Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा निर्वाचन क्षेत्र नंं. १ : प्रदीप र लक्ष्मणको प्रतिस्पर्धामा अजयको इन्ट्री

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २४, २०७९
पर्सा निर्वाचन क्षेत्र नंं. १ : प्रदीप र लक्ष्मणको प्रतिस्पर्धामा अजयको इन्ट्री

वीरगंज (पर्सा), २४ असोज / ०७४ सालको चुनावमा पर्सा १ को प्रतिनिधिसभा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरम नेपालले जित्यो । त्यतिबेला निर्वाचित संघीय सांसद प्रदीप यादवले यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । यादवलाई टक्कर दिन सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णलाई उठाएको छ भने सत्ता गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीको उम्मेदवारीले चुनावलाई अझ रोचक बनाएको छ ।

प्रदीप चुनाव जित्नेमा ढुक्क
०७४ मा यादव २१,१३२ मत ल्याएर निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटाले १६,४८१ मत पाएका थिए । पर्सा १ ले वीरगञ्ज महानगरको १९ वटा वडा समेटेको छ । तत्कालीन समयमा मधेस आन्दोलनको नेतृत्व गरेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल एकै ठाउँमा उभिएका थिए । जसका कारण पनि मधेस आन्दोलनबाट उदाएका नेता यादवले भारी मत ल्याउन सफल भए । दोस्रो संविधान सभा निर्वाचनमा आफूलाई पराजित गरेर संविधान सभा सदस्य बनेका एमालेका विचारी यादवलाई ५,४४१ मत सहित तेस्रो स्थानमा खुम्च्याउन सफल भएका थिए ।
जनता समाजवादी पार्टीमा राम्रो पकड बनाउन सफल भएका यादव वन तथा वातावरण मन्त्री पनि बनेका छन् । साम, दाम, दण्ड,भेदको प्रयोग गरेर पर्साको राजनीतिक वृत्तमा निरन्तर उकालो चढिरहेका व्यक्ति भएका कारण पनि आफ्नो निर्वाचन क्षेत्रमा यादवको छाप राम्रो छ । स्थानीय तहको निर्वाचनमा यादवले मधेस आन्दोलनका सहयात्री राजेशमान सिंहलाई पार्टीमा ल्याएर मेयरमा जिताउन सफल भए । यसकारण पनि पर्सा १ मा यादवको उपस्थिति बलियो देखिन्छ । एमालेसँग गरिएको चुनावी तालमेलले उनलाई मद्दत मिल्ने कतिपयको विश्वास छ ।
तर जसपाका असन्तुष्ट नेताहरुले धमाधम प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसले एमालेसँगको तालमेल सफल हुनेमा आशंका बढाएको छ । यसबारे एमालेको आधिकारिक धारणा आइसकेको छैन । आइतबार मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले पर्सा १ मा आफू प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले विजयी हुने दावी गरेका छन् । २०७४ मा सांसदमा निर्वाचित भए यता आफू हरेक हप्ता क्षेत्रमा जनतामाझ पुग्ने गरेको बताउँदै उनले जनताको सुखदुःखमा सदैव साथ दिइरहेकाले पनि पुनः चुनाव जितेर नयाँ इतिहास रच्नेमा ढुक्क रहेको बताए ।
पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई पनि सम्झाएर उम्मेदवारी फिर्ता लिन लगाउने तयारी उनको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता द्विवेद्वी आफ्नो प्रतिस्पर्धी नै नभएको उनको आंकलन छ । ‘२ नं. क्षेत्रको मान्छे हो उहाँ, उहाँको मतदाता पनि उतै छन् । एक नं. क्षेत्रमा आउनुभएको छ’, उनले भने, ‘उहाँलाई मैले प्रतिस्पर्धीको रुपमा खासै हेरेको छैन ।’

लक्ष्मणलाई गठबन्धनको भर
कर्ण पर्सा ४ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट २०,७३८ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला पनि उनले पार्टी संगठनको बलमा चुनाव जितेको भन्दा पनि कांग्रेस भित्रको असन्तुष्टिको फाइदा लिएको बताइन्छ ।
क्षेत्र १ मा पनि लोसपाको संगठनात्मक अवस्था विग्रदै गएको छ । स्थानीय तहको निर्वाचनमा नेता राजेशमान सिंहलाई पार्टीमा रोक्न नसकेको लोसपाले एमालेसँग चुनावी तालमेल गरे पनि सुखद नतिजा आउन सकेन । उपमेयरका उम्मेदवार एवं पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले ९,५६८ मत मात्रै पाएका थिए ।
अहिले पनि नेता कर्णले आफ्नो टिकटका लागि चालेको कदमले नेता कार्यकर्तामा असन्तुष्टि देखिएको छ । लोसपाका महानगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफले क्षेत्र नं. १ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । लोसपामा युवालाई उपेक्षा गर्न खोजिएको कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले दाबी गरेका छन् । ‘वीरगञ्ज महानगरमा पार्टीको संगठन मैले निर्माण गरेको हुँ, म पार्टीमा छैन भने भोट पनि उता खस्दैन,’ उनले भने ।
गठबन्धनका साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको बलमा उनी उभिएका छन् । मनोनयन दर्ता गराएर फर्कदा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले आफ्नो उम्मेदवारी अन्तिम भएको बताउँदै सहानुभूति बटुल्न खोजेका छन् ।
उनले भनेका छन् । ‘मेरो यो अन्तिम लडाईं हो । यसपछि युवाले पालो पाउँछ, य्ुवालाई त धेरै नै राहत हुनेछ ।’
वीरगञ्ज महानगरपालिकामा विद्यमान शिक्षा, स्वास्थ्य र अन्य विकासका काममा देखिएको कमीकमजोरी हटाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । ‘हामी पार्टीका उम्मेदवार हौं । पार्टीमाथि भरोसा गरेका छौं । पार्टीबाट जित्छौं र अघि बढ्छौं,’ नेता कर्णले भने ।

अजय द्विवेदीको व्यक्तित्व परीक्षण
प्रदीप यादवले प्रतिस्पर्धी नै नमाने पनि स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेद्वी कमजोर नेता भने हैनन् । कार्यकर्ताको भावना अनुसार नै उम्मेदवारी दिएको उनको भनाइले पनि कांग्रेसका कार्यकर्ता उनको पक्षमा छन भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाली कांग्रेस पार्टीमा लामो समय लागेर जिल्ला सभापति भइसकेका उनी सालिन नेताको रुपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिरेका द्विवेदी पहिलो संविधान सभामा निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा उनी पराजित भए ।
वीरगञ्ज महागनरको पूर्व उपमेयर समेत रही सकेका द्विवेदीलाई ०७४ सालमा पार्टीले मेयरमा उठाएको थियो । तर १७, १९७ मत ल्याएर उनी पूर्व मेयर विजयकुमार सरावगीसँग पराजित भएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि उनी मेयरमा उम्मदवारी दिन चाहन्थे । तर गठबन्धन हुँदा जनता समाजवादी पार्टीको भागमा मेयर पद परेपछि उनी पछि हटेका थिए ।
संघ तथा प्रदेशको निर्वाचनमा उनी जसरी पनि निर्वाचनमा होमिने मनस्थितिमा देखिन्थे । उनी नेकपा एमालेमा गएरै भए पनि चुनाव लड्ने चर्चा चलिरहेको थियो । कांग्रेस पार्टीका मात्रै नभएर स्वच्छ राजनीति र विकास चाहानेहरुको उम्मेदवार आफू भएको दावी उनको छ ।
‘नेपाली कांग्रेसका मात्रै हैन, जो समाजमा राम्रो राजनीति होस, छलछाम, ठगठुंग म मात्रै सबै हुँ भन्ने व्यक्तिवादी चरित्र भएका व्यक्ति नआउन, खाली गेट बनाउने तर स्कुलतिर कहिल्यै नजाने प्रवृत्तिको खिलापमा छन्,’ उनले भने ‘उनीहरुको उम्मेदवार म हो ।’ आम जनताको मर्मका लागि लड्ने व्यक्ति विद्यार्थी कालदेखि नै चिनिएको व्यक्ति भएकोले जनताले आफूमाथि न्याय गर्ने विश्वास उनको छ । ।
‘यहाँका जनता गलत राजनीतिको शिकार भएका छन्, कोरोना महामारीको समयमा नारायणी अस्पताल किन र कसको कारणले बन्द भयो ? दुरदर्शिता थिएन । तुरुन्त फोटो खिच्ने र फेसबुकमा प्रचार गर्ने प्रवृत्ति देखियो । कठिन समयमा सडकमा आएर नारायणी अस्पताल कसले खुलायो ?’ उनले भने, ‘शिक्षाको, खेतीको होस वा सडकको समस्या होस जहाँ जनताको समस्या छ म त्यहाँ म पुगेको छु । म एक पल्ट सांसद भएँ, म पछि दुई दुई जना सांसद भईसकेका छन् । कतिवटा पुल बनाए ? नेपाली कांग्रेसको सरकार थिएन, बजेट पनि कम आउँथ्यो । त्यो बेलामा पुल बनाएँ, जगरनाथपुरदेखि मिलनचोकसम्म पक्की रोड बनाए, यी नै विश्वासको आधार हो ।’ साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि