Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा ४ काे (ख) मा सिंगासन र शेखचान्दबीच प्रतिस्पर्धा, प्रहलाद छैनन् लडाईमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १, २०७९
पर्सा ४ काे (ख) मा सिंगासन र शेखचान्दबीच प्रतिस्पर्धा, प्रहलाद छैनन् लडाईमा

वीरगंज (पर्सा), १ मंसिर / प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. ४ काे (ख) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा देखिएकाे छ । एमाले-जसपा गठबन्धनका उम्मेदवरा सिंगासन सा कलवार र बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार शेखचान्द तारा बिच प्रतिस्पर्धा देखिएकाे हाे । एमाले-जसपा गठबन्धनबाट जसपाका सिंगासन उम्मेदवार छन् । उनी निर्वतमान प्रदेशसभा सदस्य पनि हुन् । यस अघिकाे निर्वाचनमा उनी तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट कांग्रेसका उम्मेदवार बशिष्टनारायण कुर्मीलाई पराजित गर्दै धेरै मतान्तरले विजयी भएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) सहितकाे ५ दलिय बामलाेकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी शेखचान्द हुन् । यसै क्षेत्रमा एमालेका बागी उम्मेदवार प्रहलाद साह कानु छन् । स्वतन्त्र उम्मेदवार दिएका कानु एमाले छिपहरमाई गाउँपालिकाका अध्यक्ष थिए । कानुले पार्टीकाे निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले कारवाही गर्दै पार्टीबाट निष्कासित गर्याे । उनी एमाले पर्साका सचिव एवम् छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज गुप्ताका हजुर बुवा हुन् ।
बैशाख ३० गते सम्पन्न स्थानिय तहकाे मतपरिणाम अनुसार यस क्षेत्रमा कांग्रेस, एमाले र जसपा बलियाे छ । यस क्षेत्र अन्तर्गत कालिकामाई गाउँपालिका, छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ५ सबैठवा र पाेखरिया नगरपालिकाकाे वडा नं. ३ फुलवरिया पर्दछ । कालिकामाईकाे गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेस जितेकाे छ । ५ वटा वडा रहेकाे गाउँपालिका ३ वटामा जसपा, एउटामा कांग्रेस र एउटामा एमाले जितेकाे छ । छिपहरमाई गाउँपालिकाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस जितेकाे छ । ५ वटा वडा रहेकाे यस गाउँपालिकामा पनि दुईवटा वडामा एमाले र ३ वटा वडामा कांग्रेस जितेकाे छ ।
त्यसैगरी धाेबिनी गाउँपालिकाकाे अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस जितेकाे छ । ५ वटा वडा रहेकाे यस गाउँपालिकाकाे पनि दुईवटामा जसपा र ३ वटामा कांग्रेस जितेकाे छ । पकहा मैनपुर गाउँपालिकाकाे पर्ने वडामा कांग्रेस र पाेखरिया नगरपालिकाकाे पर्ने वडामा एमाले जितेकाे छ । यस कारण एमाले-जसप गठबन्धनका उम्मेदवार र कांग्रेस सहितकाे ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार बिच प्रतिस्पर्धा हुने आंकलन गरिएकाे हाे ।
एमाले-जसपा गठबन्धनका उम्मेदवार कलवार जसपाका निर्वतमान प्रदेशसभा सदस्यका भएका कारण र क्षेत्र अन्तर्गतका सबै वडामा उनले गरेका विकास निर्माणका काम कारण उनी बलियाे उम्मेदवार मानिएका छन् । बाम लाेकतान्त्रिक गठबन्धनका माओवादी केन्द्रकी उम्मेदवार शेखचान्दलाई यस क्षेत्रमा बलियाे रहेकाे कांग्रेससहित ५ दलकाे समर्थन रहेकाेले उनी पनि बलियाे उम्मेदवार मानिएकी छन् ।
एमालेका बागि उम्मेदवार प्रहलादलाई आफ्नाे गृह छिपहरमाई गाउँपालिका बाहेक अन्य वडामा खासै प्रवाह देखिएकाे छैन् । छिपहरमाई गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष मनाेज गुप्ताका कारण केही मत उनकाे पक्षमा आउन सक्ने स्थानियकाे भनाई छ । तर अरु पालिका जसपाका सिंगासन र माओवादी केन्द्रकी शेखचान्द तारा बिच नै प्रतिस्पर्धा देखिएकाे स्थानियकाे भनाई छ । यसका साथै स्वतन्त्र उम्मेदवारकाे तुल्नामा दुबै गठबन्धनका उम्मेदवार युवा रहेका कारण उनीहरुलाई नै आम मतदाता मन पराइरहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि