Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेस प्रदेशसभामा नयाँ – पुराना अनुहारको मिश्रण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०७९
मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुर, ११ मंसिर / मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ ।
एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सक्नुभएको लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेता समेत रहनुभएको उहाँ पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित हुनु भएको छ । कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत भइसक्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसक्नुभएको छ ।
त्यस्तै पर्सा क्षेत्र नं २ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनु भएको छ । उहाँ २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित हुनु भएको थियो । पर्साकै क्षेत्र नं ४ (१) बाट कांग्रेसका शङ्कर प्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । दोस्रो पटक निर्वाचित हुनुहुनेमा रौतहट – ४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्नुहुन्छ ।
यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित हुनु भएको छ । सर्लाही क्षेत्र नं १ (१) बाट लोसपाका उपेन्द्र महतो र (२) बाट वेंची लुङेली, क्षेत्र नं ३ (२) बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गर्नुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री समेत भइसक्नु भएको छ ।
त्यस्तै महोत्तरी क्षेत्र नं ३ (१) मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ (२) बाट रानी शर्मा पुनःनिर्वाचित हुनु भएको छ । अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्री को समेत जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गर्नुभएको हो । धनुषा क्षेत्र नं २ (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छरु। सप्तरी क्षेत्र नं ३ (१) मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ ।
केही नयाँ अनुहार
पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ (२) बाट जित्नु भएको कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो । यस्तै बारा क्षेत्र नं ३ (१) बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुुनुहुन्छ ।
रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ हुनुहुन्छ । क्षेत्र नं १ (१) बाट नागेन्द्र साह र (२) बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित हुनु भएको छ । कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा होरु। कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुनुहुन्छ । क्षेत्र नं २ (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुनुहुन्छ ।
यसैगरी सर्लाही ४ (२) मा माओवादीका फकिरा महतो र धनुषा २ (१) मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बन्नुभएको छ । सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ हुनुहुन्छरु। यसमध्ये चार जनमत पार्टीका हुुनुहुन्छ । क्षेत्र नं ३ (२) मा शम्भुकुमार साह, क्षेत्र नं २ (१) मा सतिशकुमार सिंह, क्षेत्र नं २ (२) मा महेशप्रसाद यादव र क्षेत्र नं १ (२) मा सकिल मियाँ निर्वाचित हुनुभएको छ । क्षेत्र नं १ (१) मा जित्नु भएको एमालेका राजकुमार लेखी पनि नयाँ नै हुनुहुन्छ । लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ ।

मन्त्री पराजित
विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालु भएका केही मन्त्रीले भने यसपटकको निर्वाचनमा पराजय व्यहोर्नु परेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहनु भएका शैलेन्द्र साह सप्तरी क्षेत्र नं २ (१) मा पराजित हुनुभएको छ । यस्तै पाँच वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रह्नु भएका योगेन्द्र राय यादव पनि पराजित हुनु भएको छरु। उहाँ रौतहट(१ (२) मा उम्मेदवार हुनुहुन्थ्यो । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झा पनि पराजय व्यहोर्नु परेको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि