Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदेशसभा सदस्य : पर्सामा सत्ता गठबन्धन ५ , जसपा एमाले गठबन्धन २ तथा स्वतन्त्रले १ सिट हात पारे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०७९
प्रदेशसभा सदस्य : पर्सामा सत्ता गठबन्धन ५ , जसपा एमाले गठबन्धन २  तथा स्वतन्त्रले १ सिट हात पारे

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ७ मंसिर / पर्सा जिल्लाको ८ वटा प्रदेशसभा सदस्यमा ५ वटा सत्ता गठबन्धन, २ वटा जसपा एमाले गठबन्धन तथा १ वटा स्वतन्त्र उम्मेदवार सिट हात पारेका छन् । पर्सा जिल्लामा ४ वटा निर्वाचन क्षेत्रमा ८ वटा प्रदेशसभा सदस्यको सिट रहेकोमा सत्ता गठबन्धनले आधा भन्दा बढि ५ स्थानमा सिट हात पारेको हो । पर्सा क्षेत्र नं. १ को (क) मा सत्ता गठबन्धन, (ख) मा जसपा एमाले गठबन्धन, क्षेत्र नं. २ को (क) मा सत्ता गठबन्धन, (ख) मा पनि सत्ता गठबन्धन, क्षेत्र नं. ३ को (क) मा स्वतन्त्र उम्मेदवार, (ख) मा सत्ता गठबन्धन तथा क्षेत्र नं. ४ को (क) मा सत्ता गठबन्धन एवं (ख) मा जसपा एमाले गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
पर्सा क्षेत्र नं. १ को (क) मा सत्ता गठबन्धनका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । उनले ७ हजार ११७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका उम्मेदवार विचारी यादवले ५ हजार ५१८ मत प्राप्त गरेका छन् । पर्साको क्षेत्र नं. १ को (ख) मा जसपा एमाले गठबन्धनका उम्मेदवार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी विजयी भएका छन् । गद्दीले ७ हजार ५४५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार ११२ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. २ को (क) मा सत्ता गठबन्धनका उम्मेदवार श्याम पटेल विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार ६ सय ५७ मतले हराउँदै पटेल विजयी भएका हुन् । कांग्रेस पर्साका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले १३ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका यादवले १२ हजार एक सय २७ मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नं. २ को (ख) मा सत्ता गठबन्धनकै उम्मेदवार रमेश कुर्मी विजयी भएका छन् । उनले ९ हजार ४७१ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई २ हजार ६०७ मतले पराजित गर्दै कुर्मी विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्धी रुपेशमान सिंहले ६ हजार ८६४ मत प्राप्त गरेका छन् ।
यसैगरि पर्सा क्षेत्र नं. ३ को (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका उम्मेदवार अब्दुल रहिमलाई ४५१ मतले पराजित गर्दै विजयी भएका हुन् । जयसवालले ७ हजार ३८१ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी अब्दुल रहिमले ६ हजार ९३० मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नं. ३ को (ख) मा सत्ता गठबन्धनकै उम्मेदवार जनाद्र्धन सिंह क्षेत्रीय विजयी भएका छन् । नेपाली काँग्रेस पर्साका जिल्ला सभापति समेत रहेका क्षेत्रीले आफ्ना निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६७६ मतले पराजित गर्दै विजयी भएका हुन् । क्षेत्रीले १० हजार १७२ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्वन्धी डा. गुप्ताले ७ हजार ४९६ मत प्राप्त गरेकी छिन् ।
यता पर्सा क्षेत्र नं. ४ को (क) मा सत्ता गठबन्धनका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी जसपा एमाले गठबन्धनका उम्मेदवार जयप्रकाश थारुलाई १ हजार ७ सय १६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् । चौधरीले १२ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी जसपा–एमालेका गठबन्धनका उम्मेदवार थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नं. ४ को (ख) मा जसपा एमाले गठबन्धनका उम्मेदवार सिंघासन साह कलवार विजयी भएका छन् । कलवारले आफ्ना निकट्तम प्रतिद्वन्धी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई ३ हजार ४४ मतले पराजित गर्दै विजयी भएका हुन् । कलवारले १५ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्धी स्वतन्त्र उम्मेदवार कानुले १२ हजार ३४१ मत प्राप्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि