Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चार महिनादेखि बन्द रहेको तस्करीको लाइन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्गमा पुनः सुचारु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २५, २०७९
चार महिनादेखि बन्द रहेको तस्करीको लाइन नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्गमा पुनः सुचारु

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २५ चैत / विगत ४ महिनादेखि बन्द रहेको तस्करीको लाइन सुचारु भएको छ । पर्सामा प्रहरी उपरीक्षक कोमल शाह आएपछि बन्द रहेको तस्करीको लाइन नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग सेटिङ्ग भएपछि खुलेको हो । तीन महिना अघि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एवं सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणमा सशस्त्र प्रहरी उपरीक्षक आएदेखि रोकिएको तस्करी सेटिङ्ग भएपछि करिब ४ महिना पश्चात पुनः सुचारु भएको हो ।
भारतीय सीमावर्ती सहर रक्सौलबाट सर्वसाधारणले सानो तिनो घरायसी सामान ल्याएपछि सशस्त्र प्रहरीले इमान्दारिताको खोल ओढी नौटंकी गर्दै रोकटोक गर्ने र रातिको समयमा सेटिङ्गमा ठेलाका ठेला कबाडीका सामानहरु भारततर्फ तस्करी भइरहेको छ भने कपडा तस्करहरु महँगा महँगा कपडा नेपाल भित्र्याई रहेका छन् ।
वीरगंज भन्सार स्थित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक आएको केही समय बित्न नपाउँदै इनर्वा गाउँ एवं वीरगंज भन्सार पछाडी रहेको बाँसघारी क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङ्गमा दैनिक करोडौं मूल्य बराबरको कबाडीको सामान भारततर्फ तस्करी हुने गरेको छ भने तस्करीको कपडा भित्र्याउन तस्करहरुले लाइन पाएका छन् । कबाडीको नाममा जनावरहरुको छाला, हड्डी लगायत बहुमूल्य धातुहरु भारततर्फ तस्करी गर्ने गरिएको छ । कबाडी तस्करीको लाइन पाएका इमरान खान लगायत ८ जना व्यक्तिहरुले दैनिक २ सय देखि ३ सय ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् । बजारको बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन्, र सो कार्यमा सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सहयोगी बन्दै आएका छन् ।
बहुमूल्य सामानधनीले केयरिङ्ग गर्ने तस्करहरुलाई प्रति केजी रु १३ तथा ठेलावालाहरुलाई प्रति केजी रु ३ को दरले पैसा दिने गरेका छन् । एउटा ठेलावालाहरुले ८ सय केजी भन्दा बढि सामान बोकेर भारततर्फ पु¥याउने गरेका छन् । दैनिक २ सय भन्दा बढि ठेला कबाडीको नाममा तस्करी हुने हो भने मासिक ७ करोड भन्दा बढि कमाई हुने गरेको छ । कबाडीको तस्करी गर्ने इनर्वाका ८ जना व्यक्तिको समूह छ, उनीहरुले मासिक ७ करोड भन्दा बढि कमाउने गरेका छन् भने वर्षौदेखि हुँदै आएको कबाडी तस्करीबाट कति कमाएको होलान् ? अनुमान लगाउन पनि गाह्रो हुन्छ ।
चार महिनादेखि बन्द रहेको तस्करीको लागि यही आइतबारदेखि सुचारु भएको छ । रातिको १२ बजे पश्चात इनर्वा गाउँको चोर बाटो हुँदै दैनिक २ देखि अढाई सय ठेला कबाडीको सामान तस्करी हुने गरेको छ । जब रातिको १२ बज्छ, त्यस क्षेत्रमा रहेको बिजुलीको लाइन काटिन्छ र ठेलाका ठेला तस्करीको सामान सिमा कटाएपछि पुनः लाइन जोडिन्छ । यसरी तस्करहरुको दैनिकी नै बनि सकेको छ ।
नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान वीरगंजदेखि रक्सौलको रामेश्वर फलमण्डीसम्म पु¥याउने जिम्मा पाएका हुन्छन् । अर्कोतर्फ कपडा तस्करहरुले पनि तस्करीको लाइन पाएका छन् । कपडा तस्करीका लागि शत्रुधन यादव, जयलाल, शेखावत, मुन्ना शेख, अम्बेया, मीरा लगायतका व्यक्तिले तस्करीको लाइन पाएको बताइएको छ । उनीहरुले करोडौंको कपडा राजस्व छलि गरि इनर्वा गाउँको चोर बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन् । इनर्वा गाउँ र बाँसघारीबाट दैनिक करोडौं मूल्य बराबरको शुटिङ, सर्टिङ, महंगा साडी गायतका कपडाहरु नेपाल भित्र्याउने गरिएको छ । कपडा तस्करको नामुद तस्कर मदन रुन्चे लगायतले पनि तस्करीको लाइन पाएको बताइएको छ ।
वीरगंज लगायत ग्रामीण भेगमा तस्करीको लाइन सुचारु गरिएको छ । पर्साको सिक्टा भिस्वा नाका, जानकी टोला, भिखमपुर लगायतका नाकाहरुबाट पनि तस्करहरुले आफ्नो कार्य शुरु गरेका छन् ।

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि