Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छानविन गर्न अख्तियारको टोली धोबिनी गाउँपालिकामा, विभिन्न योजनाको स्थलगत निरीक्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १४, २०७९
छानविन गर्न अख्तियारको टोली धोबिनी गाउँपालिकामा, विभिन्न योजनाको स्थलगत निरीक्षण

वीरगंज (पर्सा), १४ भदौ / पर्साको धोबिनी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली पुगेको छ । अख्तियारमा परेको विभिन्न योजनाको बारेमा छानविन गर्न टोली पुगेको वताइएको छ । अख्तियारको टोलीले मंगलबार गाउँपालिकामा पुगी उजरी परेको विभिन्न योजनाको स्थलगत निरिक्षण गरे हो । उजरी परेको वाकी योजना पुनः बुधबार स्थलगत निरिक्षण गर्नु साथै छानविन गर्ने छ ।
तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको पालमा विभिन्न योजना भएको अनियमितताको सम्बन्धमा स्थानियले अख्तियारमा उजरी दिएपछि छानविन गर्न टोली पुगेको हो । प्रमुख प्रशासकिय अधिकृतले कमिशन लोभमा स्टिमेट अनुसार काम नभएको योजनाको पनि निकास गरेपछि स्थानियले अख्तियारमा उजरी दिएका थिए । त्यसैगरी नियम विपरित गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा बृजकिशो त्रिपाठीलाई जिम्मेवारी दिएको विषयमा परेको उजरी बारेमा पनि अख्तियारको टोलीले छानविन गरेको छ ।
यसका साथै धोबिनी गाउँपालिका पुगेको अख्तियारको टोलीले मंगलबार वडा नं. ३ हरिहपुरस्थित एक विद्यालयको र वडा नं. ५ धोबिनीस्थित निर्माण भएको ढलान सडकको स्थालगत निरिक्षण गर्दै नाप नाक्सा समेत गरेको गाउँपालिका स्रोतले जनाएको छ । त्यसैगरी टोलीले गाउँपालिकाको अन्तर्गतको विभिन्न विद्यालयको लागि आएको अनुदानको रकम विना कामको निकास भएको पाइएपछि फिर्ता गर्न लगाएको बुझिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत साह कालिकामाई गाउँपालिकामा हुँदा पनि उनी विरुद्ध थुप्रै उजरीहरु परेका थिए । त्यहाँ पनि अख्तियारको टोली पुगी उजरी परेको योजनाहरुको स्थलगत निरिक्षण गर्नुको साथै छानविन गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि