Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०७९
कृषि श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

• गोपालप्रसाद बराल
महोत्तरी, ११ माघ / मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वकै दिन वर्षभरि कृषि काम गर्ने श्रमिकको टुङ्गो लगाएर पुज्ने चलन छ । यो परम्परा थेग्न श्रमिक नपाएपछि किसान निराश भएका हुन् । “माघ लागेदेखि नै जन (कृषि कार्यका श्रमिक) खोजेको खोज्यै छु, कहीँ काम गर्ने मान्छे भेटिएनन्”, बर्दिबास नगरपालिका(९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतोले दिक्क मान्दै भन्नुभयो, “श्रमिक पुज्ने त भोलि बिहीबार नै हो, मान्छे नपाएपछि अब के गरुँ ?” श्रमिक नपाएर पर्वमा पुज्ने विधि गर्न नपाएपछि किसानलाई पर्वको उल्लास नछाउने महेन्द्रको भनाइ छ ।
महेन्द्रजस्तै छिमेककै भङ्गाहा(४ रामनगरका ५५ वर्षीय किसान गङ्गाराम महतोले पनि श्रमिक भेट्नुभएको छैन । आफ्नो बस्ती र छिमेकका बस्तीमा श्रमिक नभेटेर दिक्क हुनुभएका गङ्गाराम भन्नुहुन्छ, “यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने गङ्गाराम अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्नुहुन्छ । गङ्गारामले विरक्तिँदै अगाडि भन्नुभयो, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आस म¥यो ।” मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ-नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि यहाँका किसानमा चिन्ता बढेको हो ।
श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुसी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारको खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन रहँदै छ । पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिदैन । “के पर्वमा रमाउनु ? वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुसी भित्रन्छ र ?”, भङ्गाहा(४ रामनगरकै अर्का किसान ६० वर्षीय सत्यनारायण यादवले खिन्न हुँदै भन्नुभयो । यसपालि बिहीबार श्रीपञ्चमी पर्व परेको छ । यसै बस्तीका हरिदेव साहले पनि अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउनुहुने छाँट छैन । आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । “हाम्रावरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्”, साहले दिक्क मान्दै भन्नुभयो, “लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।”
कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाव जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने) परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ । श्रीपञ्चमी पर्व एक दिनमात्र बाँकी रहँदा कृषि श्रमिक पुज्न नपाउने कुराले यहाँका आम किसानमा चिन्ता बढाएको छ । आम किसान यो समस्याले बिलखबन्द परेका छन् । जिल्लाका गाउँ(नगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरब राष्ट्र गएपछि गाउँ(नगर बस्ती युवाविहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँ(नगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँट नदेखिएको जिल्लाकै बर्दिबास(६ किसाननगरका पाका किसान भीष्मकुमार खड्काको दुःखेसो छ ।
“घरका छोरा हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर जागिरमा गए, वरपर काम गर्ने श्रमिक पाइन छाडियो”,उमेर सात दशक कटाउनुभएका खड्काले भन्नुभयो, “आफ्ना हातपाउ गले, अब खेती गरेर भकारी भरौँंला भन्ने नसोचे भयो ।” काम गर्ने श्रमिक नपाएर दिक्क हुनुभएका खड्काले अब जग्गा ठेक्का, बटैया दिने वा बेच्ने विकल्पमात्र देख्न थालिएको बताउनुभयो । हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदुर) माघ शुक्ल पञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा रहिआएको छ । यसै दिन कृषि ज्यावल वर्षभरि मर्मतसम्भार गर्ने (हलो ठोक्ने, कुटो कोदालोे र हँसिया, कँचिया उध्याउने र बिँड ठोक्ने) कामका लागि लोहार (कृषि ज्यावल मर्मतसम्भार गर्ने मिथिलाको खास जाति विशेष)को कुरा टुङ्ग्याउने गरिए पनि यसपालि गाउँ(नगर बस्तीमा कृषि कार्यका श्रमिक र लोहार नभेटिएपछि श्रमिक र लोहार वरण गर्न नपाइएको बर्दिबास(९ पशुपतिनगर(४ का ८० वर्षीय किसान नथुनी महतो बताउनुहुन्छ । “सात दिनअघिदेखि आफ्नै बस्ती र छिमेकका वरिपरिका बस्तीमा श्रमिकको खोजी गरे, कोही भेटिएनन्”, महतोले दिक्दारिँदै भन्नुभयो, “अब खेती गरेर खाइएला भन्ने लाग्न छाड्यो ।”
मिथिला परम्परामा श्रीपञ्चमीका दिन जन (श्रमिक) र लोहारको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराइ दक्षिणा दिएर वरण गर्छन् ।
यसरी वरण गरिएका श्रमिक अघिल्लो एक वर्षका लागि काममा बाँधिएको भन्ने मानिन्छ । परम्पराले यसै दिन श्रमिक र लोहारको टुङ्गो लगाउने भने पनि नगर(गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि भारतको पञ्जाव र अन्य अरब राष्ट्रतिर गएपछि काम गर्ने मान्छे पाउन नसकिएको जिल्लाकै लोहारपट्टी नगरपालिका(६ का किसान चन्देश्वर मण्डलले पिरोलिँदै बताउनुभयो । पछिल्लो एक दशकयता गाउँ(गाउँ बस्ती(बस्तीबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकै पछि धकेलिएको आम किसानको भनाइ छ । कृषि कार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी अब बाँझै रहन थालेका छन् । “गर्ने कोही नभएपछि के गर्नु ? आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइ बस्नुपरेको छ”, भङ्गाहा(३ का ७५ वर्षीय किसान रुपनारायणसिंह थारू भन्नुहुन्छ । दुई दशक अघिसम्म घरमा श्रीपञ्चमी पर्वका दिन हलो, कोदालो चलाउने, गाईभैँसी चराउने, घाँस काट्ने र अन्य खेती कार्यका लागि आपूmले बर्सेनि पाँच(सात जना श्रमिक पुज्ने गरेको झलझली सम्झनुभएका थारू क्रमशः यो क्रम घट्दै गएर पछिल्ला पाँच वर्षयता मान्छे नै नपाएको बताउनुहुन्छ ।
खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रूपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेट्टाइन छाडेपछि स(साना नानीलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । “खेतीपाती नै मुख्य व्यवसाय भएपछि कृषि श्रमिकको चाँजोपाँजोसँग जोडिएको श्रीपञ्चमी किसानका लागि खास पर्व बन्नु त स्वभाविक नै भयो”, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट सेवा निवृत्त भई खेतीपातीमा जोडिनुभएका भङ्गाहा(७ मेघरोलका ७० वर्षीय चन्द्रनारायणसिंह थारू भन्नुहुन्छ, “मैले सात(आठ वर्षमै हार खाएँ, मान्छे भेटिँदैनन् के गरौँ ?” शिक्षण सेवाबाट उमेरहदले सेवा निवृत्त भएर घर आउँदा मज्जाले खेतीपाती गर्छु भन्ने रहर श्रमिक नै नपाएर मर्दै गएपछि अब विस्तारै जग्गा बेच्दै व्यापारतिर डोरिन लागेको थारू बताउनुहुन्छ ।
मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । यसै दिन खेतबारीमा हलगोरु नारेर केही फन्का घुमाउने चलन पनि छ । यसैगरी भर्खरका बहर (जोत्ने उमेर पुगेका गोरु)लाई जोत्ने कार्यका लागि सधाउन नार्ने चलन पनि छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका(६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउनुहुन्छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि