Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘हरि खेतान’ सामुदायिक क्याम्पसमा भगवान यादवको रजाई कहिले सम्म ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०७९
‘हरि खेतान’ सामुदायिक क्याम्पसमा भगवान यादवको रजाई कहिले सम्म ?

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ११ माघ / वीरगंज अलखिया मठ स्थित हरिखेतान बहुमुखी क्याम्पसमा कथित एक व्यक्तिको वर्षौदेखि रजाई छ । क्याम्पस प्रमुख डा. भगवान यादवले सामुदायिक क्याम्पसलाई निजी क्याम्पस बनाएर वर्षौदेखि रजाई गर्दै आएका छन् । सामुदायिक क्याम्पसको नाममा सरकार लगायत विभिन्न दाता सँस्थाहरुबाट प्राप्त अनुदानको रकममा यादवको वर्षौदेखि गिद्धे नजर छ । क्याम्पसमा हजारौं विद्यार्थी अध्ययनरत छन्, तर तिनीहरुबाट निजी क्याम्पस भन्दा बढि शुल्ने गरिएको छ ।
वीरगन्जका उद्योगपति एंव समाजसेवी बिहारीलाल खेतानले आफना छोरा हरि खेतानको स्मृतिमा वि.स. २०३८ सालमा त्रिवि विश्वविद्यालयबाट सम्बन्धन लिएर सामुदायिक क्याम्पसका रुपमा हरिखेतान क्याम्पस स्थापना गरि संचालनमा ल्याएका थिए । त्यस पश्चात स्थापना कालदेखि नै विगत साढे ३ दशक बढिदेखि भगवान यादव आफ्नो निजी क्याम्पस सरह संचालन गर्दै आएका छन् । स्थापनाकालदेखि नै प्रमुख डा. यादव आफ्नो निजी सम्पत्ति सरह बनाएका छन् । क्याम्पसमा यादवको आफ्नो निजी ऐन नियम कानून लागु हुन्छ ।
हरि खेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले सामुदायिकको विधि विधान अनुरूप संचालन हुनु पर्नेमा त्यसो नभई डा. यादवले पैसा, पावरको बलमा आफ्नो एकलौटी रजाई गर्दै आएका छन् । क्याम्पसलाई सामुदायिक क्याम्पस सरह संचालन गर्न विभिन्न संघ सँस्थाले विरोध पनि नगरेका होइन तर डा. यादवले पैसा पावरको आडमा सबै विरोधलाई आफ्नो खल्तीमा राखी साढे तीन दशकभन्दा अघिदेखि रजाई गर्दैै आएका हुन् ।

गत वर्ष संघले क्याम्स प्रमुख डा. भगवान यादवलाई ज्ञापन पत्र बुझाउन खोज्दा ज्ञापन पत्र झम्टिन पुगेको अवस्था ।

गत वर्ष २०७८ माघ पहिलो हप्तामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको विकृति अन्त्य गर्न लगायतको सात बुन्दे माँग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको थियो । संघका जिल्ला अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा रहेको विद्यार्थीहरुले क्याम्पसमै पुगेर ज्ञापन पत्र बुझाउन खोज्दा क्याम्पस प्रमुख डा. भगवान यादवले ज्ञापन पत्र नबुझी आक्रोशित भई ज्ञापन पत्र च्यात्न झम्टेका थिए तर त्यो पनि ज्ञापन पत्रले डस्टिविनमा ठाउँ पायो ।
संघले हरि खेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले सामुदायिकको विधि विधान अनुरूप संचालन हुनुपर्ने, सरकारी क्याम्पस झै क्याम्पस प्रमुखको कार्यकाल तीन/चार बर्षमा परिर्वतन हुनुपर्ने, सरकारी क्याम्पसको मान्यता अनुसार प्रत्येक संकायको प्रत्येक वर्षमा नियमानुसार विद्यार्थीको भर्ना संख्या अनुसार २० प्रतिशतलाई अनिवार्य निशुल्क छात्रवृत्ति तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, वीरगन्ज विश्व विद्यालय स्थापनाको नाममा संकलित रकमको आजसम्मको हरहिसाब र विश्व विद्यालयको कार्यप्रगति सार्वजनिक गर्नुपर्ने लगायतका माग गरेको थियो ।
क्वी.सि.सि क्वालिफाईड क्याम्पस भएकोमा टियु को युजिसि ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ त्यो पनि सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बषौ बषौ देखि कार्यरत हुँदा निजहरूको सन्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धि कायालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुवाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु गरेका थिए ।

ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि गत वर्ष २०७८ माघ ८ गते हरिखेतान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका नेविसंघका नेताहरु ।

त्यसबाट पनि कुनै सुनुवाई नभएपछि नेविसंघले २०७८ माघ ८ गते क्याम्पस अगाडि नै विरोध कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन समेत गरे । नेविसंघका इकाइ सभापति मनोज कुमार साहको अगुवाइमा उठाइएका बुंदाहरु क्याम्पस प्रमुख डा. यादव पैसा, पावर र पार्टीको बल दबाए । यति मात्र नभई संघले ३ दिने अल्टिमेटम सहित ७ बुंदे माग राखि जिल्ला प्रशासन कार्यालय पर्सामा समेत ज्ञापन पत्र बुझाइएको थियो । तर कुनै सुनुवाई भएन ।
यहाँसम्म कि संघले यस विषयमा यहाँका राजनीतिक दलका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाउने, हस्ताक्षर संकलन अभियान संचालन गर्ने, प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने लगायतका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गरे तर क्याम्पस प्रमुख डा. यादवलाई केही फरक परेन । जति पनि विरोध गरे क्याम्पसलाई केही फरक नपर्ने रहेछ भन्ने पुष्टि हुन्छ । पैसा, पावर र राजनीति दलको आशिर्वाद रहे वीरगंजमा जस्तोसुकै गल्ती पनि गर्न छुट हुँदो रहेछ भन्ने प्रमाणित भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि