Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बचतकर्ताको १० करोड बढि रकम लिएर ‘यादगार’ सहकारीका संचालक फरार, बचतकर्ता बिचल्लीमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २०, २०७९
बचतकर्ताको १० करोड बढि रकम लिएर ‘यादगार’ सहकारीका संचालक फरार, बचतकर्ता बिचल्लीमा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २० चैत / वीरगंज महानगरपालिका वडा नं. १७ स्थित यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिई फरार भएका छन् । सहकारीका संचालक वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी राहुल सिंह, श्रीमती शान्ति चौधरीले बचतकर्ताको करिब १० करोड रकम लिई फरार भएका हुन् ।
विगत लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता मर्कामा परेका छन् । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए । जम्मा गरेको पैसा निकाल्ने बेला आएपछि संचालक नै फरार भएको पीडित बचतकर्ताको गुनासो छ ।
एक एक पैसा जोडेर जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि आफ्नो भविष्य नै अन्धकारमा परेको आँशु झार्दै बचतकर्ता महिलाले भनिन् आफूले पैसा जम्मा गर्न नमानेको अवस्थामा धर्मेन्द्र नामको एजेन्टले त्यो पैसाको जिम्मा आफू लिने भनेर जम्मा गराए, अहिले आएर जिम्मेवारीबाट पछाडि भागि रहेको बताइन् । उनले सहकारीका संचालकले आफ्नो ४५ हजार रुपैया लिएर संचालक फरार भएको बताइन् । विभिन्न व्यक्तिको घर घरमा गई भाँडा माज्ने कार्य गरेर एक एक पैसा जम्मा गरि राखेको पैसा एजेण्ट धर्मेन्द्रले एक मुष्ट सहकारीमा जम्मा गराएका थिए, आफू जिम्मेवार हुने भनेर जबरजस्ती पैसा हाल्न लगाए अहिले मेरो घरमा खाना खाने अवस्था छैन, बच्चाहरु भोकै छन्, कहाँबाट ल्याएर बच्चाकहरुलाई खान दिने भन्दै दुःखेसो पोखिन् । एक छाक खाना कटौती गरि जम्मा गरेको पैसा लिएर संचालक फरार भएको सुनेपछि रुखको हाँगाबाट खसेझै महसुस भएको उनीहरुको भनाई छ । दैनिक ज्यालादारीमा काम गर्ने गरिब, निमुखा परिवारको लागि ५० हजारदेखि ९ लाख रुपैया धेरै ठूलो रकम हो । विगत दुई वर्षदेखि बचत गरेको पैसा लिएर संचालक फरार भएको उनीहरुको गुनासो छ । आफूले कमाएको पैसाको केही भाग जम्मा गरे भोलिको दिनमा कुनै व्यापार व्यावसाय गर्न सकिन्छ, छोराछोरीहरुको विवाह गर्न सकिन्छ भनेर जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि आफूहरु अन्यायमा परेको बचतकर्ताहरुको गुनासो छ ।
विगत ४ महिना अघिदेखि नै सहकारी भाग्ने शंका लागेपछि बचतकर्ताहरुले आफूले जम्मा गरेको पैसा निकाल्ने तर्खरमा थिए । तर बैंकका संचालकले पुनः चतुर बुद्धि प्रयोग गरि बचतकर्ताहरुलाई फकाई अचानक सम्पर्क विहीन भएका छन् । बचतकर्ताहरुले सहकारी सँस्थाका कोषाध्यक्ष स्थानीय बलिराम साहको भरमा सहकारीमा खाता खोली पैसा जम्मा गर्ने गरेका थिए । केही दिन अगाडिदेखि नै सहकारीको गतिविधि शंकास्पद लागेपछि बचतकर्ताहरुले आफ्नो पैसा निकाल्न खोज्दा बलिराम साहले आफू स्थानीय भएको र सहकारी कति कतै नजाने भनेर बचतकर्ताहरुलाई विश्वस्त गराएका थिए ।
तर कोषाध्यक्ष बलिराम साह पनि विगत डेढ महिनादेखि सम्पर्क विहीन छन् । त्यस पश्चात बचतकर्ताहरुलाई शंका लागेपछि सहकारीको कार्यालयमा हेर्दा विगत दुई हप्तादेखि ताल्चा लागेको थाहा परेपछि बचतकर्ताहरु पीडामा परेका हुन् ।

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि