Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चालु पूँजी कर्जा मार्गदर्शन २०७९ प्रति उद्योगी व्यवसायीहरुको आपत्ति

मधेश प्रदेशको उद्योगीहरुद्वारा मौन -याली, अन्तरक्रिया तथा गर्भनरलाई ज्ञापन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०७९
चालु पूँजी कर्जा मार्गदर्शन २०७९ प्रति उद्योगी व्यवसायीहरुको आपत्ति

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ६ असोज / नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरि जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ को प्रावधानप्रति मधेश प्रदेशका उद्योगी व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशद्वारा वीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले चालु पूँजी कर्जा मार्गदर्शन २०७९ को प्रावधानप्रति आपत्ति जनाएका हुन् । कोरोना संक्रमणको महामारी पश्चात विस्तारै लयमा फर्कदै गरेका उद्योगहरुलाई राष्ट्र बैंकको नीतिले पुनः उद्योग व्यापार धरायसी हुने उनीहरुको भनाई छ ।
कोरोना संक्रमणले थलो परेको उद्योग व्यवसायहरु बिस्तारै लयमा फर्किदै गर्दा राष्ट्र बैंकको नितिले फेरी धरासायी हुने अवस्थामा आई पुगेको व्यवासयीहरुले गुनासो गरेका छन् । राष्ट्र बैंकले निजी क्षेत्रलाई सहज हुने गरि निति ल्याउनुपर्नेमा झन त्रास सृजना भएको अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुको भनाई छ । व्यवासयको प्रकृति अनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड रुपैयाँ भन्दा बढी चालू पूँजी कर्जाको सिमा निर्धारण गर्दा हरेक थरिका व्यवसायको लागि २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक भएको हुँदा सरोकावाला व्यवसायको कूल व्यापार, बजारमा बाँकी बप्यौता र मौज्दातलाई आधार मानेर अधिकतम् ५० प्रतशतको प्रावधान राख्नुपर्ने उद्योगी व्यवसायीहरुको माग छ ।
उनीहरुले बैंकले निजी क्षेत्रसँग संधै सौतेनी व्यवहार गर्दै आएको आरोप लगाउँदै बैंकहरुको बारम्बारको तनावले व्यवसायीहरुले आत्महत्या गर्नुपर्ने अवस्था सृजना भएको भन्दै चिन्ता व्यक्त गरे । सरकारले विदेश लगानी भित्र्याउने तर्फ मात्र केन्द्रित रहेको तर स्वदेशी लगानीलाई वेवास्ता गर्दै आएको भन्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकले जारी गरेको नीति नसच्याए आफूहरु चुनाव अघि कडा आन्दोलनमा जाने चेतावनी समेत दिए । कार्यक्रममा मधेश प्रदेश अन्तर्गत पर्ने वीरगंज, जितपुर सिमरा, बारा, रौतहट, लालबन्दी, बर्दिवास, मलंगवा, गौशाला, जनकपुर, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगरमिर्चैया, सिरहा, लहान, सलार्ही लगायत मधेश प्रदेशका १६ वटा उद्योग वाणिज्य संघ लगायत मकवानपुर उद्योग वाणिज्य संघ र सो क्षोत्रमा आबद्ध विभिन्न संगठनहरुको सहभागिता रहेको थियो ।
राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ को प्रावधानप्रति विरोध जनाउँदै मधेश प्रदेशका उद्योगी व्यवसायीहरुले विरोध ¥याली समेत निकालेका छन् । विरोध ¥यालीमा व्यवसायीहरुले कालो पट्टी बाध्नुका साथै ‘चालु पूँजी कर्जा सिमा बढाउ’, ‘एप्लाई क्रेडिट एक्ट’, ‘बैंकको सेवा शुल्क घटाउ’, ‘गरि खान देउ’ लगायतका नारायुक्त प्ले कार्डबोकी नगर परिक्रमा गरेका थिए । ¥याली पश्चात नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अधयक्ष गणेश लाठको अगुवाईमा नेपाल राष्ट्र बैंकका शाखा प्रबन्धक राजनदेव भट्टराई माफर्त राष्ट्र बैंकका गभर्नरलाई १५ बुंदे ज्ञापन पत्र समेत बुझाएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि