Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्लोबल लेदर उद्योगले सिर्सिया नदीमा प्रदुषित पानी फाल्ने गरेको प्रमाणित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २६, २०७९
ग्लोबल लेदर उद्योगले सिर्सिया नदीमा प्रदुषित पानी फाल्ने गरेको प्रमाणित

वीरगंज (पर्सा), २६ पुस / सिर्सिया नदी प्रदुषणमा जिम्मेवार रहेका उद्योगलाई कारबाहीको दायरामा ल्याउन वीरगंज महानगरपालिकाले सुरु गरेको उद्योगको अनुगमन जारी छ । मंगलबार नदी क्षेत्रमा रहेका तीन वटा उद्योगको स्थलगत अनुगमन गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्वर २२ मा रहेको ग्लोबल लेदर प्रा.लि., वडा नम्वर ३२ को अन्नपूर्ण स्टिल उद्योग र सोही ठाउँको फर्चुन स्टिल इम्पेक्सको टोलीले अनुगमन गरेको हो । मंगलबार अनुगमन भएका तीन वटा उद्योगमध्ये ग्लोबल लेदर नदी प्रदुषण गराउन जिम्मेवार रहेको पाइएको छ ।
यो उद्योगले पानी प्रशोधन नै नगरी केमिकल युक्त दुर्गन्धित पानीसहितको फोहोर सोझै नदीमा मिसाउने गरेको भेटिएको छ । उद्योग स्थापना गर्दा नै पानी प्रशोधन केन्द्र निर्माण गर्नु पर्ने भए पनि उद्योगले अटेर गर्दै प्रशोधन केन्द्र नै नबनाई दुर्गन्धित पानी सोझै नदीमा मिसाइरहेको भेटिएको अनुगमनमा गएका वीरगंज महानगरका वातावरण निरीक्षक प्रदिप साहले जानकारी दिए । अनुगमन टोलीले उद्योगलाई तत्काल प्रशोधन केन्द्र बनाउन र फोहोर पानी नदीमा नफाल्न चेतावनी दिएको छ ।
यस्तै आजै अनुगमन भएका दुबै स्टिल उद्योगले भने फोहोर पानी नदीमा नफालेको भेटिएको पनि वातावरण निरीक्षक साह बताउँछन् । गएको कात्तिक २३ गते वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा स्थानीय प्रशासन, उद्योगी तथा सुरक्षाकर्मी सम्मिलित सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर समितिले हरेक साताको मंगलबार नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्दै आएको छ । वीरगंज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको आइतबार मात्रै बसेको संयुक्त बैठकले तीन साताको अनुगमनका क्रममा सिर्सिया नदी प्रदुषणमा जिम्मेवार रहेका तीन वटा उद्योगलाई कारबाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।
मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएर अभियान चलाएका हुन् । मंगलबार अनुगमनमा वीरगंज महानगरपालिका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, महानगर प्रहरी प्रमुख हरि भुषाल लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि