Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपालमा बसेर चिनियाँको ठगी धन्दा : ठगी आरोपमा चिनियाँ नागरिक सहित १९ जना पक्राउ

पक्राउ परेका चिनियाँ नागरिकको आतँक, प्रहरी कार्यालयमै नाराबाजी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७९
नेपालमा बसेर चिनियाँको ठगी धन्दा : ठगी आरोपमा चिनियाँ नागरिक सहित १९ जना पक्राउ

काठमाडौं, १५ चैत / नेपालमा बसेर चिनियाँ नागरिकले विभिन्न मुलुकलाई लक्षित गरेर साइबर अपराध गरेको नौलो घटना होइन । ७ पुस २०७६ मा प्रहरीले १२२ जना साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुबाट नेपाली नागरिक ठगिएको नभेटिएपछि अध्यागमन ऐनअनुसार मुलुकबाट निष्कासित गरिएको थियो । ४ वर्षपछि बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अपरेशन चार्ली अनलाइन स्क्याम चलाएर यस्तै ठगीमा संलग्न ९ चिनियाँ र १० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
यसपटक चाहिँ यो गिरोहबाट नेपाली नागरिक नै ठगीमा परेको भेटिएको कार्यालयका प्रमुख डा. मनोज केसीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीका अनुसार ह्वाट्स एपपमा अनलाइन मार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको पाइएको छ । ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पु¥याएको पाइएको छ । ‘पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ,’, केसीले भने, ‘यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’
पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । ‘ठगी गरेको भेटिएपछि बूढानिलकण्ठ–२, महादेवखोला र चण्डोलबाट उनीहरुलाई पक्राउ गरेर ल्याएको हो’, केसीले भने ।

ठगी आरोपमा चिनियाँ नागरिक सहित १९ जना पक्राउ
काठमाडौमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिक सहित १९ जनालाई पक्राउ गरेको छ । टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकको आतँक, प्रहरी कार्यालयमै नाराबाजी
काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ ग-यो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक थिए । बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिंदै उनीहरुलाई सञ्चारकर्मीमाझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए ।
हत्कडी सहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गर्न खोजेका थिए । चिनियाँ भाषामा बोलेकाले उनीहरुले के भने भन्ने त बुझिएन । तर, अन्तिममा एक जनाले ह्वाई (किन ?) भन्दै प्रश्न गरेको बुझिन्थ्यो । कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो । ‘पहिले पनि पक्राउ परेका बेला प्रहरी र अरुलाई आक्रमण गर्न खोजेको देखिएकै हो’ ती अधिकृतले भने, ‘मार्सल आर्टस् सिकेका चिनियाँले प्रहरीलाई सधैं हैरान पार्ने गरेका छन् ।’
२०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गर्ने क्रममा पुगेका प्रहरीलाई चिनियाँले हातपात गरेका थिए । पछि प्रहरीले कुटपिटमा संलग्न चार चिनियाँ नागरिकलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । ‘यसपालि पनि उनीहरुले आफूले केही नगरे जस्तो देखाएर सहानुभूति मात्रै बटुल्न खोजेका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि