Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रविको राहदानीबारे प्रहरीले गर्नसक्छ अनुसन्धान !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०७९
रवि लामिछानेको सांसद पद खारेज, गृहमन्त्री पद पनि गुमाए, तत्काल नागरिकता लिएर पुनः चुनाव लड्न पाउने

काठमाडौं, १३ माघ / सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका छन् । साथै उनले अमेरिकी नागरिकता परित्याग नगर्दै नेपाली राहदानी लिएकोमा फौजदारी अभियोग खेप्नुपर्ने देखिएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसारको प्रक्रिया पूरा नगरेको अदालतले शुक्रबार ठहर गरेको छ । तर, लामिछानेले पुनः कायम नगरी पुरानै नागरिकताका आधारमा राहदानी लिएर प्रयोग गरिरहेका छन् । योसँगै राहदानी ऐन, २०७६ अनुसारको कसूरमा रविविरुद्ध अनुसन्धान गर्न बाटो खुलेको फौजदारी कानूनका जानकार एवं वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले बताए ।
लामिछानेले २०५० सालमा वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण–पत्र लिएका थिए । सर्वोच्च अदालतमा दिएको जवाफमा उल्लेख भए अनुसार लामिछाने अध्ययन र रोजगारीका सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेका थिए । केही वर्षमा उनले अमेरिकाको स्थायी बसोबास अनुपति पत्र (पिआर) प्राप्त गरेका थिए । २१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता पनि लिएका थिए । लामिछाने तीन वर्षपछि पारिवारिक भिसामा नेपाल फर्किएका थिए । र, कार्य अनुमतिका लिएर एक टेलिभिजन च्यानलमा कार्यक्रम चलाएका थिए । त्यहीबीच अवैध नागरिकताको आधारमा बनाएको नेपाली राहदानी लिएर उनी रिपोर्टिङको सिलसिलामा विभिन्न मुलुक पुगेका थिए ।
सन् २०१७ मा उनी युनाइटेड अरम इमिरेट्स (यूएई) पुगेर कार्यक्रम प्रत्यक्ष प्रशासन गरेका थिए । अर्को वर्ष उनी जापान र कोरियामा पनि त्यही राहदानी लिएर गएका थिए । सन् २०१९ लामिछाने अष्ट्रेलिया समेत पुगेका थिए । ‘प्रक्रिया अनुसार नागरिकता नलिई राहदानी बनाएर प्रयोग गरेको बारे उजुरी पर्ने वित्तिकै प्रहरीले अनुसन्धान गर्नुपर्छ’, वरिष्ठ अधिवक्ता खरेल भन्छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार सरकारी निकायबाट प्राप्त लिखित पत्र पनि प्रहरीका लागि जाहेरी सरह हुन्छ । गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखाले रविको नागरिकताबारे आवश्यक छानबिन कारबाही गर्न भन्दै १२ मंसिर २०७९ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेको थियो । पत्रको आधारमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय बताउँछन् ।

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न भन्दै गृहले काठमाडौं प्रशासन र प्रशासनले प्रहरीलाई लेखेको पत्र ।

त्यसबारे अनुसन्धान गरिरहेका बेला अदालतमा मुद्दा प¥यो । सुनुवाइ सुरु भएपछि अदालतले अनुसन्धानको सक्कल फाइल मागेको थियो । ‘अदालतले फाइल मागेपछि बुझाएका थियौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्की भन्छन्, ‘प्रहरीलाई त्यसबेला नागरिकताबारे अनुसन्धान गर्न मात्रै निर्देशन थियो ।’ अदालतको आदेशसँगै नागरिकताबारे प्रहरीको अनुसन्धानको औचित्य पनि सकिएको अधिकृतहरु बताउँछन् । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार त्यसबेला अनुसन्धानको मुल विषय नागरिकता भए पनि राहदानीबारे समेत अनुसन्धान ‘नोटिस’ गरिएको थियो । ती अधिकृतका अनुसार रविको अमेरिकी नागरिकताको स्थिति के हो भन्नेबारे अमेरिकास्थित नेपाली दूतावासलाई पत्र लेखिएको थियो । ‘उपत्यका प्रहरी कार्यालय–प्रहरी प्रधान कार्यालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाइएको थियो, त्यसको जवाफ आइसकेको थिएन’, ती अधिकृत भन्छन् ।
राहदानी ऐनअनुसार जाहेरी परे वा अनुसन्धानका लागि विगतमा झैँ निर्देशन प्राप्त भए छानबिन सुरु हुनसक्ने काठमाडौं प्रहरीका अधिकृतहरु पनि बताउँछन् । ‘त्यसका लागि पहिल्यै अनुसन्धान भइसकेका विषयहरु पनि आधार बन्नसक्छन्’, उनले भने । फेरि जाहेरी दर्ता भएर अनुसन्धान हुँदा सर्वोच्चको शुक्रबारको फैसलालाई पनि आधार बनाउन सकिने उनी बताउँछन् । ‘लामिछानेले प्रयोग गरेको नागरिकता खोस्टो मात्र थियो भन्ने पुष्टि भयो, त्यसको आधरामा बनाएको पासपोर्ट स्वभाविकरुपमा अनुसन्धानको दायरामा पर्नसक्छ’, उनी भन्छन्, ‘त्यसैले झुठो विवरण दिएर राहदानी बनाएको कसूरमा अनुसन्धान अघि बढाउन मिल्ने प्रशस्त आधारहरु छन् ।’
नेपाल प्रहरीका एक उच्च अधिकृतले यस्तो जाहेरी प्राप्त भए सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिने बताउँछन् । राहदानी ऐन, २०६३ मा झुठा विवरण दिएर राहदानी वा यात्रा अनुमति पत्र लिए वा लिने प्रयन्त गरे कसूर हुने भनेको छ । यस्तो कसूर गर्नेलाई दुई लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । साभार : अनलाइखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि