Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रहरी कार्यालय पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीयहरू खुसी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०७९
सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीयहरू खुसी

वीरगंज (पर्सा), १४ फागुन / वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका पर्साको ठोरी गाउँपालिका १ सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । ठोरी गाउँपालिकाले कूल रु सात लाखको लागतमा इनार निर्माण गरी ट््याङ्कीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन् ।
गाउँपालिकाले इनारमा पानी तान्ने मोटर लगाई ट्याङ्कीमा पानी झारेपछि त्यस गाँउका स्थानीयले पानीलाई भोग्नुपरेको समस्याबाट छुटकारा पाएको बताएका छन् ।
“हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ”, स्थानीयवासी दिलबहादुर कुँवरले भन्नुभयो, “खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ ।” खानेपानी अभावका कारण बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो । कुँवरले भन्नुभयो, “पहिला यहाँ १८ घरपरिवारको बसोबास थियो, तर खानेपानीकै अभावले केही वर्षअघि नौ घर परिवार त्यहाँबाट विस्थापित भयो”, खानेपानी नपाएर हामी पनि यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका थियाँै, तर अब पानी खान नपाएर मरिन्छ की भन्ने त्रासबाट मुक्ति मिलेको छ”, उहाँले भन्नुभयो ।
“घर अगाडिको पानी ट्याङ्कीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापेपछि असाध्यै खुसीको अनुभूति भएको छ”, खानेपानीका लागि लामो समयसम्म सङ्घर्ष गरेका कुँवरले भन्नुभयो, “अहिले जीवन नै फेरिएको जस्तो महसुस भइरहेको छ ।” पानीको लागि सङ्घर्ष गरेका स्थानीयको समस्यालाई मध्यनजर गरी इनारबाट ट््याङ्कीमा पानी ल्याउन सफल भएको ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो । “इनारबाट मोटरले पानी तान्न सक्दैन् कि भने चिन्ता थियो”, उपाध्यक्ष रेग्मीले भन्नुभयो, “तर इनारबाट ट्याङ्कीमा पानी ल्याउन सफल भएका छौँ, अब खानेपानीकै कारण बस्ती विस्थापन हुन्छ की भन्ने अवस्था फेरिएको छ”, निर्वाचित भएदेखि नै सो बस्तीमा पानी पुर्‍याउने आफ्नो चाहना थियो र त्यो सफल भएपछि सुखीको अनुभूति भइरहेको उपाध्यक्ष रेग्मीको भनाई छ ।
सो क्षेत्रका जनतालाई खानेपानी, स्वास्थ्य र शिक्षालगायतका सबै सुविधा पुर्‍याउने योजनाका साथ अघि बढेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । सिंहे डाँडा, तीनघरे होमस्टेलगायतको त्यस क्षेत्रलाई एउटा सुन्दर पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने ठोरी गाउँपालिकाको योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाइपास सडक विस्तार कार्यपनि तत्काल सुरु हुने

बाइपास सडक विस्तार कार्यपनि तत्काल सुरु हुने

बैशाख ६, २०८३
सडक विस्तारले विद्युत अवरुद्ध, जनजीवन प्रभावित

सडक विस्तारले विद्युत अवरुद्ध, जनजीवन प्रभावित

बैशाख ६, २०८३
वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १६ गतेदेखि कक्षा संचालन गर्न निर्देशन

वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १६ गतेदेखि कक्षा संचालन गर्न निर्देशन

बैशाख ६, २०८३
आचार संहिता उल्लंघन गर्ने पत्रकार र मिडियालाई कारवाहीको चेतावनी

आचार संहिता उल्लंघन गर्ने पत्रकार र मिडियालाई कारवाहीको चेतावनी

बैशाख ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि