Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अतिक्रमित ५ विघा सार्वजनिक जग्गा वीरगंज महानगरले अधिनमा ल्यायो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०७९
अतिक्रमित ५ विघा सार्वजनिक जग्गा वीरगंज महानगरले अधिनमा ल्यायो

वीरगंज (पर्सा), ३० फागुन / वीरगंज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो । महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो । अतिक्रमित जग्गा वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए । यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताउनुभयो । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताउनु भयो । अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाई भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उहाँले जानकारी दिनु भयो । अतिक्रमण भएको ५ विघा भन्दा बढी जग्गा एकै पटक अधिनमा ल्याएको यो पहिलो घटना हो । ‘हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,’ नगर प्रमुख सिंहले भन्नुभयो, ‘अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’
यो अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो । अभियान अन्तर्गत सोमबार नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, प्रमोद साह, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि