Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिनीया महामहिमलाई राष्ट्रपति चुनावको चिन्ता किन ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०७९
चिनीया महामहिमलाई राष्ट्रपति चुनावको चिन्ता किन ?

• अनिल तिवारी
बैदेशिक ‘सैडो’ षडयन्त्रलाई नै सम्मान जनक भाषामा कुटनिति भन्ने गरिन्छ । वैश्विक वरिवेशमा हरेक मुलुकले आ–आफ्नो अन्तर्रारिष्ट्रय स्वार्थको लागी आ–आफ्ना दुताबास मार्फत कुटनितिक गतिविध गर्ने गर्दछन । जेनेभा सन्धिअनुसार त्यसको पनि आफ्नो एउटा निहित मापदन्ड छ । कुनै पनि राजदुत वा दुतावासका कर्मचारीले जेनेभा समझौता बिपरित सम्बन्धित मुलुकका आन्तरिक राजनैतिका हस्तक्षेपकारी गतिविधि र सुरक्षा दृष्टि बिपरितको हस्पक्षेप गर्न पाउदैन ।
तर चिनले नेपालमा गर्दै आएको सैडो कुटनिति केहि बर्ष यता आक्रामक बन्दै गएको छ । नेपालको आन्तिरिक मामिलामा चिनका राजदुतहरु खुलेर घरदैलो गर्दै आएका छन । नेपालमा सरकार बनाउने देखि लिएर ससदबाट एमसिसि जस्ता निहित आन्तरिक स्वार्थका विद्येक असफल गराउन चिन खुलेर लागेको देखिन्छ ।
यति मात्र होइन अहिले आएर नेपालको राष्ट्रिय राजनितिमा समेत चुन खुलेर लागेको छ । केहि समय यता नेपालमा चिनले कुटनैतिक गतिविधि खुलेर गर्न थालेको छ । खासरुपमा कम्युनिष्ट एकताको नाममा चिनले नेपाली राजनितिमा गरिरहेको हस्क्षेप जेनेभा समझौता बिपरित नै हो । राष्ट्रिय राजनितिको लागी चिन्ताको बिषय हुनु पर्ने हो सबै दलका लागी, सबै दल यसप्रति सजग हुनु पर्ने अवस्था छ ।
प्रजातन्त्रवादी धार र लामो इतिहास बोकेको नेपाली काग्रेस जनमतमा कमजोर देखिपछि चिनको हस्तक्षेप झन आक्राम भएको हो । यतिमात्र होइन कम्यूनिष्ट एकिकरणको नाउमा नेताहरुलाई चिनिया राजदुतले खुलेरै राजनिती सिकाउन थालेका छन । राष्ट्रपति निर्वाचन नजिकिदै जादा काठमाण्डौंमा देखिएको चीनियाँ राजदुतको सकृयताले कम्यूनिष्ट नेताहरु झनै निरिह बनाएको प्रमाणित हुन थालेकोे छ । चिनिया स्वार्थ अनुकुल नेपालको राष्ट्रपति वनाउने योजनामा चिनियाँ राजदूत चेन सोङ सकृय देखिन्छन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालले बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको केहीबेरमै चेन सोङ बालकोट पुगेर ओलीलाई निर्दिष्ट गरेका थिए । ओलीसँग राजदूतले करिव डेढ घण्टा कुरा गरेको ओलीको सचिवालयले नै पुष्टि गरेको छ । ओली र चिनिया राजदुत बिच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाए पनि छलफलको मुख्य विषय राष्ट्रपति निर्वाचन नै भएको सर्वबिदित छ ।
नयाँ जिम्मेवारी सम्हाल्न आए पछि उनले ओलीलाई दोस्रो पटक भेटेका हुन । यसअघि उनीहरूबीच बालकोटमै माघ ४ मा भेट भएको थियो । एमाले–माओवादी मिलेर नेकपा बन्दा र त्यसलाई जोगाउने क्रममा पनि चीनले यस्तै सक्रियता देखाएको थियो ।त्यसबेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाइ राख्न ‘घरदैलो’ कार्यक्रमलाई कार्यान्वयन गरेकी थिइन । चिनियाँ चासोका बाबजुत तत्कालीन नेकपा टिकिरहन सकेन ।
नेपालमा राजनितिक संकट गहिरिदै जाँदा चीनले अनावश्यक हस्तक्षेप गर्ने गरेको भन्दै आलोचना हुदै आएको छ । चीनको अनावश्यक हस्तक्षेप कै कारण नेपालमा राजनीतिक अस्थिरता वढ्ने गरेको एकथरीको विश्लेषण पनि छ ।
आफ्ना सर्तमा नेपाललाई बीआरआईमा सहभागी गराउने चिनको पुरानो दबाव अहिले पनि कायम रहेको छ । चिनको बिआरआईमा नेपालले सहयोग गरेन भन्ने एकोहोरो भाष्य बनाउन उद्यत उत्तरी छिमेकीसँगको अबिश्वासका खाडल क्रमश बढदै गएका छन । उत्तरी भेगको विभिन्न ठाउँमा उब्जिएका सीमा विवाद,तातोपानि खासा नाकामा एक तर्फिरुपले चिनद्धारा नाकाबन्दी गर्नु, एमसीसी पारित हुदा अनावश्यक हस्तक्षेपका कारण द्विदेशीय सम्बन्ध बाहिर भन्ने जस्तो पक्कै छैन । चिनको चाहना अनुसार बनेको कम्युनिष्ट सरकारलाई पनि चिनले खुलेर सहयोग गर्नुभन्दा पनि आफ्ना स्वार्थका गतिविधिमा प्रयोग गर्न उद्यत रहेको छ । कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याइदिन सहयोग गरेको र गर्दै आइरहेको भनिएको चीन आफ्नो स्वार्थलाई अहिलेको वाम वर्चस्वको सरकारले कहीँ न कहीँ सम्बोधन गर्नेमा चिनीयाहरु आशावादी देखिन्छ । अन्तर्राष्ट्रिय शक्ति सम्बन्धका हिसाबले हेर्दा त्यो आफैंमा अस्वाभाविक होइन पनि ।
तर पोखरा विमानस्थल नै बीआरआई परियोजनाको हिस्सा भएको भन्ने चिनको दाबी कालो सत्य साबित हुने निश्चित छ ।यति ठुलो लागतमा निर्माण भएको विमानस्थलको औचित्य र आम्दानी पुष्टि गर्ने चुनौती नेपाली पक्षसामु टड्कारो छ । बीआरआईका यस्ता घाटाका परियोजना सुरु गरिहाल्न त्यति सहज देखिन्न ।
त्यस्तै, एमसीसीबाटै अलग्याउन चीनले खेलेको भूमिकाका कारण अति सशंकित अमेरिकाको नेपाल चासो पछिल्ला दिनमा अरू बढ्दो देखिएको छ । एक महिनामा चार अमेरिकी उच्च स्तरीय टोलीको नेपाल भ्रमण र भावी हुने भ्रमणका सिलसिलाले नेपाली कुटनिति गलफासोमा फसदै गएको सहजै अनुमान लगाउन सकिन्छ । नेपालले सावधानी साथ यसलाई बुझन र दृढता पुर्वक छिमेकलाई समेत बुझाउन सकनु पर्दछ ।
तर राष्ट्रिय दलका नेताहरुमा देखिएको सत्तालिप्साले मुलुकको अन्धकार राजनितिमा भने बाहिरी हस्तक्षेत्रको असर परिरहने देखिन्छ । परिणाम स्वरुपम यसको थप असर उत्तर र दक्षिणका दुवै छिमेकीसँगको सम्बन्धमा पनि पर्ने निश्चित छ ।
त्यसो त कतिपय देशले चिनसंग विकासका लागी सहकार्य, अन्तर्राष्ट्रिय व्यापार, सहयोग र समन्वय जस्ता कार्यमा आगाडि बढेपनि अहिले उनीहरु ऋणजालमा फसेका पनि छन् ।जसका ज्वलन्त उदाहरणको रुपमा श्रीलंका र पकिस्तानको आर्थिक अवस्था संकटपुर्ण रुपमाले अगाडि बढको छ ।चिनको बिआरआईसंगको हौसेमा होस्टे गर्ने सबै भन्दा करिबको मित्र पाकिस्तानका जनतालाई खान सरकारले गहु समेत दिन सक्ने अवस्थामा छैन । चिनको सहयोग समावेशीकरणको सिद्धान्त भन्दा पनि सैन्य स्वार्थ पुर्तीको लागी अगाडि बढेको हुन्छ ।साथै उसका व्यापारिक स्वार्थ पनि उतिकै रहेको हुन्छ ।
नेकपा एमालेका उपमहासचिव तथा पुर्ब परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली काङ्ग्रेसका प्रवक्ता एवम पुर्वपरराष्ट्र मन्त्री प्रकाश महतले हालै भएको एक कार्यक्रममा बिआरआईको बास्तविक्ता बारे खुलेर बोल्दै चिनको यो नितिको बिरोध समेत गरेका छन । ‘सेन्टर फर सोसीइयल इन्क्लुजन एण्ड फेडेरसन’ ले आयोजना गरेको ‘जियोपोल्टिक्स एण्ड बिआरआई इन साउथ एसीया’ विषयको छलफल कार्यक्रममा बोल्दै दुबै पुर्वमन्त्रीले बिआरआई बारे यस्तो धारणा राखेका थिए ।
पुर्वपरराष्ट्र मन्त्री ज्ञवालीले ‘बिआरआई’को वित्तीय पक्षको बारेमा हालसम्म कुनैपनि छलफल नै नभएको खुलासा समेत गरेका थिए । ‘बिआरआई’ले ‘नेपाललाई ऋणको पासोमा पार्ने’ आशंका भैरहेको बेला पुर्वविदेश मन्त्रीहरुको यो धारणाले मुलुकलाई संकटपुर्ण आर्थिकबाट बच्च सावधान गरेको हो । बिआरआईको वित्तीय व्यवस्थापनबारे छलफल सुरु नहुँदा शंका उत्पन्न भएको ज्ञवालीको दाबी थियो ।
ज्ञवालीले भने,’हामीले भर्खर ९ वटा प्रथमिकताका क्षेत्र टुङ्ग्याएका छौँ। चीनसँग उक्त क्षेत्रलाई कसरी अघि बढाउने भन्ने वित्तीय पक्षको विषयमा कुनै छलफल सुरु भएको छैन । हाम्रो प्रथमिकता अनुदानबाटै काम बढाउने हो । तर ऋण लिनु पर्दा पनि नेपालको हित हुने र सहज हुने किसिमले छलफल गर्नुपर्छ ।’
त्यस्तै, पुर्वपरराष्ट्र मन्त्री महतले पनि ज्ञवालीको धारणामा सहमति जनाउदै नेपालले बिआरआईको लागि ऋण लिनुनहुने बताएका थिए । उनले नेपालमा बिआरआई योजना संचालनका लागि चीन सरकारले अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिए ।चीनले आफ्नो महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को लागि नेपालको समर्थन प्राप्त गर्न प्रयास गरिरहेको छ तर हिमालयन देशले अमेरिका र भारतको पनि समर्थन खोजेकोले यसमा सामेल हुन इच्छुक छैन।
नेपालको उत्तरी छिमेकी चीनले सधैँ सुरक्षा र रणनीतिक दृष्टिकोणले हेर्छ । परिणाम स्वरुप बालकोट देखि पेरिस डाडासम्म देखिएको चिनको सक्रियता मुलुकको लागी चिन्ताको बिषय पनि हो । ऐतिहासिक रूपमा, चीनको चासो तिब्बतमा आफ्नो वर्चस्व कायम राख्नु र यस क्षेत्रबाट कुनै पनि बाह्य शक्तिलाई टाढा राख्नु पहिला भएपनि अहिलेको अवस्था परिवर्तन भएको छ । स्वार्थपूर्ण दृष्टिकोण राख्दै आएको चीनले नेपालसँग सम्बन्ध विस्तारको नाउमा आन्तरिक हस्तक्षेपकारी गतिविधिलाई अगाडि बढाएको देखिन्छ ।
यतिमात्र होइन वास्तवमा नेपाल र चीनबीच द्वन्द्व र युद्धको इतिहास पनि रहेको छ ।चिन भन्दा पनि तिब्बसंग नेपालको सम्बन्ध एतिहासिक ,सास्कृति,बैबाहिक र भौगोलीक एकताको रुपमा रहे हो ।तर चिनसंगको सम्बन्ध जहिले पनि द्धन्द्धात्मक रहेको इतिहास नै छ ।जस्तै सन् १७८९ को केरुङ सन्धि अन्तर्गत नेपालले तिब्बतसँगको व्यापारिक सम्बन्ध सुदृढ गरेपछि चीनले नेपाल विरुद्ध सैन्य कारवाही अगाडि बढाएको थियो । १७९२ मा, चीनले ७० हजार सेनाको साथ नेपाल माथि आक्रमण गरेको थियो र धाइबुङ (काठमाडौं नजिक) सम्म चीनिया सेना आएका थिए ।
वास्तवमा नेपाली जनताको चाहना विपरीत चीनले कूटनीतिक सम्बन्धको इतिहासमा नेपालको आन्तरिक मामिलामा आफूलाई संलग्न गरेको छ । कुनै पनि आन्तरिक उथल–पुथलविरुद्ध चीनले नेपाली राजाहरूलाई निरन्तर सहयोग गरेको इतिहास पनि छ ।
राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नेपाललाई आफ्नो रणनीतिक नियन्त्रणमा ल्याउने चिनिया नीति पुन: उन्मुख भएको आरोप पनि छ । नेपाललाई अहिले दक्षिण एसियामा चीनले प्रवेशद्वारको रुपमा हेरिरहेको एक थरिको बुझाइ पनि छ । जुन यसको भू–अर्थशास्त्र र भू–रणनीतिक चासोको एक महत्त्वपूर्ण साधन हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि