Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बौद्धिमाई मन्दिरमा तोडफोड गर्नेमाथि कारवाहीको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १९, २०७९
बौद्धिमाई मन्दिरमा तोडफोड गर्नेमाथि कारवाहीको माग

वीरगंज (पर्सा), १९ साउन / नेपाल विश्व हिन्दु महासंघ बाराले फेटा गाउँपालिका वडा नं. ३ स्थित प्रसिद्ध धार्मिक स्थल बौधिमाई मन्दिरमा तोडफोड गर्ने माथी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । महासंघले बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र फेटा गाउँपालिका प्रमुख रूस्तम अन्सारीलाई ज्ञापनपत्र बुझाएको हो । संघका कार्यबाहक अध्यक्ष सुरेन्द्र शर्माको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र मार्फत अपराधीलाई पक्राउगरी छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याई कानुन अनुसारको कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
साथै टोलीले घटनाप्रति ठूलो ध्यानाकर्षण भएको जनाउँदै अपराधी उम्किन पाए आफूहरु संघर्षका कार्यक्रमबाट अगाडि बढ्ने जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कटुवालले प्रशासन यस घटनाप्रति निकै गम्भीर रहेको र अपराधीलाई कुनैपनि हालतमा कानुनको कठघरामा ल्याई कानुन अनुसारको दण्ड, सजाय दिलाएर नै छाडने प्रतिबद्धता जनाए । उनले प्रहरीले यस घटनाको छानबिन तिब्र गतिमा अगाडि बढाएको र अपराधी छिटै कानुनको कठघरामा आउने दाबी गरे । साथै उनले अरु कुनै साम्प्रदायिक घटना हुन नदिन प्रशासन हरेक विषय वस्तुलाई निगरानीमा राखेको बताए ।
यसैगरी ज्ञापनपत्र बुझ्दै फेटा गाउँपालिकाका प्रमुख रुस्तम अन्सारीले यस गाउँपालिकामा जनता आफूलाई दुई तिहाई बहुमतले जिताएर पठाएको हुनाले मेरा लागि जनता नै सर्वपरी भएको हुनाले आफू यो घटनाको दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरायी कानुन अनुसारको सजाय दिलाएर छाडने प्रतिबद्धता जनाए । उनले आफू यो घटनाले निकै दुःखित भएको र यस घटनाले यस समाजमा निकै ठूलो दुर्घटना निम्त्याउन सक्ने हुनाले यस्ता क्रियाकलाप हुन नदिन आफू लागिपरेको बताए । उनले अपराधी जो सुकै भए पनि या कुनै पनि जात, जातिको भए पनि त्यसलाई तुरुन्त पक्राउ गरी बढी भन्दा बढी सजाय दिलाएर नै छाडने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अन्सारीले यो घटनाले समाजमा आपसी सम्बन्ध बिगार्ने काम गरेको, हिन्दू, मुस्लिम बिचको भाइचारालाई विगाड्ने काम गरेकोले आफू अझ कुनै यस्ता मानवीय घटना हुन नदिन दिनरात लागिपरेको बताए । उनले समाजका सबै ब्यक्तिहरुलाई संयमिता अपनाउन आग्रह गरे ।
ज्ञापनपत्र बुझाउन आएका नेपाल विश्व हिन्दु महासंघका पदाधिकारीहरुले मन्दिरको अवलोकन समेत गरेका थिए । अहिले मन्दिरमा तोडफोड गरिएको संरचनालाई मेयर अन्सारीको निर्देशनमा मर्मत गर्ने कार्य भइरहेको र मन्दिरको रेखदेख गर्न, त्यसको व्यवस्थापन गर्नका लागि दुईओटा पककी भवनको निर्माण कार्य भइरहेको समेत प्रमुख अन्सारीले जानकारी दिए । मर्मत कार्य देखेर नेपाल विश्व हिन्दु महासंघका टोली खुशी भई मेयर अन्सारीलाई धन्यवाद दिएका थिए । सो क्रममा विश्व हिन्दु महासंघका कार्यबाहक अध्यक्ष सुरेन्द्र शर्मा, केंद्रीय महासचिव अभिषेक तिवारी, पर्सा कार्यबाहक अध्यक्ष सन्दिप साह, राजकिशोर दास, डा. अनिल झा, गाउँपालिकाका जनप्रतिनीधि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि