Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ९, २०७९
विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

चितवन, ९ साउन / वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो । महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।” विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उहाँको भनाइ थियो ।
भरतपुर(माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उहाँको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ ।” कागजमा हेरेर मात्रै नहुने भन्दै उहाँले स्थलगत निरीक्षणपछि प्रक्रिया पु¥याएर निर्णय गर्न सकिने बताउनुभयो । भरतपुर महानगरभित्र लालपुर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उहाँको भनाइ थियो । भरतपुर महानगर अबको पाँच वर्षमा देशकै नमूना बन्ने गरी विकासको काम भइरहेको आफूले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी बन्ने बताउनुभयो । नगर प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटबन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा, गोलाघाट(नवलपरासी जोड्ने पुल निर्माण लगायतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताउनुभयो । यस्तै सुकुम्बासीको जग्गा वितरण, यातायात कार्यालय स्थापनालगायतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उहाँले अनुरोध गर्नुभयो ।
यस्तै नगरवनलाई अन्तर्राष्ट्रिय पार्कको रुपमा विकास गर्न लगानी कर्तासंग सम्झौता भइसक्दासमेत वनका कारण अवरोध भएको भन्दै यसको निकासका लागि आग्रह गर्नुभयो । सोही अवसरमा वन सचिव डा प्रेमनारायण कँडेलले वनका कारण देखिएका समस्या मन्त्रीस्तर, मन्त्री परिषद् र संसद्मा नै लानुपर्ने भए पनि आवश्यक प्रक्रिया पूरा गरेर लैजान मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री यादवसहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याका बारेमा स्थलगत निरीक्षण गरेको थियो । हुलाकी सडकमा वनका कारण देखिएका समस्याका बारेमा हुलाकी सडक आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराउनुभएको थियो ।
जिल्लाका दलिय प्रतिनिधि, स्थानीय निकायका प्रमुखसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी समस्याका बारेमा अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिनु भएको थियो । यससँगै नगर प्रमुख दाहालको आग्रहमा मन्त्री यादवको टोली स्थलगत रुपमा निरीक्षण गर्न शनिबार चितवन आएको हो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि