Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बचतकर्ताको करोडौं रुपैया लिएर सहकारीका संचालक फरार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ६, २०७९
बचतकर्ताको करोडौं रुपैया लिएर सहकारीका संचालक फरार

वीरगंज (पर्सा), ६ भदौ / वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बहि पुलस्थित रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपैया लिएर फरार भएका छन् । संस्थाका अध्यक्ष वीरगंज महानगरपालिका वडा नम्बर १ सिसोबारी छपकैया निवासी मुन्ना पटेल लगायत संस्थाका पदाधिकारीहरुले आफुहरुले जम्मा गरेको करिब १ करोड रुपैया भन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताले वताएका छन् ।
संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु पनि सम्पर्कमा छैनन्, स्थानिय बचतकर्ता अलि हुसैनले भने, ‘‘संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु विगत ६ दिनदेखि सम्पर्क विहिन रहेका छन् । नत उनीहरुको फोन नै लागेको छ, सोसल मिडियामा अनलाईन रहेपनि सम्पर्क हुन सकेको छैन ।’ आफू संस्थामा जम्मा गरेको २ लाख २५ हजार रुपैया झिक्न जाँदा विगत ६ दिन सहकारी संस्थाको कार्यालयमा ताल्चा लगाईएको पाएपछि सहकारी भागेको शंका लागेको थियो । पटेलको मोबाईल नम्बर ९८१५२६०३७७ मा सम्पर्क गर्दा अहिले पनि स्वीच अफ छ । संस्थाका सयौं सदस्यहरुले गरेको नियमित बचत र फिक्स डिपोजिटको करिब १ करोड भन्दा बढी जम्मा भएको रकम लिएर सम्पर्क विहिन भएको उनले बताए ।
सोमबार बिहान अध्यक्ष पटेलको घर घेराउ गर्न जाँदा उनका पिता रघुनाथ राउत कुर्मीले आफूसंग मुन्ना सम्पर्कमा नरहेको जनाएका छन । उल्टै आक्राशित हुदै मुन्नाका पिता कुर्मीले आफूलाई सोधेर रकम जम्मा गरेको हो ? भन्ने बचतकर्ता संग प्रश्न गर्दै मेरो सम्पर्कमा मुन्ना नरहेको बताएका थिए । पिडित बचतकर्ताहरुले सहकारी संस्था विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन । बचतकर्ता हुसैनले भने, ‘परिवारले समेत मुन्ना बारे जानकारी नगराएपनि आफूहरु उनी सहित संस्थाका पदाधिकारी विरुद्ध उजुरी दिने तयारी गरेका छौ ।’ बचतकर्ता रकम झिक्न जाँदा निरन्तर ४/५ दिन सम्म सहकारी संस्था बन्द रहेको देखेपछि सहकारी संस्था फरार भएको शंका गरिएका थिए । खोजिनिती गर्दै जाँदा सहकारी संस्थाका अध्यक्ष पटेलसहित संस्थाका अन्य पदाधिकारी समेत सम्पर्क विहिन भएपछि सहकारी संस्थाले करोडौ लिएर फरार भएको स्थानियलाई शंका लागेको छ ।
सहकारी संस्थामा दैनिक ज्यालादारी गर्ने, ठेला रिक्सा चलाउने देखि लिएर तरकारी बेच्ने लगातयका करिब जनताले दैनिक एक सय रुपैया भन्दा बढी जम्मा गर्ने गरेका छन । तर सहकारी संस्था फरार भएपछि उनीहरु विचल्लीमा परेका छन । कसैले आफनो छोरीको विवाह गर्नलाई समेत दैनिक ज्यालादारी गरेर बचत गर्ने गरेका थिए । वीरगंजमा हाल आधादर्जन भन्दा बढी सहकारी संस्थाहरुले पर्सेली जनताको करोडौ रुपैया लिएर फरार भएपनि एक दुई जना बाहेकलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । अव्यवस्थित र अनियन्त्रित सहकारी संस्थालाई नियन्त्रण गर्न गठित सहकारी संस्थाका छाता संगठनले पनि यसलाई नियन्त्रण गर्ने काम गरेको छैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि