Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिटरब्याजी पीडितको गुनासो : १४ लाखको ४४ लाख तिर्दा पनि कर्जा जस्ताको तस्तै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १५, २०७९
मिटरब्याजी पीडितको गुनासो : १४ लाखको ४४ लाख तिर्दा पनि कर्जा जस्ताको तस्तै

वीरगंज (पर्सा), १५ भदौ / मिटरब्याजीको चङ्गुलमा फसेर सास्ती खेप्नुपरेको तथा घरबारविहीन हुन पुगेको भन्दै आज वीरगञ्जमा एकैपटक तीन घरपरिवारका सदस्यले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेका छन् ।
सबै जग्गा जमिन बेचेरे दिए पनि अहिलेसम्म कर्जा जस्ताको तस्तै रहेको भन्दै पीडितले मिटरब्याजीलाई कारवाहीको माग गरेका छन् । रौतहटको मौलापुर नगरपालिका(२ सोनरनियाका दयाशङ्करप्रसाद यादवले २०७६ साल असोज महिनामा बाराको कलैया उपमहानगरपालिका(५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको व्याजबापत उनले रु ४२ लाखभन्दा बढी तिरिसकेको भए पनि ऋण चुक्ता हुन नसकेको दयाशङ्करकी आमा सुनैना देवी र श्रीमती सन्ध्या यादवले बताउनुभयो । उहाँहरुले मिटरब्याजी अनिललाई कारवाहीको माग गर्नुभयो ।
ऋण चुक्ता गर्ने बेला नगदमा पैसा लिएको तर विश्वासका लागि भन्दै ऋण लिने तथा तमसुक बनाउने बेला मिटरब्याजी अनिलले लिएको चेक हाल पैसा दिए पनि जानीजानी बाउन्स गराई आफ्नो छोरालाई कारागार पठाउन बाध्य बनाएको ७३ वर्षीया आमा सुनैना देवीले गहभरी आँशु पार्दै भन्नुभयो । उहाँले मिटरब्याजीका कारण आफ्नो परिवार सडकमा आएको गुनासो गर्नुभयो । अनिल बाराकै प्रसौनी गाँउपालिका(३ नौतन गण्डकस्थित रामजानकी आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेको बुझिएको छ । आफू मिटरब्याजीको धन्दा चलाउने व्यक्ति नभएको र आफ्नो बद्नामी चाहने व्यक्तिहरुले आफूविरुद्ध उजुरी हालेको उहाँको भनाइ छ ।
हालै सरकारले मिटरब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसँगै तीन जनाको उजुरी परेको छ । अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका(१ का युगलकिशोर यादव र महागढीमाई नगरपालिका(७ का किशोरीप्रसाद यादवले पनि उजुरी हाल्नुभएको छ । उजुरीकर्ता युगलकिशोरले २७ लाख रुपैयाँ ऋण दिएर ८१ लाख रुपैयाँको कपाली तमसुक बनाएको र हाल पैसा सबै चुक्ता गरे पनि बन्धकी राखिएको कागज फिर्ता दिन आलटाल गरिरहेको बताउनुभयो ।
त्यस्तै अनिलसँग मिटरब्याजमा ७५ लाख रुपैयाँ ऋण लिएको तर उक्त ऋणको ब्याज मात्रै पाँच करोड रुपैयाँ तिरिसक्दा पनि ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको देखाइएको अर्का पीडित किशोरीप्रसाद यादवको दुखेसो छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि