Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २८, २०७९
चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

• अजयकुमार साह
जनकपुर (धनुषा), २८ माघ / वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृङ्खलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो ।
समुन्द्री सतहदेखि छ सय १० मिटरदेखि एक हजार आठ सय ७२ मिटरसम्मको भू(क्षेत्रचुरे क्षेत्र हो ।नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको भू(भाग नै चुरे हो । चुरेले सातै प्रदेशका ३७ जिल्लाको १८ लाख ९६ हजार दुई सय ५१ हेक्टर ओगटेको छ । चुरे जैविक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण र उपयोगी छ । हावापानी समशीतोष्ण भएकै कारण चुरेमा विभिन्न वन्यजन्तुका साथै साल, सिसौँ, खयर, अमला, हर्रो, बर्रोलगायत औषधिजन्य बिरुवा प्रशस्त पाइन्छन् । जैविक विविधता तथा प्राकृतिक सम्पदाले धनी मानिएको चुरे कमजोर भू(बनोटका कारण संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ ।
बढ्दो जनघनत्वका कारण वन पैदावारमा अत्यधिक चाप बढेपछि चुरे क्षेत्रमा वन विनाश बढेको छ । क्षयीकरणले पर्यावरणीय समस्यासमेत देखिएको छ । सरकारले चुरे संरक्षणका लागि प्रत्येक वर्ष लाखौँ खर्च गर्ने गरे पनि वन, जङ्गल र खोला किनारमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्दा यसको संरक्षणमा चुनौतीपूर्ण बनेको छ । धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु खोला वरिपरि मात्र पाँचक्रसर उद्योग अवैधरूपमा सञ्चालित छन् । सरोकारवाला निकाय यसलाई रोक्नगम्भीर नेदेखिँदा वन विनाश अत्यधिक बढेको छ ।
क्रसर उद्योग सञ्चालकले नदी खोलाबाट जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा तटबन्धसमेत जोखिममा छन् ।
किसाननगरकी रीता भट्टराई जथाभावी बालुवा झिक्दा तटबन्ध भत्किने खतरा बढेको बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग सञ्चालन गर्दा तोकेको मापदण्डअनुसार खोला किनार तथा राजमार्गदेखि पाँच सय मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनाबस्तीदेखि दुई सय मिटर तथा चुरे क्षेत्रदेखि एक किलोमिटर टाढा हुनुपर्ने व्यवस्था गरेको छ । तर सो मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयले त्यसतर्फ चासो नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो छ ।
नदी तथा खोला उत्खनन गरी ढुङ्गा, गिट्टी र बालुवाजिल्ला बाहिर तथा भारततर्फ निकासी गरिँदै आएको छ । स्थानीय तहले आम्दानीको लोभमा नदी तथा खोला ठेक्का लगाउने गरेका छन् । अन्धाधुन्धरुपमा चुरेउत्खनन गरिएपछि नदी तथा खोलाको बहाव परिवर्तन हुने गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माचुरेमा जथाभावी रुपमा क्रसर उद्योग सञ्चालन गर्दा तराईमा भू(क्षयको जोखिम बढेको बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “यसलाई रोक्न ठोस नीति आवश्यक छ । अवैधरुपमा सञ्चालित क्रसर उद्योगतत्काल बन्द गर्नुपर्छ ।” हालै नेपाल वन प्राविधिक सङ्घले चुरे विनाशको सामाजिक र आर्थिक प्रभावबारे अध्ययन अनुसन्धान गरेको छ ।पसाहा, भेडाहा, चाँदी, चारनाथ र तावा खोलाको जलाधार क्षेत्रको अध्ययनपछि प्राप्त तथ्याङ्कका अनुसार तावा खोलाको बहावका कारण बर्सेनि सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । चुरे क्षेत्रका विषयमा विद्यावारीधि गर्नुभएका महोत्तरीको भङ्गहा(७ का डा विजयकुमार सिंहबस्ती नै सकिने गरी बढेको बाढीको जोखिमनिदानका लागि समाधान खोज्नुपर्ने बताउनुहुन्छ । चुरेमा अव्यवस्थित बसोबास, विकासका नाममा सडक विस्तार, वैज्ञानिक अध्ययनबिना पहाड भत्काउने, चुरे र नदीमा हुने अनियन्त्रित उत्खननलगायत कारणले वन विनाश बढेको बताउनुभयो ।
“अधिकांश बस्ती जोखिममा छन्”, डा सिंहले भन्नुभयो, “चुरे संरक्षण नगरे मधेस क्षेत्र डुबानमा पर्छ, उब्जाउ जग्गा मरुभूमिमा परिणत हुनेछ ।”सङ्घ, प्रदेश र स्थानीय तहले चुरे संरक्षणको नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । महोत्तरीको बर्दिबास नगरपालिकाले जथाभावी उत्खनन रोक्न पहल थालेको छ । नगरप्रमुख प्रल्हाद क्षेत्रीले स्थानीय प्रहरीप्रशासनको सहयोगमा जथाभावी उत्खनन रोक्दै आएको बताउनुभयो । जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला क्षेत्रमा अत्यधिक मात्रामा क्रसर उद्योग सञ्चालनमा छन् ।
राष्ट्रपति चुरे तराई(मधेस संरक्षण कार्यक्रमको गुरुयोजना बनाएर काम थालेको आठ वर्षमा सरकारले संरक्षणका लागि रू १० अर्ब ८१ करोड खर्च गरेको छ । चुरे संरक्षणमा आर्थिक वर्ष २०७७÷७८ मा रू एक अर्ब ६० करोड, आव २०७८÷७९ मा रू एक अर्ब ५३ करोड तथा चालू आवमा रू एक अर्ब ५५ करोड विनियोजन गरेको छ । सरकारले आव २०६६÷६७ देखि चुरे संरक्षण कार्यक्रमका लागि खर्च गर्दै आएको छ । विसं २०७१ असार २ गते राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास समिति गठन गरेको थियो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि