Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कबाडको नाममा जनावरको हड्डी, छाला सहित विस्फोटक पदार्थको तस्करी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १४, २०८०
कबाडको नाममा जनावरको हड्डी, छाला सहित विस्फोटक पदार्थको तस्करी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १४ वैशाख / विगत ४ महिना पूणर् रुपमा बन्द रहेको वीरगंज रक्सौल तस्करीको लाइन अहिले धमाधम सुचारु भएको छ । प्रहरी प्रशासनसँगको सेटिङ्ग गरेर तस्करले हरियो सिग्नल पाएसँगै तस्करीलाई तिब्रता दिएको हो । अहिले वीरगंज भन्सार छेउमै रहेको चोर नाका हुँदै दिनहुँ करोडौंको सामान भारत तर्फ तस्करी भइरहेको छ । नेपाल भारतको मुख्य प्रवेशद्वारको रुपमा चिनिने वीरगंज रक्सौल स्थित आधा दर्जन भन्दा बढि चोर नाकाहरु छन् । मुख्य भन्सार सडकबाट आउने केही छिटफुट सामानहरुलाई सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको तैनाथ टोलीले समातेर भन्सार बुझाउने गरेतापनि रातिको समयमा चोर नाका हुँदै दिनहुँ करोडौंको बहुमूल्य सामानहरुको साथै जाली नोट एवं विस्फोटक पदार्थको तस्करी हुने गरेतापनि प्रहरीले रोकटोक गर्न सकेको छैन, बरु तस्करी कार्यमा सहयोगी बन्दै आएको छ ।

वीरगंजको इनर्वा गाउँ स्थित चोर नाकाबाट रातिको समयमा कबाड तस्करीको नाममा बहुमूल्य धातुका सामान, जनावरको हड्डी, छाला, स्टीलका सामान सहित विस्फोटक पदार्थको समेत तस्करी हुने गरेको छ । गृहमन्त्री रवि लामिछाने नियुक्त भएदेखि बन्द रहेको तस्करी ४ महिना पश्चात चैतको तेश्रो हप्तादेखि तस्करले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्रशासनबाट हरियो सिग्नल पाएका थिए । सिग्नल पाए लगत्तै तस्करले ठेलाका ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारत तर्फ तस्करी गर्ने गरेका छन् । नेपाल भारत सीमा क्षेत्रमा खटेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले रातिको समयमा हरियो सिग्नल दिए लगत्तै तैनाथ अवस्थामा रहेको तस्करीको सामान बोकेको ठेलाका ठेला सीमा कटाउने कार्य हुँदै आएको छ ।

वीरगंज भन्सार स्थित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक आएको केही समय बित्न नपाउँदै इनर्वा गाउँ एवं वीरगंज भन्सार पछाडी रहेको बाँसघारी क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङ्गमा दैनिक करोडौं मूल्य बराबरको कबाडीको सामान भारततर्फ तस्करी हुने गरेको छ । कबाडीको नाममा ठुलो मात्रामा जनावरको हड्डी, जनावरको छाला, कालो बारुद्ध, तामा, पित्तल, किट, एक्सरे, औषधीको रेपर, स्टील ३१६, ३०४, ह्वाईट क्रिटल, रंगीन क्रिस्टल, रिलायन्स पाइप, पञ्जा, सिरिन्च, केबल, ए.बि.एस., ह्वाईट एच.पि., रंगीन एच.पि., लाइलन, कार बम्फर, रेडबुल केन, स्टील पिसि, ग्लुकोज लाइन, सि.पाइप, कसकुट पिस्टन, जिंक, जिंक एस, फ्लक्स सेतो, फ्लक्स कालो, डस्ट सेतो, डस्ट कालो, टायर, ब्याट्री, ब्याट्रीको धुलो, साबुनको माटो लगायतका बहुमूल्य सामानहरु भारत तर्फ निर्यात हुने गरेको छ ।

कबाडी तस्करीको लाइन पाएका वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वाका इमरान खान सहितको ८ जना तस्करहरुले दैनिक २ देखि अढाई सय ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् । बजारको बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन्, र सो कार्यमा सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सहयोगी बन्दै आएको छ । बहुमूल्य सामानधनीले केयरिङ्ग गर्ने तस्करहरुलाई प्रति केजी रु १३ तथा ठेलावालाहरुलाई प्रति केजी रु ३ को दरले पैसा दिने गरेका छन् । एउटा ठेलावालाहरुले १ टन सामान बोकेर भारततर्फ पुर्‍याउने गरेका छन् । कबाडीको तस्करी गर्ने इनर्वाका ८ जना व्यक्तिको समूह छ, उनीहरुले मासिक १० देखि १२ करोडसम्म केयरिङ्ग गरेर आम्दानी गर्ने गरेका छन् ।

रातिको १२ बजे पश्चात इनर्वा गाउँको चोर बाटो हुँदै दैनिक २ देखि अढाई सय ठेला कबाडीको सामानहरु सिमा कटाइन्छ । जब रातिको १२ बज्छ, त्यस क्षेत्रमा रहेको बिजुलीको लाइन काटिन्छ र ठेलाका ठेला तस्करीको सामान सिमा कटाएपछि पुनः लाइन जोडिन्छ । यसरी तस्करहरुको दैनिकी नै बनि सकेको छ । नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान वीरगंजदेखि रक्सौलको रामेश्वर फलमण्डीसम्म पुर्‍याउने जिम्मा पाएका हुन्छन् ।

त्यसैगरि भिस्वा नाकाबाट किशोर भन्ने तस्करले सुपारी तथा इलाइचीको तस्करीको लाइन पाएका छन् भने रक्सौल स्थितका भुषन, जितपुरका सरोज, बलिरामपुरका मोहन सिंहले कपडा तस्करीको लाइन पाएका छन् । यसरी नै सिकेन्द्र तथा प्रमोद भन्ने तस्करले कुखुरा तस्करीको लाइन पाएका छन् भने सन्तोष पंडित र धु्रव भन्ने तस्करले गहुँ तस्करीको लाइन पाएका छन् । पर्साको भिस्वा नाकाबाट दैनिक यि तस्करहरुले नेपालबाट भारत तर्फ सुपारी तथा इलाइचीको तस्करी गर्ने गरेका छन् भने कपडा, कुखुरा, गहुँ भारतबाट नेपाल तर्फ तस्करी गर्दै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि