Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नागरिकता विद्येयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०७९
नागरिकता विद्येयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज (पर्सा), ६ असोज / राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण नगरेको भन्दै जनता समाजवादी पार्टीले वीरगंजमा विरोध प्रदर्शन गरेको छ । जसपाले बुधबार वीरगंजको आदर्शनगर स्थित मुख्य सडकमै टायर बालेर राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।
जसपाका युवा विधार्थीहरुले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै उनको राजीनामा पनि मागेका छन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपति भण्डारी मुर्दावाद, राष्ट्रपति भण्डारी राजीनामा देऊ, शीतल निवास खाली गर, लाखौं युवालाई नागरिकताविहीन बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शनको क्रममा जसपा निकट समाजवादी विधार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकीले नागरिकता विद्येयक प्रमाणीकर नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधान माथिकै प्रहार भएको बताए । संविधान नै नमान्ने राष्ट्रपति यो देशलाई चाहिएको छैन, त्यसैले राष्ट्रपतिले छिट्टै राजीनामा दिनु पर्छ होइन भने देशभर आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
त्यसैगरि प्रदर्शनमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले संविधानको रक्षक राष्ट्रपतिले नै संविधानको ठाडो उल्लंघन गरेकाले उनको राजीनामाको माग गर्दै प्रदर्शन गरिएको बताए ।
उनले कुनै पनि विधेयक दुवै सदनबाट पारित गरी दोश्रो पटक राष्ट्रपतिकोमा पठाएपछि राष्ट्रपतिले १५ दिन भित्रमा प्रमाणीकरण गर्नु पर्ने प्रावधान संविधानमै उल्लेख रहेको बताए । तर राष्ट्रपति भण्डारीले एमाले पार्टीको कार्यकर्ता बनेर नागरिकता विद्येयक प्रमाणीकरण नगरेको उनको आरोप छ । राष्ट्रपतिले तत्कालै राजीनामा दिइनन् भने अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजेसम्म थियो । तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि जसपाका युवा विधार्थी नेताहरुले राष्ट्रपति भण्डारीको विरोधमा वीरगन्जमा सडकमै टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा जसपाकी नेतृ एंव प्रदेशसभा सदस्यहरु करिमा बेगम र भीमा यादव, जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद अन्सारी, युवा नेता मुकेश द्विवेदी लगायतको सहभागिता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि