Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. १ मा प्रदीप यादवको जित निश्चित रहेको चर्चा

बागी उम्मेदवार पार्टीको भएन त जनताको के हुन्छ ? पाँच वर्षसम्म सम्पर्क नै हुँदैन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २६, २०७९
पर्सा क्षेत्र नं. १ मा प्रदीप यादवको जित निश्चित रहेको चर्चा

वीरगंज (पर्सा), २६ कात्तिक / पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको जित निश्चित रहेको चर्चा छ । गत २०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यमा विजयी भई वनमन्त्री समेत बनेका प्रदीप यादव आफ्नो क्षेत्रका स्थानीयका लागि निकै सह्रानीय विकास निर्माणका कार्यहरु गरेकोले उनको जीत निश्चित देखिएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य तर्फ पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका यादवलाई यस क्षेत्रका जनताले विकासप्रेमी नेता तथा जनतामुखी नेता भएकै कारण पुनः जिताउने चर्चा छ ।
जसपा–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका यादवलाई दुईवटा पार्टीबाट समर्थन तथा स्थानीय जनताहरुको समर्थन भएको कारण उनको जित निश्चित रहेको वीरगंजबासीहरुले आकलन गरेका छन् । पर्सा जिल्ला आफै जसपा – एमाले पार्टीको गढ हो । त्यसमा पनि प्रदीप यादव मन्त्री बनेपछि पर्सा जिल्लामा चिडियाखानाको योजना ल्याउनुका साथै उज्यालो अभियान जस्ता विभिन्न योजनाहरु ल्याएका छन् । पर्सा क्षेत्र नं. १ को गाउँ टोल टोलमा उज्यालो अभियान अन्तर्गत ठूलठूला टावर लाइटहरु जडान गरिएको छ, त्यो प्रदीप यादवकै योजना अन्तर्गत निर्माण गरिएको टावर लाइटहरु हो ।
त्यसमा पनि मन्त्री यादवको सबैभन्दा साकारात्मक पक्ष भनेको जनतामुखी हो । उनी सांसद भएदेखि मन्त्री भएसम्म जनताको हरेक सुख दुःखमा साथ दिएका छन् । यहाँका जनताहरुको हरेक समस्यामा अडिग भएर खरो उत्रिएका छन् । सर्वसाधारण जुनसुकै जनताले समस्यामा पर्दा उनको साथ पाएका छन् । उनीसँग आबद्ध नेता कार्यकर्ता होस् वा सर्वसाधारण सबैको समस्यामा साथ दिएका छन् । उनको मोबाइल नम्बर २४ औं घण्टा साल भरि नै सर्वसाधारणको लागि खुल्ला रहन्छ, जसको परिणाम उनी सर्वसाधारणको सम्पर्कमा सधैं रहँदै आएका छन् । गत निर्वाचनमा विजयी भई सांसद भएदेखि नै उनी जनताको प्रत्यक्ष सम्पर्कमा छन्, जनताको हरेक गुनासाहरु सुनेका छन्, समाधान पनि गरेका छन्, सायद यही उनको सकारात्मक पक्षको कारण यस पटकको निर्वाचनमा पनि उनैलाई जिताउने यहाँका जनताहरुले चाहेको चोक चोकमा चर्चा छ ।
यादव जसपा – एमाले गठबन्धनबाट उम्मेदवार रहेकोले एमालेको पनि साथ पाउनेमा उनी विश्वस्त छन् । केही पार्टीका धोकेवाज नेताहरु छन्, जसले उनीलाई मात्रै होइन, पार्टीलाई नै धोका दिएर पैसाको बलमा उनलाई हराउन पछि परेका छन्, तर उनको सपना साकार हुनेवाला छैन । उनले पर्सा लगायत मधेशकै लागि ठूलठूला मुद्दाहरु संसदमा उठाएका छन् । नागरिकताको विषयमा पनि उनले उठाएको मुद्दाले राष्ट्रिय मुद्दा नै बनेको थियो । मधेशी जनताहरु जुन नागरिकता विहीन छन्, उनीहरुको नागरिकताको लागि संसदमा ठूलै बहस चलाएका थिए । यो त उदाहारणका पात्र मात्रै हुन्, सांसद हुँदा संसद मार्फत वीरगंजको विभिन्न मुद्दाहरु उठाएका छन् भने वनमन्त्री हुँदा पर्सामा चिडियाखानाको स्थापनार्थ पहल गरेका छन् ।
यस्ता यस्ता विकास निर्माणका कार्यले गर्दा पनि प्रदीप यादव आफ्नो क्षेत्रका लागि विकासप्रेमी नेताका रुपमा परिचित छन् । त्यसमा पनि सधैं पर्साबासीको सुख दुःखमा साथ दिने, आम जनताको प्रत्यक्ष सम्पर्क रहने जस्ता कारणले गर्दा पनि पुनः यस पटकको निर्वाचनमा उनी नै विजयी हुने वीरगंजको चोक चोकमा उनकै चर्चा छ । उनको प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार लक्षमणलाल कर्ण छन् भने अर्का नेपाली काँग्रेसका बागी उम्मेदवार अजय द्विवेदी । द्विवेदी आफ्नो स्वार्थको लागि तीन दशक भन्दा बढि योगदान पु¥याएको पार्टी नेपाली काँग्रेसलाई धोका दिदै स्वतन्त्र उम्मेदवारीको नाममा बागी उम्मेदवार बनेका छन् । उनी जब आफ्नो पार्टीको हुन सकेनन् भने जनताको के हुन्छन् ।
द्विवेदी यो भन्दा अघि वीरगंजका उपमेयर हुँदै सांसद पनि बनेका छन् तर उनी सर्वसाधारण जनताको प्रत्यक्ष सम्पर्कमा कहिले पनि आएनन् । अहिले भोटको बखत सर्वसाधारणको घरदैलोमा पुगी आफूलाई मत दिन आग्रह गरि रहेका छन् तर उनको कुरा कसैले पत्याउने अवस्था छैन । विगतमा पटक पटक जितेर पनि केही गर्न नसकेका द्विवेदीलाई यस पटक जनताले कसरी पत्याउँछन् ? भन्ने चर्चा छ । पर्सा क्षेत्र नं. १ को सबैभन्दा बढि मतदाताहरु वीरगंज महानगरपालिकाको वडा नं. १६ मा छ । जुन तत्कालीन संघीय समाजवादी फोरम अहिलेको जसपाको गढ हो । केही मात्रामा एमालेको समर्थकहरु छन् तर अब जसपा–एमाले गठबन्धन गरि अगाडि बढि रहेको अवस्थामा यादवको जित निश्चित रहेको त्यहाँका सर्वसाधारणहरुको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि