Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गरिबसँग मेयर, ३० युनिटसम्मको भुक्तानीले ९ हजार भन्दा बढि परिवार लाभान्वित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०७९
गरिबसँग मेयर, ३० युनिटसम्मको भुक्तानीले ९ हजार भन्दा बढि परिवार लाभान्वित

वीरगंज (पर्सा), २६ चैत / वीरगंज महानगरपालिकाले ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल भुक्तानी गरिदिएपछि ९ हजार भन्दा बढी परिवार लाभान्वित भएका छन् । गएको माघ महिनाबाट महानगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत दिन घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महशुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरु लाभान्वित भएका हुन् ।
माघ महिनामा ३ हजार ७ सय ६२ परिवारले ३० युनिटसम्मको विद्युत महशुल भुक्तानीको लाभ लिएका छन् ।

फागुनमा भने त्यो संख्या बढेर ५ हजार ३ सय ११ घरपरिवारले यस्तो लाभ लिएको विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्राधिकरण वीरगंज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको भुक्तानी महानगरले तिरिदिएको हो । कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ । अहिलेसम्म ६४ कृषि मिटरको ३५ हजार २७० रुपैयाँ भुक्तानी पनि महानगरले चुक्ता गरिदिएको छ ।

माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा त्यो बढेर ३९ वटा पुगेको छ । सिमरा वितरण केन्द्रबाट १ वटा कृषि मिटर प्रयोगकर्ताले लाभ लिएका छन् । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रुपमा महानगरले नै तिरिदिएको हो । चुनावका बेला गरिएको प्रतिबद्धता बमोजिम नै निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन महानगर प्रमुख राजेशमान सिंहले महानगरका वासिन्दाले प्रयोग गर्ने विद्युतको न्यूनतम शुल्क व्यहोर्ने निर्णय गराउनुभएको थियो । लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लागेकाले आर्थिक वर्षको सुरुवात बाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको महानगरप्रमुख सिंहले बताए ।

महानगरले गएको पुष ७ गते प्राधिकरणको वीरगंज र सिमरा वितरण केन्द्रसँग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रुपमा मिनाहा भएको हो । माघ महिनामा भन्दा फागुनमा बढी प्रयोगकर्ता देखिएका छन् । सम्झौता अनुसार पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने छन् । त्यसैले मिनाहाको लाभ लिन पनि बक्यौता बुझाउनेको संख्या बृद्धि हुँदा मिनाहा हुने मिटरको संख्या बढेको वीरगंज वितरण केन्द्रका लेखापाल राजेश झाले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि