Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाम गठबन्धन अहिले मुुलुकको आवश्यकता : उम्मेदवार रमेश कुर्मी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २३, २०७९
बाम गठबन्धन अहिले मुुलुकको आवश्यकता : उम्मेदवार रमेश कुर्मी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २३ कात्तिक / पर्सा क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मीले बाम गठबन्धन अहिले मुलुकको आवश्यकता रहेको बताएका छन् । चुनावी प्रचार प्रसार अभियान अन्तर्गत घरदैलोको क्रममा कुर्मीले प्रदेश एवं संघ सहित मुलुकमा नै बाम गठबन्धनको आवश्यकता रहेको बताए ।
यही मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा मुलुक भरि नै बाम गठबन्धन विजयी भइरहेको दाबी गर्दै मुलुकलाई हाक्नका लागि बाम गठबन्धनको विकल्प नरहेको बताए । घरदैलो अभियानकै क्रममा कुराकानी गर्दै आफ्नो क्षेत्रमा आफू अत्याधिक मतका साथ विजयी भइरहेको दाबी गरे । उनले भने ‘जनताले बुझि सक्या छ, मुलुकमा बाम गठबन्धनको आवश्यकता छ र बाम गठबन्धनलाई नै जिताउँछौ’ भन्ने जनताहरुको प्रतिबद्धताबाट आफू सन्तुष्ट रहेको बताए ।
गत निर्वाचनमा आफू यही क्षेत्रबाट निर्वाचित भएर जनतामा गरेको लगानीको प्रतिफल अहिले प्राप्त भइरहेको भन्दै कुर्मीले भने ‘जनतामा मैले जुन लगानी गरेको छु, जुन विकास गरेको छु, त्यसको प्रतिफल अहिले आफूले पाइरहेको छु’ र पुनः यस पटकको निर्वाचनमा विजयी भए अझ विकास गर्ने जनताले लिएको आशा पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक क्षेत्रका जनता आफूलाई निर्धक्क भएर सहयोग गरि रहेको उनको भनाई छ ।
संविधान निर्माणको क्रममा आफू पनि संविधान सभा सदस्य रहेको बखत मधेशका केही खास खास केही बुंदाहरु राखिएको छ, जसलाई परिमार्जन गर्न आवश्यक छ, र त्यसप्रति आफू लगायत आफ्नो पार्टी लागि परेको बताए । मुलुकको साझा दस्तावेज भनेकै संविधान हो, र त्यसमा हामी सबै अट्ने गरि नीति तथा दस्तावेज हुनुपर्ने हाम्रो माग थियो तर केही मागहरु अझै पनि पुरा हुन सकेको छैन, त्यसलाई पुरा गर्ने तर्फ आफ्नो पार्टी लागि परेको बताए ।
मधेशलाई भजाएर सत्तामा जाने काम आफू लगायत आफ्नो पार्टीले कहिले पनि नगरेको भन्दै जनतालाई ठग्ने, जनतामाथि भार थुपार्ने काम आफ्नो राष्ट्रिय नेता महन्थ ठाकुरले पनि नगरेकोले आफ्नो राष्ट्रिय नेतामाथि गर्भ गर्ने अवस्था रहेको बताए । आफ्नो क्षेत्रको हकमा आफ्नो कसैसँग लडाई नै नरहेको भन्दै उत्साह पूर्वक जनताहरुले आफूलाई अत्याधिक मतका साथ विजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।
जनताहरुले बुझि सक्या छन्, ठगेराहरुको प्रलोभनमा परे पुनः ठगिने छ, त्यसैले दुई वटा ठगेराबाट बाँचे नेपाल नै बन्ने उनको भनाई छ । जसको राजीतिक पृष्ठभूमि नै छैन, त्यस्तोबाट विकासको के आश गर्ने भन्दै कुर्मीले यस पटकको निर्वाचनमा जनताहरुले आफूलाई अत्याधिक बहुमतका साथ विजयी गराई इतिहास कायम गर्ने बताए ।
निर्वाचन नजिकिएसँगै मतदातालाई धम्की दिने, पैसाको प्रलोभन दिने, जागिरको प्रलोभन दिने जस्ता कामहरु भइरहेको छ, यो संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको खतरा हो, यसलाई हामी सबैले रोक्नुपर्छ भन्दै उदाहारणको लागि महानगरपालिका अहिले म्यादी प्रहरी झै भर्नाको केन्द्र विन्दु बनेको आरोप लगाए । उनले भने ‘निर्वाचनमा केही युवाहरुलाई प्रयोग गर्नका लागि भगवानको प्रसाद जस्तै जागिर बाँटी रहेको अवस्था छ, युवाहरुलाई केही दिनको लागि राजनीति नियुक्ति गरि भविष्य अन्यौलमा पार्ने काम भइरहेको छ, यो सरासर गलत हो, यसलाई तत्काल रोक्नुपर्ने उनको भनाई छ ।
आज प्रत्येक वडाको विकासे बजेट कटौती गरिएको छ, किन भने निर्वाचना दुई चार सय युवाहरुलाई प्रयोग गरि दुई चार पैसाको प्रलोभन देखाई भोट डाइभर्ट गराउने योजना सहित महानगरपालिका भर्ती केन्द्र बनाइएको बताए । गठबन्धनको पालना नगर्ने व्यक्ति आफ्नो व्यक्ति स्वार्थमा चुर्लुम्म डुबेको भन्दै आफू मेयर बन्दैमा भतिजलाई सांसद, पत्निीलाई उपमेयर बनाउने चलनलाई कडा रुपमा विरोध हुनुपर्छ र यो रवैया तत्काल रोकिनुपर्ने उनको भर्नाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि