Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शीतलहर सहितको जाडोले जनजीवन कष्टकर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०७९
शीतलहर सहितको जाडोले जनजीवन कष्टकर

सुदूरपश्चिम, २१ पुस / केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । कैलाली, कञ्चनपुरसहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ । कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ । सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा दाउराको विकल्पमा काम नलाग्ने पुराना टायर र प्लाष्टिक बालेर सर्वसाधारणले आगो ताप्नुपर्ने बाध्यता छ । धनगढी उपमहानगरपालिकाका(१३ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल वितरण गरिरहेको छ । यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ । धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन् ।
“पठनपाठनलाई नियमित बनाउने निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ”, एक शिक्षकले भन्नुभयो । तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुने गर्छ । पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्ला कुहिरो र हुस्सुले ढाकेको छ । घाम झुल्किन नपाउँदा सर्वसाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ । निरन्तरको हुस्सु र कुहिराका कारण ‘भिजिविलिटी’ कम हुँदा केही दिनदेखि काठमाडौँ(धनगढीको हवाई उडान प्रभावित भइरहेको छ । दुई दिनअघि काठमाडौँबाट धनगढी उडान भरेको श्री एयरलाइन्स धावनमार्गमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको थियो । लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या किसानका लागि स्थायी समस्या भइसकेको छ । त्यसका कारण डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन तराईका किसानलाई मुश्किल हुने गरेको छ । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् ।
यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किनसकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । कमजोर आर्थिक अवस्था भएका किसानलाई पटकपटक विषादी किनेर छर्किन सक्ने क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ । पटकपटक विषादी छर्किंदा उत्पादन लागत धेरै पर्ने गरेको गुनासो किसानको छ । रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुसुप्त अवस्थामा रहने ढुसी सक्रिय भई आलु, गोलभेँडालगायतका बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतका बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकको छ । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने शर्मा बताउनुहुन्छ । रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किंदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । पछिल्ला दशकमा हिउँदे याममा डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुरका ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पनि घट्दै गएको छ । कैलालीको गोदावरी नगरपालिकाका किसान दुर्गा भट्टले बर्सेनि हुने डडुवा रोगकै समस्याका कारण तोरी खेती गर्न छाड्नुभएको छ ।
“अढाइ दशकअघिसम्म आफ्नो पूरै खेतमा तोरी लगाउँथ्यौँ”, उहाँले भन्नुभयो, “त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नुप¥यो ।” अढाइ दशकयतादेखि हिउँदे याममा विभिन्न बालीमा डढुवा रोगको समस्या देखिन थालेको उहाँको अनुभव छ । तोरीलगायतका बालीको विकल्पमा पछिल्ला वर्षमा धेरै किसानले धान र गहुँखेती गरेर चित्त बुझाइरहेको उहाँले बताउनुभयो । कृषि ज्ञानकेन्द्रका प्रमुख शर्मा तोरी बालीको क्षेत्रफल पहिलेको तुलनामा घट्नुमा मौसममा आएको परिवर्तनसँगै देखिने डढुवा रोगको समस्या पनि कारण रहेको स्वीकार्नुहुन्छ । अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउन र खाने कुरामा पनि ध्यान दिनुपर्ने सल्लाह चिकित्सकको छ । पछिल्लो हप्तामा यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि