Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १९, २०७९
एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव

Upendra Yadav

मोरङ्ग, १९ मंसिर / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल चुनावसँगै सकिएको र अब नयाँ धरातलमा नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।
‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,’ विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा आइतबार अध्यक्ष यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ–आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’यादव मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउतसँग पराजित भएका थिए ।
उनले अब संघ र प्रदेशमा कसको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीको कार्यसमिति बैठकले एउटै नीति लिने बताए । ‘कसले सरकार बनाउँछ, त्यसले नीति के लिन्छन् त्यसले हाम्रो मुद्दालाई कसरी हेर्छन् र राष्ट्रिय समस्याहरुलाई कसरी हल गर्छन् । ती कुराको प्रस्टताका आधारमा हामीले समर्थन, विरोध वा सहकार्यको कुरा हुन्छ,’ उनले भने, ‘मुलुक आर्थिकरुपले निकै तल जाँदै छ त्यसलाई कसरी सम्हाल्नेलगायत विषय हेरेर सरकारको समर्थन गर्छौं, आँखा चिम्लेर समर्थन गर्दैनौं ।’
अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए ।
नेपालको राजनीतिक इतिहासमा परिवर्तन ल्याउने दल परिवर्तनपछिको नेतृत्वबाट बञ्चित भएको र परिवर्तन उल्टिने गरेको यादवले बताए । ‘परिवर्तन बडो कठोर र बलिदानबाट प्राप्त हुने तर ग्रासरुटका जनताले त्यसको अनुभूति गर्न नपाउने दुर्भाग्यपूर्ण इतिहास छ,’ उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनबाट परिवर्तन ल्याएका दलहरुको आपसी एकताको महत्व छ । त्यसको एकताले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउँछ ।’
पुराना पार्टीहरुप्रति मतदाताको वितृष्णाले चुनावभन्दा अगाडि आएका स्वतन्त्र पार्टी, देश अलग बनाउने जनमत पार्टी र पहिलेकै अवस्थामा जानुपर्ने नीति लिएका राप्रपाले म्यान्डेट पाएको यादवको टिप्पणी थियो । साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि