Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आधारहिन सुराकीको भर पर्दा प्रहरीको बद्नामी, अनावश्यक छापामारीप्रति उद्योगीहरुमा त्रास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०७९
आधारहिन सुराकीको भर पर्दा प्रहरीको बद्नामी, अनावश्यक छापामारीप्रति उद्योगीहरुमा त्रास

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १ चैत / पर्सा प्रहरीले अनावश्यक मानसिक यातना दिने मनसायले उद्योगमा गर्ने गरेको छापामारीप्रति उद्योगी व्यावसायीहरुमा त्रासको माहोल सृजना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको क्राइम शाखाबाट खट्ने प्रहरीले अनाधिकृत रकम नदिने उद्योगी व्यापारीहरुलाई टार्गेट गरि गर्ने गरेको छापामारीको कारण उद्योगी व्यापारीमा त्रासको माहोल सृजना भएको हो ।
महिनावारी नजराना बुझाउने उद्योगी व्यापारीहरुको उद्योग, गोदाममा कुनै किसिमको राजस्व छलि, अवैध उत्पादन देखि जुनसुकै राजस्व छलि कार्य भएपनि प्रहरीको आँखा नपुग्ने गरेको तर मासिक नजराना नबुझाउने उद्योगी व्यापारीले जस्तोसुकै शुद्ध कार्य गरेपनि अनावश्यक रुपमा प्रहरी प्रशासनबाट तनाव खेप्नु परेको अवस्था छ । विगत ३ वर्षदेखि वीरगंजका उद्योग व्यवसाय आफै धरायसी बन्दै गएको अवस्थामा प्रहरी प्रशासनको अवैध असुलीको आतंकबाट उद्योगी व्यापारी नै पलायन हुने अवस्था सृजना भएको छ ।
गत विहीबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रहेको स्वीट मार्ट फुड इन्डिस्ट्रिजमा छापामारी गरि शिलबन्दी गरेको थियो । उद्योगले भन्सार प्रज्ञापन विनाको चुइगम उत्पादन गर्ने कच्चा पदार्थ (राँ गम) आयात गरि राजस्व छलेको भनि सूचनाको आधारमा छापामारी गरि गोदाममा शिलबन्दी गरेको थिए । शिलबन्दी पश्चात आइतवार जिल्ला प्रहरी कार्यालय पर्सा, मातहतका वडा प्रहरी कार्यालय वीर्ता, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिका वडा नं. १० को प्रतिनिधी तथा संचारकर्मीहरुको रोहवरमा भएको चेकजांचको क्रममा भन्सार प्रज्ञापन भन्दा फरक सामाग्री फेला परेन । वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले प्रज्ञापन भन्दा फरक सामाग्री फेला नपरे पनि थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई दिने बताएका थिए ।
त्यस पश्चात राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोली आएर चेकजाँच गर्दा पनि प्रज्ञापन पत्र भन्दा बढि सामान फेला नपरे पश्चात कच्चा पदार्थको नमुना २ कार्टुन तथा केही कागजातहरु छानविनको लागि नियन्त्रणमा लिएको राजस्व अनुसन्धान अधिकृत विकास नेपालले बताए । उनले कच्चा पदार्थको गुणस्तरीयता परीक्षणका लागि विभागमा नमूना पठाउने समेत बताए । चुइङ्गम उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ रहेको गोदाममा २२० वटा कार्टुन रहेको र त्यसमध्ये केही फुटेको अवस्थामा रहेको बताए ।
यसरी ठोस प्रमाण विना नै प्रहरीले दिएको दुःखको कारण उद्योगी व्यापारी निरन्जन अग्रवालले अनावश्यक रुपमा सास्ती खेप्नुपर्यो । यो उदाहारणको पात्र मात्रै हुन् । यस्ता धेरै उद्योगी व्यापारीहरु प्रहरीलाई मासिक रकम नबुझाए अनावश्यक दुःख सास्ती खेप्नु परेको प्रसस्तै उदाहारण छन् । आफ्नो नीहित स्वार्थ सिद्ध गर्नका लागि कसैले दिएको सुचना (सुराकी) को आधारमा छापामारी गरेको प्रहरीले पछिल्लो ३/४ दिन देखि उद्योगलाई ठप्प पार्ने कार्य गरेकोले उद्योगी व्यवसायी चिन्तित बनेका छन् । प्रहरीको यो रवैयाले गर्दा उद्योगी व्यवसायीमा त्रासको अवस्था सृजना भएको हो । बिहिवार देखि नै उद्योग बन्द हुने गरि स्वीट मार्ट फुड इन्डष्ट्रिजको गोदाममा गरेको शिलबन्दीका कारण उद्योग बन्द हुँदा कामदारहरु बेरोजगार हुनुका साथै राज्यको राजस्व समेत प्रभावित भएको छ । उक्त इन्डष्ट्रिजमा कुनै किसिमको अवैध सामान फेला नपरे पनि प्रहरीले राजस्व अनुसन्धान कार्यालयलाई प्रवेश गराएर उद्योगलाई अवरुद्ध गर्नुको साथै उद्योगीलाई मानसिक यातना दिने कार्य मात्रै गरेको व्यवसायी बसन्त अग्रवाल बताउँछन् ।
कोरोना महामारी बखत देखि उद्योग व्यवसाय आफैमा धरायसी बन्दै गएको छ । विस्तारै लयमा फर्किन लाग्दा प्रहरीले केही व्यक्तिको निहित स्वार्थको लागि उद्योग नै अवरुद्ध हुने गरि गरेको काम कारवाहीले तनाव सृजना भएको उद्योगका संचालक निरञ्जन अग्रवालको भनाई छ ।
आफूले नियमपूर्वक उद्योग संचालन गर्दै आएको र देश भरि रहेका चुइङ्गम उद्योगहरुले आयात गर्ने कच्चा पदार्थ नै आफूले पनि सोही प्रक्रिया मार्फत आयात गर्ने गरेको बताए । वीरगंजमा ३ वटा गरि देश भरि करिब ८ वटा चुइङ्गम उत्पादन गर्ने उद्योगहरु छन् । र ति सबै उद्योगहरुले आयात गर्ने प्रक्रिया मार्फत नै आफू पनि कच्चा पदार्थ आयात गर्ने गरेको अवस्थामा आफ्नो उद्योगमा मात्र प्रहरी प्रशासन र राजस्व कार्यालयले छापामारी गर्छ भने यसमा कसै न कसैको निहीत स्वार्थ लुकेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ अग्रवालले भने । उनले प्रहरीले जहिले पनि आफूलाई नै दुःख दिने कार्य गर्ने गरेको गुनासो पोखे ।
उद्योग अवरुद्ध हुँदा मजदुरहरु बेरोजगार हुनुका साथै बजारबाट माग भएको चुइङ्गम उत्पादन गर्न नसकेको गुनासो पोखे । पटक पटक मुठि भर अर्थतन्त्रका धमिराहरुले उद्योग व्यवसायीलाई धारासायी पार्ने गरि गर्ने गरेको षडयन्त्र गर्ने र त्यसको माध्यम प्रहरी अर्थात नेपाल सरकारकै निकाय बन्नु दुर्भाग्य पुर्ण भएको अग्रवालको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि