Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरवा चरवाको पुन: स्थापनाको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०७९
हरवा चरवाको पुन: स्थापनाको माग

वीरगंज (पर्सा), २ चैत / राष्ट्रिय हरवा चरवा अधिकार मंचले विभिन्न माग राखी मधेस प्रदेशका मुख्यमन्त्रमन्त्री सरोज यादवलाई ज्ञापन पत्र बुझाएको छ । मंचका अध्यक्ष दशन मण्डलको नेतृत्वमा गएको टोलि मुख्यमन्त्री यादवको कार्यालय पुगि हरवा चरवाको पुन: स्थापनाको माग सहित ज्ञापन पत्र बुझाएको हो ।
अध्यक्ष मण्डलद्वारा प्रेसित ज्ञापन पत्रमा हरवाचरवाको पुनरस्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्य विधि तत्काल प्रदेश मन्त्रीपरिषदबाट अविलम्व पारित गरी हरवाचरवालाई जीविकाको लागि पर्याप्त जोतिखाने भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र समावेशीकरणसहितको एकीकृत प्याकेज घोषणा गरियोस उल्लेख छ । बैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीबिहीन हरवाचरवालाई ६ महीनाभन्दा लामो दीर्घकालीन प्रकारको सीपको तालिम, रु.१ लाखको बीउ पुँजी र आवश्यक औजार प्रदान गरियोस समेत माग गरिएको छ ।
ज्ञापन पत्रमा मधेश प्रदेशमा सबैभन्दा गरिव तथा भूमिहीन हरवाचरवा मात्र भएकाले बहुआयामिक गरिबी निवारण कार्यक्रम सर्बप्रथम हरवाचरवाको बस्तीमा अविलम्व थालियोस भनिएको छ । साथै प्रदेश सरकार र स्थानीय तहलाई निर्देशित र परिचालित गरेर तुरुन्तै सुरु हुने गरी हरवाचरवाको लगत गरियोस र सोको लागि एक अधिकार सम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरियोस माग गरिएको छ ।
त्यस्तै विगत परम्परादेखि जमिन्दारहरुले आफनो खेति तथा कृषि कामका लागि ऋण दिएर वा विभिन्न रुपमा सपरिवार हरवाचरवाको बस्ति बसाएका थिए । सरकारी नापी हुंदा जमिन्दारहरुका जग्गा नापि भएपनि हरवाचरवाका जमिनहरु उनीहरुको नाममा नापी हुन सकेनन् र भुमिहिन भए ।
जमिन तथा बसाइको प्रमाण नभएका कारण आधाभन्दा बढी हरवाचरवाहरु नागरिकताबाट बंचित भए । नागरिकता नभएकै कारण उनीहरु राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा तथा अवसरहरुबाट बन्चित हुंदै गए । आफनो नाममा जमिन नहुनु, नागरिकता लगायतका परिचयपत्र नभएकै कारण आज समय क्रममा जमिनको मूल्य बढ्दै जाँदा विकासको वहानामा उनीहरुलाई विस्थापित गरिदैछ ।
त्यस कार्यलाई तत्काल रोकि बैकल्पिक व्यवस्था गर्न आवश्यक रहेको जनाइएको छ । ज्ञापन पत्रमा मधेश प्रदेशमा मात्र रहेको यो विशिष्ट समस्यालाई संघीयताको पक्षधर यस प्रदेशले सबैभन्दा पहिलो प्राथमिकतामा राखेर समाधान गरियोस यसको लागि आगामी नीति तथा कार्यक्रम र बजेटले हरवाचरवाको पुनःस्थापनाका लागि प्रायाप्त बजेट विनियोजन गरियोस भनी माग गरिएको छ ।
उक्त ज्ञापन पत्र बुझाउने टोलिमा रास्ट्रिय दलित नेटवोर्क नेपालका अध्यक्ष गणेश बिक, फ्रीडम फन्डका कानुनी सल्लाहकार बालाराम भट्टराई, फ्रीडम फन्डका सल्लाहकार ब्रह्मदेव महरा लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि