Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको सरसफाईलाई थप प्रभावकारी बनाउन ‘सफा नेपाल’ एप शुभारम्भ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०७९
वीरगंज महानगरको सरसफाईलाई थप प्रभावकारी बनाउन ‘सफा नेपाल’ एप शुभारम्भ

वीरगंज (पर्सा), १८ चैत / वीरगंज महानगरपालिकाले शहरको सरसफाई र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन ‘सफा नेपाल’ नामक एप निर्माण गरि शुभारम्भ गरेको छ ।
शुक्रबार साँझ आदर्शनगरमा आयोजित एक समारोहबीच महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो । समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा ल्यापटमा ‘कि’ बोर्डको बटम थिचेर एपको औपचारिक शुभारम्भ गरेका हुन् ।
द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो । वीरगंज शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाई एंव स्वच्छता अभियानमा वीरगंजका सम्पूर्ण नगरवासीलाई जोड्ने उदेश्यले ‘एप’ निर्माण गरि शुक्रबारदेखि संचालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।
उक्त एपमा जोडिने प्रयोगकर्ताले कहि कतैं कसैले घर वा पसलको फोहोर सडक, पेटी, नाला वा खाली जग्गामा फालेको देखेमा फोटो खिचेर त्यसबारे ‘एप’ मा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ ।
त्यसरी पुग्ने महानगरको टोलीले पहिलो पटकमा रु १ हजार, दोश्रो पटकमा रु ५ हजार र त्यसपछि दोहोरिएमा जरिवानाको रकम बढाउँदै कारबाही गर्ने नीति महानगरले लिएको छ । फोहोर गर्ने व्याक्ति वा संस्थाकाबारे ‘एप’ मार्फत सूचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरिवाना रकमको केही प्रतिशत रकम पुरस्कारका रुपमा प्रदान पनि गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए बताए । शहरको सरसफाई र स्वच्छताका लागि महानगरले केहि महिना यता देखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको उनले बताए । ‘एप’ लन्च समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले वीरगंज शहरको सरसफाई र स्वच्छता आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै शुक्रबारदेखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षभित्रै वीरगंज शहरको मुहार फेरिने बताए ।
उनले केहि महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाई अभियान अब भित्री टोल र गल्लीहरुमा पनि संचालन गरिने बताए । महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनताका समस्या र आवश्यकताप्रति सचेत गराउँदै मेयर सिंहले भने, ‘वीरगंजलाई बनाउने दायित्व हामी सबैको हो, त्यसका कारण तपाईहरु अझ थप मेहनत गर्नुस्, जनतालाई ध्यानमा राख्नुस् ।
आफुले नेतृत्व सम्हालेको १० महिनामै वीरगंजवासीले परिवर्तनको अनुभूति गर्न थालिसकेको भन्दै उनले भने, ‘म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन, ३ वर्ष मै हरेक दृष्टिकोणबाट वीरगंजको मुहार फेर्नुछ भनेर लागेको छु, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वीरगंजका उपमेयर इम्तियाज आलम, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि