Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरवाचरवाको सवाल राजनितिक दलको मुख्य एजेण्डा बन्नु पर्छ : मन्त्री महतो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०७९
हरवाचरवाको सवाल राजनितिक दलको मुख्य एजेण्डा बन्नु पर्छ : मन्त्री महतो

जनकपुर (धनुषा), २३ साउन / जनकपुरधाम मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा बन मन्त्री सत्रुघन महतोले अझै पनि कृषि बँधुवाको रुपमा काम गरिरहेका हरवाचरवाको सवाल राजनितिकदलहरुको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिएका छन् ।
२०७९ श्रावण २ गतेका दिन २२ औं कमैया मुक्ति दिवशको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले एक बिशेष कार्यक्रमको आयोजना गरी हरवाचरवा मुक्ति घोषणा गरेका थिए । सोही सन्दर्भमा राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवाचरवाअधिकार मंचको संयुक्त आयोजनामा२०७९ श्रावण २३ देखि २४ सम्म संचालन गरिने जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र एक्टिभिष्टहरुका लागि नेतृत्व बिकास र जनवकालतशिप सम्बन्धीदुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री महतोले उक्त कुरा बताएका हुन् । साथै उनले हरवाचरवाको समग्र सामाजिक र आर्थिक बिकासका लागि मधेस प्रदेश सरकारको मन्त्री परिषदको बैठकमा बिशेष प्रस्ताव राख्नका लागि आफुले पहलकदमीलिनमा कुनै कन्जुस्याई नगर्ने कुरामा जोड दिए ।
कार्यक्रमका बिशिष्ट अतिथि, राष्ट्रिय दलित नेटवर्कका केन्द्रिय अध्यक्ष एवं संघीय सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्वारा गठित हरवाचरवा, मुक्तहलिया, कमैया र कमलरीको बस्तुस्थिति अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुलुकमा अहिले संघीयता र समावेशी बिकासको अभ्यास थालनी भईरहेको परिपेक्षमा अझै सम्म पनि शोषण मूलक कुप्रथाको रुपमा रहेको कृषीबधुवा प्रणालीको अन्त्यन हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लाजमर्दो भएको कुरा बताए ।
साथै उनले राज्यको संरचनात्मक रुपान्तरणको माध्यमबाट हरवाचरवाको सामाजिक, आर्थिक सशक्तिकरण मार्फत उनीहरुको मर्यादित जीवन सुनिश्चित गराउने पहिलो दायित्व राज्यको नै रहेको जिकीर समेत गरे । कार्यक्रमको उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महोत्तरी जिल्लाअध्यक्ष कौशीलाल यादव, द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लाहकार जियम श्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय महासचिव लागिन्द्र सदा, दलित समाज उत्थान समिति नेपालका कार्यकारी निर्देशक श्री सुनिल ठाकुरले लगायतले मन्तब्य राखेका थिए ।
राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको महत्व र औचियत्ता माथी प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालनराष्ट्रिय दलित नेटवर्कका रुपनारायण पासवानले गरेका थिए ।
उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र हरवाचरवा एक्टिभिष्टहरु गरी ४० जनाको सहभागिता रहेको छ । सो तालिममा बर्तमान परिवर्तित सन्दर्भसंगै जनवकालत सिप, नेतृत्व बिकास, मानव अधिकारमुखी बिकास पद्धती, मुक्त हरवाचरवाको पुनर्स्थापन प्याकेज, सरोकारवाला बिश्लेषण सम्बन्धी छलफल भई हरवाचरवाको पुनर्स्थापन अभियानमा सहयोग पुग्ने ६ महिने कार्य योजना समेत निर्माण गरिनेछ । सो तालिमको सहजीकरण राष्ट्रिय दलित नेटवर्कका केन्द्रीयअध्यक्ष गणेश बिश्वकर्मा, द फ्रिडम फण्ड नेपालका कार्यक्रम सल्लाहकार जियम श्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराइ र कार्यक्रम सल्लाहकार ब्रम्हदेव रामले सहजीकरण गर्ने छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि