Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १०, २०७९
युरिया मलको विकल्पमा आयो ‘नानो युरिया’ : लागत कम, प्रभावकारी बढी

जनकपुरधाम, १० माघ / सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केसरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिनुभयो ।
सम्भवतः यही माघ १८ मा बोलपत्र आह्वान हुने र हिउँदे बाली उत्पादक किसान लाभान्वित हुने गरी चाँडै मल ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । “किसानले मलको माग गरिरहेकाले हामी दबाबमा थियौं” केशरीले भन्नुभयो, “अब बाँकी प्रक्रिया पूरा गरेर छिट्टै मल उपलब्ध गराउँछौँ ।” कृषि सामग्री कम्पनी लिमिटेडले चालू आर्थिक वर्षमा धनुषाको दक्षिणी क्षेत्रका लागि जनकपुरधाम शाखामा नौ हजार मेट्रिकटन युरिया र छ हजार मेट्रिकटन डिएपी मलको लक्ष्य तोकेको छ । हिउँदे सिजनका लागि हालसम्म एक हजार चार सय ४ मेट्रिक टन युरिया र एक हजार आठ सय ७२ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा एक हजार दुई सय ५३ मेट्रिक टन युरिया र एक हजार आठ सय मेट्रिक टन डिएपी वितरण गरिसकिएको केसरीले जानकारी दिनुभयो ।
“पर्याप्त र समयमै मल प्राप्त नहुँदा उसै पनि समस्या छ, त्यसैमा स्थानीय तहबाट समयमा सिफारिस नआउँदा मल विवतरणमा ढिलाइ भएको छ”, केशरीले भन्नुभयो, “हामीसँग अब करिब एक सय ५१ मेट्रिकटन युरिया र ७२ मेट्रिकटन डिएपी मल मौज्दात छ ।” त्यसैगरी उत्तरी क्षेत्रका लागि शाखा कार्यालय ढल्केबर धनुषामार्फत् वार्षिक पाँच हजार मेट्रिकटन युरिया र दुई हजार तीन सय सय मेट्रिकटन डिएपी मल बिक्री वितरण गर्ने लक्ष्य रहेको पनि जनाइएको छ । कृषि सामग्री केन्द्रले धनुषाको दक्षिणी क्षेत्रमा जनकपुरधाम कार्यालयमार्फत् करिब ६५ प्रतिशत र जिल्लाको उत्तरी क्षेत्रमा ढल्केबर शाखामार्फत् करिब ३५ प्रतिशत मल वितरण गर्दै आएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले स्थानीय तहमा खेती भइरहेको जमिनका आधारमा निर्धारण गरेको कोटाअनुसार मल वितरण हुने गरेको छ । धनुषाका एक हजार आठ स्थानीय तहमध्ये खेती भइरहेको जमिनका आधारमा लक्ष्मीनियाँ गाउँपालिकाले सबैभन्दा बढी र जनकनन्दनी गाउँपालिकाले सबैभन्दा कम कोटा मल पाइरहेका कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिनुभयो । कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा ५३ हजार आठ सय २५ हेक्टरमा धान र ३६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भइरहेको कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्क छ । पर्याप्त र समयमै मल आपूर्ति नहुँदा देशभरीमा जस्तै यहाँका किसानले पनि समस्या झेल्दै आएका छन् । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि