलिया र पार्टि कार्यकर्ताले पाउने गरेको गुनासो बढदै गएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि