Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युत प्राद्यिकरण सिम्रौनगढ : चुहावट १० प्रतिशत घटाउन तथा करोडौ बक्यौता संकलन गर्न सफल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ११, २०७९
विद्युत प्राद्यिकरण सिम्रौनगढ : चुहावट १० प्रतिशत घटाउन तथा करोडौ बक्यौता संकलन गर्न सफल

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ११ साउन / बारा जिल्लाको सिम्रौनगढ स्थित रहेको नेपाल विद्युत प्राद्यिकरण सिम्रौनगढ वितरण केन्द्रले यस वर्ष विद्युत चुहावटलाई १० प्रतिशत घटाएको छ भने २६ प्रतिशत बक्यौता संकलन गर्न सफल भएको छ । गत वर्ष २०७७/०७८ मा प्राद्यिकरणको ५१ प्रतिशत विद्युत चुहावट घाटा रहेकोमा यस वर्ष १० प्रतिशत घटाएर ४१ प्रतिशतमा झार्न सफल भएको छ । विद्युत प्राद्यिकरण सिम्रौनगढ वितरण केन्द्रका कर्मचारीहरुको अथक प्रयासमा गत वर्षको तुलनामा यस वर्ष बक्यौता संकलन २६ प्रतिशतले वृद्धि भएको छ भने विक्रीमा १२ प्रतिशतले वृद्धि भएको छ ।
२०७६ साल माघ महिनादेखि संचालनमा आएको विद्युत प्राद्यिकरण वितरण केन्द्र सिम्रौनगढ दुई वर्षयता कोरोना संक्रमण महामारीको बखत ग्राहक वितरण, विद्युत विक्री तथा बक्यौता संकलनमा खासै प्रगति गर्न नसकेपनि यस वर्ष भने सन्तोषजनक प्रगति भएको केन्द्रका प्रमुख इन्जिनियर मनोज कुमार झाले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा मात्रै १० करोड २४ लाख ५८ हजार ४ सय ९१ रुपैया ५१ पैसा बराबरको विद्युत विक्री भएकोमा १० करोड ८९ लाख ८३ हजार २ सय २८ रुपैया ७१ पैसा संकलन गरिएको बताए ।
यो वर्ष मात्रै विद्युतको महसुल नबुझाउने ४ सय २० जनाको लाइन काटेर २ करोड ८३ लाख ८९ हजार ४ सय १३ रुपैया ४२ पैसा बक्यामध्ये २ सय ६६ जनाको लाइन पुनः जोडेर १ करोड ३३ लाख ३१ ह्जार ६ सय ९० रुपैया ५८ पैसा असुली गरिएको केन्द्र प्रमुख झाले जानकारी दिए । त्यसैगरि ३ सय ४७ जना व्यक्तिलाई पक्राउ गरि २९ लाख ३ हजार ४ सय ६९ रुपैया २६ पैसा जरिवाना संकलन गरिएको बताए ।

त्यसैगरि यस वितरण केन्द्रमा १९ हजार ६ सय ४५ जना ग्राहक रहेकोमा यस आर्थिक वर्षमा मात्रै २ हजार २ सय २३ जना नयाँ ग्राहक थपिएर २१ ह्जार ८ सय ६८ जना पुगेको केन्द्र प्रमुख झाले बताए । उनका अनुसार यस वितरण केन्द्र तराईको जिल्लाको भित्री भागमा नेपाल भारत सीमासँग जोडिएका गाउँहरु पर्ने गरेको र यस क्षेत्रमा विद्युत हुकिङ्गको ठूलो समस्या रहेकोले त्यसलाई मुख्य न्यूनीकरण गर्न प्रहरीको सहयोगमा गस्ती गर्ने कार्यलाई तिब्रता दिएपछि विद्युत हुकिङ्गको समस्यामा कमि आएको र नयाँ ग्राहकहरु पनि थपिएको बताए ।
यस क्षेत्रका मानिसहरु बढि कृषि तर्फ अग्रसर रहेको कारण आफूले गरेको खेतीबारीमा विद्युत हुकिङ्ग गरेर मोटर चलाउने, घरमा बत्ती बाल्दा डाइरेक्ट हुकिङ्ग गर्ने, कतिपय पसलहरुमा पनि विद्युत हुकिङ्ग गरेर आफ्नो व्यापार चलाउने जस्ता कामहरु प्रत्यक्ष हुँदै आएकोले विद्युत प्राद्यिकरण ५१ प्रतिशत विद्युत चुहावट रहेकोले त्यसलाई न्यूनीकरणका निम्ति प्रहरी प्रशासनको सहयोगमा घाटामा कमि आएको बताए ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीको सहयोगमा राति राति गस्ती जाने, विद्युत हुकिङ्ग गर्नेलाई पक्राउ गरि ल्याएर जरिवाना गर्ने, खेतबारीमा विद्युत हुकिङ्ग गरि मोटर चलाउनेको मोटर खोलेर ल्याउने र जरिवाना गर्ने जस्ता कार्यहरु गरेपछि विद्युत चुहावटमा कमि आउनुका साथै नयाँ ग्राहक पनि थपिएको केन्द्र प्रमुख झाको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि