Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उद्योगहरुको अटेरीका कारण सिर्सिया नदी दशकौदेखि प्रदूषित, स्थानीयको ज्यान जोखिममा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०७९
उद्योगहरुको अटेरीका कारण सिर्सिया नदी दशकौदेखि प्रदूषित, स्थानीयको ज्यान जोखिममा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १ पुस / दशकौ अघि स्वच्छ र कञ्चन पानी बग्ने गरेको वीरगंज स्थित सिर्सिया नदी पछिल्ला दशकहरुमा दुरगन्र्धित र विषालु बनेको छ । नदीको संरक्षण र स्वच्छताका लागि बहस मात्रै भएन अभियान नै संचालन गरियो, तर सुधार भने शून्य रहयो । अहिले सिर्सिया नदीलाई पुरानै अवस्थामा ल्याउन वीरगंज महानगरपालिका आफै तातेको छ । बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ३ रामवन झाडीमा मुहान रहेको सिर्सिया नदी वीरगंज आइपुग्दा प्रदूषित बन्छ । नदी छेउछाउमा रहेका २ सय ५० भन्दा बढि उद्योगहरुबाट निस्किने फोहोेर पानी सिर्सिया नदीमा मिसाउने गरेको कारण पवित्र नदी दुरगन्र्धित बन्दै गएको हो । उद्योगहरुले बिना प्रशोधित रसायनयुक्त पानी सोझै नदीमा मिसाउने गर्छन्, जसकारण पवित्र नदी ढलमा परिणत भएको छ । खास गरि छाला तथा लेदर फ्याक्ट्रि, टेक्सटाईलस ईण्डस्ट्रिजहरुबाट निस्कने फोहर पानीले नदि दुर्गन्धित बन्न पुग्छ । उक्त उद्योगहरुबाट निस्कने जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीलाई विषालु बनाउछ ।
सिमराबाट जितपुरसम्म आएको सिर्सिया नदी हदसम्म स्वच्छ रहेपनि जितपुरदेखि परवानीपुर हुँदै वीरगंजसम्म आईपुग्दा नदीको पानी पूर्ण रुपमा प्रदूषित हुने गरेको छ । स्थलगत रिपोर्टिङ्गको क्रममा परवानीपुर स्थित अरनिको टेक्टाइल, नारायणी लेदर उद्योग, निधी टेक्सटाइल, ब्रिटानिय नेपाल, शक्ति दाल मिल जस्ता अधिकाँश उद्योगहरुले फोहर पानी सिधै सिर्सिया नदीमा मिसाउने गरेको छ । यि त उदाहारणका पात्र मात्रै हुन्, वीरगंज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा थुप्रै उद्योगहरु छन्, जसको फोहर पानीको बहावको मुहान बनेको छ सिर्सिया नदी । बेलाबेलामा पानीको शुद्धता परीक्षण गर्ने, नदी र उद्योगको अनुगमन गर्ने लगायतका कामहरु थुप्रै पटक भयो, तर नदीलाई सफा र स्वच्छ बनाउने कार्यमा कोही अग्रसर देखिएन्न । नदीको सरसफाई र संरक्षणको चिन्ता पनि छठ पर्व आउने बेला मात्रै देखिन्छ । नदी छेउछाउका बासिन्दाहरु दुर्घन्धले हैरान मात्रै होईन जोखिम मोलेर बस्न बाध्य छन् । उनीहरु विभिन्न किसिमका रोगको सिकार समेत हुने गरेका छ । प्रदूषणयुक्त पानीमा जाँदा हातखुट्टा चिलाउने, गन्हाउने समस्याले विभिन्न प्रकारको छाला सम्बन्धी रोग लाग्ने, क्यान्सर हुने, घाउ खटिरा आउने, आँखामा समस्या आउने, स्वाँसप्रस्वाँस सम्बन्धी समस्या हुने जस्ता रोगबाट स्थानीयहरु ग्रसित छन् ।
फोहर पानीले स्वास्थ्यमा मात्रै समस्या गरेको छैन, खेती पातीमा पनि उत्तिकै समस्या उत्पन्न गरेको छ । त्यही नदीको पानीले खेतीपाती गर्दै आएका किसानहरुले खेतमा पानी हाल्दा उब्जाउमा ह्रास हुनुका साथै खेतको उर्बरा शक्ति पनि ह्रास हुने जस्ता समस्याहरु उत्पन्न भएको स्थानीयहरुको भनाई छ । सरोकारवाला निकाय गैजिम्मेवार भएकै कारण उद्योगहरुको अटेरी गर्ने मनोबल बढ्दै गएको छ । तर सिर्सिया नदी प्रदूषण हुनुमा उद्योगहरु मत्रै दोषी नरहेको वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल बताउँछन् । उनले उद्योगको सहित सार्वजनिक ढलहरु पनि त्यही नदीमा मिसाइएको कारण नदीको पानी फोहर हुने गरेको भन्दै सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन उद्योगीहरुको साथसाथै वीरगंज महानगरपालिकाले पनि ठाउँ ठाउँमा वाटर ट्रिटमेन्ट प्लान्ट लगाउनुपर्ने बताए । उनले सिर्सिया नदी अतिक्रमणको सिकार भई कुलोको रुपमा परिणत भएको छ, पहिला अतिक्रमित नदीलाई हटाई फराकिलो गर्नुपर्ने बताए । सिर्सिया नदी प्रदूषणमुक्त बनाउनमा सम्बन्धित निकाय आफै चुकेको छ, पहिला नदीलाई पुरानो स्वरुपमा ल्याई सफाईको अभिायनलाई उद्योगीसँगै हातेमालो गदै अघि बढ्नुपर्ने उनको भनाई छ ।
बाह्रैमास बग्ने सिर्सियालाई प्रदूषणमुक्त बनाउन विभिन्न अभियान ल्याउने देखि सराकारवाला निकायको ध्यानाकर्षणका लागि संर्घष समिति बनाई सडकसम्म तताए, तर समस्या भनृे ज्यूको त्यू छ । यस्तै वीरगंजमा वि.स. २०६७ सालमा सिर्सिया नदी अनुगमन समिति गठन गरियो । नदी प्रदूषणको मुख्य कारक तात्कालीन वीरगंज उप-महानगरपालिका र उद्योग रहेको उक्त समितिको ठहर थियो । कारवाही गनुपर्ने उद्योगहरुकोे नामै किटान गरि नदीको प्रदूषणलाई नियन्त्रण गर्ने सुझाव सहित समितिले जिल्ला प्रशासन कार्यलय पर्सालाई प्रतिवेदन बुझाए तर सुझाव सहितको प्रतिवेदन कागजमै सीमित रह्यो । वीरगंज महानगरपालिकाका तत्कालीन नगर प्रमुख विजय कुमार सरावगीले आफ्नो कार्यकालमा नदीमा बिना प्रशोधित पानी मिसाउने उद्योगलाई कारवाही गर्ने चेतावनी दिएपनि उद्योगहरुले अटेर गर्दापनि कारवाहीमा परेन्न । अहिले नदीलाई प्रदूषणमुक्त बनाउन वीरगंज महानगरपालिका फेरि तातेको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जसरी पनि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने बताए । उनले यसको लागि महानगरपालिकाले गर्ने हदैसम्मको कदम चाल्ने उनको भनाई छ । उद्योगहरुले नदीलाई प्रदूषण गरेको पाइएको छ, पहिलो पटक चेतावनी दिइएको छ, यसलाई पनि अटेरी गरे हदैसम्म कारवाही गरिने बताए ।
नदी किनारमा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा अधिकांश उद्योगहरुमा वाटर ट्रिमेन्टर प्लान्ट भएपनि प्रयोग नगरेको पाइएको नगर प्रमुख सिंहको भनाई छ । सिर्सिया नदीमा हुने प्रदूषणलाई न्यूनीकरण गर्ने वीरगंज महानगरपालिकाले चालेको कदम सराहनीय छ । तर यो कार्यले निरन्तरता पाउने हो वा विगत झैँ छलफल र अनुगमन गर्दा गर्दैमा समय खरो फाल्ने हो भन्ने विषय हेर्न बांकी रहेको छ ।

https://birgunjtimes.com/wp-content/uploads/2022/12/Sirsiya-River-Pradushan-Report_x264.mp4
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि