Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उचित व्यवस्थापनको कमिले अस्त व्यस्त कलैया बजार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ४, २०७९
उचित व्यवस्थापनको कमिले अस्त व्यस्त कलैया बजार

कलैया (बारा), ४ भदौ / कलैया बजार उचित व्यवस्थापन नहुँदा अस्त व्यस्त बन्दै गएको छ । कलैयाको मुख्य बजारमा जथाभावी पार्किङ्ग, फुटपाथमा व्यापार जस्ता कार्यहरुले गर्दा कलैया बजार अस्त व्यस्त बन्दै गएको हो । कलैयाको घण्टाघर स्थित भारतचोक देखि नगरपालिका जाने बाटोमा जथाभावी ठूला तथा साना सवारीहरु पार्किङ्ग गर्ने गरिएको कारण पनि बजार अस्त व्यस्त बन्दै गएको स्थानीयहरुको गुनासो छ ।
वीरगंजदेखि कलैया जाने बाटोमा भरतचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मको जथाभावी पार्किङ्ग, जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालय अगाडि मुख्य सडकमा जथाभावी पार्किङ्ग एवं फुटपाथ व्यावसायले गर्दा दिनुहँ ट्राफिक जामको समस्या हुने गरेको छ भने घण्टाघरदेखि बरियारपुरजाने रोडमा फुटपाथ व्यवसाय, ठेलामा व्यवसाय तथा जथाभावी पार्किङ्गले बजार अस्त व्यस्त बन्दै गएको स्थानीयहरुको गुनासो छ ।
त्यसैगरि मालपोत कार्यालय अगाडि, देवकोटा चोक लगायतका अन्य सरकारी अड्डाहरुको अगाडि जथाभावी पार्किङ्गले दिनहुँ जामको समस्या हुने गरेको छ भने एम्बुलेन्स लगायत इमर्जेन्सी आवागमन गर्नेहरुलाई समस्या हुने गरेको बताइएको छ । बजार अस्त व्यस्तलाई न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी पनि खटाइएको छ तर ट्राफिक प्रहरी कलैया वीरगंज सडकमा मात्रै चेकजाँच गर्ने गरेको कारण अन्य स्थानमा ट्राफिक जामको समस्या यथावत नै रहेको छ ।
यतातिर बजार व्यवस्थित बनाउनका लागि कलैया उपमहानगरपालिकाका नगर प्रहरीहरु पनि परिचालित छन् तिनीहरु पनि इमान्दारितापूर्वक ड्युटी नगरेको कारण दिनुहँ बजार अस्त व्यस्त बन्ने गरेको हो । नगर प्रहरीहरु बजार व्यवस्थित गर्न ड्युटीमा खट्नुभन्दा पनि फुटपाथमा रहेको व्यवसायीहरुसँग कसरी असुल्न सकिन्छ भन्ने मनसायले ड्युटी गर्ने गरेको कारण फुटपाथ अतिक्रमण गरि व्यावसाय गर्नेहरुको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको हो ।
बजारलाई व्यवस्थित गर्ने निकाय कलैया उपमहानगरपालिका पनि कानमा तेल हालेर बसेको छ । कलैया उपमहानगरपालिकाले बजारलाई व्यवस्थित गर्नुभन्दा पनि चम्चाहरु परिचालन गरेर अनावश्यक प्रचारवाजी गराउने गरेको कारण पनि यस्तो समस्या देखा परेको स्थानीयहरुको भनाई छ । कलैया नामको लागि मात्रै उपमहानगरपालिकामा स्तरोन्नति भएको तर यहाँका नागरिकहरुले नगरपालिका सरहको पनि सेवा सुविधा नपाएको स्थानीयहरुको गुनासो छ ।
कलैया बजारको विभिन्न ठाउँमा जथाभावी फोहरहरु फालिएका छन् । विभिन्न चोकको कुना कप्चामा फोहरको डुँगुर थुप्रिएको छ । फुटपाथ अतिक्रमण गरि व्यापार गर्नेहरुको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको छ तर सम्बन्धित निकाय उपमहानगरपालिका कुनै पनि चासो देखाएको छैन । फोहरले नगर नै दुर्गन्धित भएको छ भने फुटपाथ व्यवसायले बजार अस्तव्यस्त बन्दै गएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि