Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि सामाग्री कम्पनी लि. को मल भण्डारण गर्ने गोदाम जीर्ण

तीनजना कर्मचारीको भरमा कार्यालय संचालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०७९
कृषि सामाग्री कम्पनी लि. को मल भण्डारण गर्ने गोदाम जीर्ण

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ भदौ / कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंजको गोदाम जीर्ण र जर्जर भइसकेको छ । कृषकहरुको लागि भारत तथा तेश्रो मुलुकबाट आयातित रसायनिक मल भण्डारण गर्ने उक्त कम्पनीको गोदाम जीर्ण र जर्जर अवस्थामा पुगि सकेको छ । नेपाल सरकारले कृषि सामाग्री कम्पनी मार्फत भारत तथा तेश्रो मुलुकबाट रसायनिक मल खरिद गरि अनुदानमा कृषकहरुलाई मल वितरण गर्ने गरेको छ ।
कृषकहरुलाई सेवा दिने सँस्थानको अवस्था आफै दयनीय हुँदै गएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशकि कार्यालयको भुटनदेवी स्थित रहेको मल भण्डारण गर्ने गोदाम पूर्ण रुपमा जीर्ण र जर्जर भइसकेको अवस्था छ । वीरगंज महानगरपालिका वडा नं. १६ नगवा देखि दक्षिणपट्टि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इनर्वा गाउँ नजिकै रहेको भुट्नदेवी मन्दिरसँगै टाँसिएर कम्पनीको गोदाम छ । गोदामको भवनहरुको पर्खाल भत्किएका छन् भने झ्याल ढोकाहरु जीर्ण भइसकेको छ ।
उक्त गोदममा रहेको ४ वटा पुराना भवनहरु काम नलाग्ने अवस्थामा पुगि सकेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका सहायक प्रवन्धक एवं सूचना अधिकारी आलोक कुमार झाले जानकारी दिए । २० हजार मेट्रिक टन रसायनिक मल भण्डारण गर्न सक्ने क्षमता रहेको उक्त गोदामको वरिपरिको पर्खाल पनि फुटेर जीर्ण भइसकेको छ । पूर्व, पश्चिम र उत्तर तर्फबाट पर्खाल विभिन्न ठाउँमा भत्किसकेको छ भने बाँकी पर्खाल ढल्ने अवस्थामा पुगि सकेको छ ।
गोदामको भवन जीर्ण भएको कारण त्यहाँ रसायनिक मल राख्न पनि समस्या भएको सूचना अधिकारी झाको भनाई छ । उनका अनुसार पुराना पुराना भवनहरुको पर्खाल, छाना, ढोका लगायतका संरचनाहरु पूर्ण रुपमा जीर्ण भइसकेको कारण वर्षाको मौसममा पानी चुहिएर मल नष्ट हुने जस्ता समस्याहरु हुने गरेको कारण ४ वटा पुराना भवनमा मल भण्डारण गर्ने कार्य रोकिएको छ । उनका अनुसार गत वर्ष मात्रै नेपाल सरकारका बजेटले निर्माण भएको १० हजार मेट्रिक टन क्षमताको भवनमा मल भण्डारण गर्ने कार्य गर्दै आएको बताए ।
भुट्नदेवी स्थित गोदाममा २० हजार मेट्रिक टन रसायनिक मल भण्डारण गर्न सक्ने क्षमता छ, तर १० हजार मेट्रिक टन राख्ने क्षमताको भवनहरु पुरानो र जीर्ण भइसकेकोले गत वर्ष मात्रै निर्माण गरिएको १० हजार मेट्रिक टन क्षमताको गोदाममा मल भण्डारण गर्ने गरिएको छ । यसरी राज्यको अर्वौको सम्पत्ति राख्ने ठाउँमा सुरक्षाको अवस्थामा पनि त्यस्तै दयनीय छ । गोदामलाई रेखदेख गर्नका लागि स्थानीय २ जना चौकीदार पनि राखिएको छ । तर ति चौकीदारहरुलाई बास स्थानको व्यवस्था छैन । उनीहरु आफ्नै घरमा बसेर बेला बखत त्यहाँ गएर गोदमलाई रेखदेख गर्ने गरेका छन् ।
नेपाल भारत सीमा क्षेत्रमा यो गोदाम रहेकोले र भौतिक संरचनाहरु पनि जीर्ण भइसकेको कारण मल चोरी हुने, लुटिने जस्ता चुनौतिहरु थपिएको सूचना अधिकारी झाको भनाई छ । विगतमा पनि यस गोदामबाट मल चोरी भएकै हो, अहिलेको अवस्थामा पनि किसानहरुलाई मलको चरम अभाव रहेकोले भोलिका दिनमा पुनः त्यस्ता घटना दोहरिन सक्दैन भनेर भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।
तीनजना कर्मचारीको भरमा कार्यालय संचालन हुँदै
कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंज ३ जना कर्मचारी र कार्यालय सहयोगीको भरमा संचालन भइरहेको छ । कृषि सामाग्री कम्पनी लि. को नेपालभरिकै सबैभन्दा ठूलो शाखा यही वीरगंज शाखा हो, यहाँबाट पर्सा लगायत १६ वटा जिल्लामा रसायनिक मल आपूर्तिको काम हुँदै आएको छ, तर यहाँ नै कर्मचारीको अभाव छ, तीनजना कर्मचारीको भरमा कार्यालय संचालन भइरहेको सूचना अधिकारी झाको भनाई छ ।
कार्यालय प्रमुख १ जना, सहायक प्रवन्धक १ जना एवं बरिष्ठ सहायक स्टोर किपर तीनजनाको भरमा कार्यालयको सम्पूर्ण कामकाज लादिएको छ । देशभरिका १६ वटा जिल्लाका शाखाहरुमा यहीबाट मल पठाउनुपर्छ, सहकारीको हजारौं गाडीहरुमा यहीबाट मल दिनुपर्छ, यति थोरै कर्मचारीमा यति धेरै काम गर्नुपर्ने भएकोले यस कार्यालयको कामकाज पनि अस्तव्यस्त हुने गरेको उनको भनाई छ ।
दरबन्दी अनुसार यहाँ कर्मचारी छैन, कार्यालय प्रमुख १ जना, अधिकृत २ जना, बरिष्ठ सहायक २ जना, सहायक २ जना गरि कम्तिमा १५ जनाको दरबन्दी हुनुपर्नेमा ३ जनाको मात्रै दरबन्दी भएको कारण पनि यस कार्यालयको काम अस्तव्यस्त हुने गरेको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि