• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ साउन / नागरिकता बिधेयक २०७९ प्रतिनिधि सभाबाट पास गरेको उपलक्ष्यमा वीरगंजमा खुशियाली मनाईएको छ ।
नेपाली कांग्रेस पर्साले वीरगंजस्थित माईस्थानमा पार्क दिप प्रज्वलन गर्दै खुसियाली मनाएको हो । नागरिकता पाउनबाट वञ्चित भएका नागरिकले यो विधेयक पारित भएपश्चात सहजै नागरिकता पाउने भन्दै सरकारलाई नेपाली कांग्रेस पर्साले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री सुरेन्द्र चौधरीले नागरिकताबाट वञ्चित भएको कारण देशका लाखौँ युवाहरुको भविष्य अन्धकार हुने गरेकोमा अब भने उनीहरुले आफ्नो अधिकारको प्रयोग गर्ने पाउने बताउनुभयो ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति रामनारायण कुर्मी, बिरगंज महानगरपालिकाका पूर्व उप–प्रमुख शान्ति कार्की, श्याम पटेल, हुकुम सिंह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण महानगरका उप–प्रमुख ईम्तियाज आलमले गर्नुभएको थियो ।
नागरिकता विधेयक पास भएपश्चात सत्तामा आबद्ध दलहरुले त्यसको जस लिन खोजी रहेका छन ।
नागरिकताकोे समस्यामा खास गरि मधेशका जनताहरु पिरोलिएका कारण आगामी संघ र प्रदेशको चुनावमा मेधशका मतदातालाई प्रभावित पार्न यो विधेयक पारित गर्नुमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै सत्तामा आबद्ध दलहरुले जस लिन खाजेको भन्दै आरोप लागि रहेको छ ।







प्रतिक्रिया दिनुहोस् !