Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपेन्द्र यादवलाई ‘नाग’ को संज्ञा, अब सबक सिकाउने पालो बाराका जनताको : बस्नेत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १९, २०७९
उपेन्द्र यादवलाई ‘नाग’ को संज्ञा, अब सबक सिकाउने पालो बाराका जनताको :  बस्नेत

वीरगंज (पर्सा), १९ चैत / नेकपा एमालेका नेता एवम् पूर्वमन्न्त्री महेश बस्नेतले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई ‘नाग’ को संज्ञा दिएका छन् । वीरगंजमा आयोजित राष्ट्रिय युवा संघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले उपेन्द्र यादवलाई तीन वटा टाउके नागको संज्ञा दिए । ‘जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्र जी तीन वटा टाँउको भएको नागको रुप धारण गरेर फेरि मधेशमा चुनाव लड्न आएका छन्, उनलाई बारा क्षेत्र नं. २ का जनताले अवश्य सबक सिकाउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
आफूलाई मधेशको मसिहा भनेर प्रचार गराउने उपेन्द्र यादवले मधेशको लागि कुनै काम नगरेको बस्नेतले दावी गरे । मधेशमा यादवको पार्टीले सरकार चलाएको ६ वर्ष बितिसक्दा पनि यहाँका जनताले विकासको अनुभूति गर्न नसकेको उनको भनाई थिाये । ‘आफूलाई मधेशको मसिहा ठान्ने उपेन्द्र यादवको दलले मधेशमा ६ वर्षदेखि सत्ता सम्भालेको छ, तर यहाँको अवस्थामा कुनै सुधार भएको छैन, विकासको नाममा कुनै काम भएको छैन । उल्टै झन दयनीय बन्दै गएको छ,’ भन्दै नेता बस्नेतले ‘मानव विकासको हरेक सूचांकमा मधेश प्रदेश सबैभन्दा पछाडि छ, सबैभन्दा बढि गरिबी मधेशमा छ, खाडीमा जाने पनि सबैभन्दा बढि मधेशकै युवाहरु छन्, यो सबैको जिम्मेवार उपेन्द्र जी र उहाँको दल जसपा नै हो’ भने । उनले आफ्नो क्षेत्रमा कुनै किसिमको काम गर्न नसकेपछि सप्तरीका जनताले हराएर पठाएको उपेन्द्र यादवलाई अब बाराका जनताले पनि पराजित गराउनेमा आफु विश्वस्त रहेको बताए ।
नेता बस्नेतले बारा जिल्ला क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेलप्रति कटाक्ष गर्दै बस्नेतले भने, ‘काठमाडौं – १ का जनताले हराएका रमेश खरेलजी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेशमा आउँदै छन्, उनलाई बारा – २ का मधेशी जनताले पनि राम्रैसँग सबक सिकाएर पठाइदिने छन् भन्दै बारा–२ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताए । उनले भने ‘एमालेबाट को व्याक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन, तर म ठोकुवा गरेर भन्छु बारा – २ मा एमाले नै जित्छ जित्छ ।’ राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एक ठाँउमा उभिएको आरोप लगाए । यद्यपि ११ दलको गठबन्धनलाई पहिलो गाँसमै ढुंगा परेको बताउँदै उनले भने, ‘सरकार विस्तारमा रोजेको मन्त्रालय नपाएपछि सिके राउत र रवि लामिछानेहरु जिल्लिएका छन् । यसले सिके र रविजीहरु पनि सत्ताको लोभी र दोहोरो चरित्रको भएको पुष्टि भएको छ ।’ यी दुई दललाई पनि बारा–२ का जनताले सबक सिकाउने उनले बताए ।
एमाले अब सत्ताको लागि देउवा र प्रचण्डको पछि नलाग्ने उनले प्रष्ट पारे । एमाले अब जनताको माझमा गएर जनताको पिरमर्का बुझ्ने र त्यसको सामधानका लागि सडकदेखि सदनसम्म सशक्त आवाज उठाउने बताए । काँग्रेस, माओवादी र कथित मधेशवादी दलहरु गरिब, उत्पीडित र शोषित जनताको पक्षमा नभएको आरोप लगाए । यी दलहरु सरकारमा पुग्ने बित्तिक्कै दलाल नोकरशाही र पूँजी पतिको पक्षमा काम गर्छन भन्ने पटक–पटक पुष्टि भइसकेको भन्दै नेता बस्नेतले यिनीहरुबाट मधेशको विकास सम्भव नरहेको दाबी गरे । राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला इन्चार्ज महम्मद निजामको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रिय सदस्य राज कुमार गुप्ता, जालिम मियाँ मन्सरी, संविधानसभा सदस्य विचारी यादव लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि