Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीनिधि बचत तथा ऋण सहकारी सँस्थाको ०७८/०७९ सम्मको कारोबार ९५ करोड बढि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २८, २०७९
श्रीनिधि बचत तथा ऋण सहकारी सँस्थाको ०७८/०७९ सम्मको कारोबार ९५ करोड बढि

वीरगंज (पर्सा), २८ पुस / श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे ११ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएकाे छ । वीरगंजस्थित होटल भिस्वामा भएकाे साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि. उप्रेतिले गरेका थिए । साधारण सभाकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष उप्रेतीले वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको वताए । उनले बैंक तथा वित्तिय संस्थाहरुको व्याजदर धेरै नै बढेको र त्यसमा पछि पहुँच भएका व्यक्तिहरुलाई मात्रै ऋण पाउने गरेको अवस्थामा सहकारी संस्थाले सर्वसाधारणलाई फाइदा पुगेकाे वताए ।
साधारण सभाका प्रमुख अतिथि समेत रहेका अध्यक्ष उप्रेतिले सहकारीबाट सरल र सहज रुपमा सर्वसाधारण ऋण पाउने गरेको फाइदा पुगेकाे वताए । कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत चन्देशवर प्रसाद चौरसियाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७८/०७९ काे अन्त्य सम्म ९५ करोड २३ लाख ९३ हजार ८ सय १ रुपैया कुल काराेबार गरेकाे वताए । उनले संस्थाको शेयर पूंजी आ.व‍. को अन्त्यमा ४ करोड ४ लाख ४९ हजार एक सय र संस्थाकाे बचत (निक्षेप) संकलन आ.व. २०७८/०७९ को अन्त्य सम्ममा बचत रकम रु. ७९ करोड ८१ लाख ७४ हजार ४ सय ३७ रुपैया पुगेकाे वताए ।
यसैगरी आ.व. २०७८/०७९ को अन्त्य सम्ममा बृद्धि भई जागेडा तथा विभिन्न कोषहरु ४ कराेड एक लाख १२ हजार ३ सय ५१ रुपैया पुर्‍याउन संस्था सफल भएकाे अधिकृत चाैरसियाले जानकारी दिए । संस्थाकाे कर्जा तथा सापटि आ.व. २०७८/०७९ को अन्त्यमा रु. ६९ करोड १० लाख ५५ हजार ९ सय ७५ रुपैया कर्जा लगानीमा कायम रहेकाे जानकारी गराए ।
यसैगरी संस्थाकाे स्थिर सम्पतीको रुपमा संस्थाले आदर्शनगर स्थित भाजुरत्न चौक निर १५.५ धुर जग्गा संस्थाको नाममा खरिद गरेको र संस्थाको सम्पूर्ण कारोबार पछिको खुद नाफा २ करोड ७८ लाख ३२ हजार १ सय २४ रुपैया हुन गएको जनाइएकाे छ ।
प्रविधि तर्फ संस्थाले मिति २०७५ साल पौष १४ गते देखि प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग संचालनमा ल्याएको छ । श्रीनिधि मोबाइल एप मार्फत हुँदै आएको कारोबारलाई थप विस्तार एवम सुविधा सहित mobile banking sms banking collector app bulk sms, लगायत डिजिटल भुक्तानी गर्ने QR CODE संचालनमा आइसकेको संस्थाले जनाएकाे छ ।
संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्रचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ओम नारायण झा, नेपाल सरकार स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहकारी संस्थाका बरिष्ठ सल्लाहकार डा. सुरेन्द्र प्रसाद चौरसिया, बचत तथा ऋण सहकारी संघ पर्साको अध्यक्ष राजेश पंडित, नेपाल रेडक्रस सोसाइटी पर्साको सभापति विरेन्द्र कडेल, सहकारी विकाश बोर्डका पूर्व संचालक सदस्य शम्भु गुप्ता, को-अपरेटिभ म्यानेजर्स कल्ब पर्साको संस्थापक अध्यक्ष र बचत तथा ऋण सहकारी संघ पसांका महासचिव जिस्णु बराल लगायतकाे सहभागिता रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

जेष्ठ १५, २०८३
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि