Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनता आवास कार्यक्रमको बजेटमा नेतादेखि कार्यालय प्रमुखको रजाई

समयमा घर निर्माण नहुँदा गरिब परिवारलाई विचल्ली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०७९
जनता आवास कार्यक्रमको बजेटमा नेतादेखि कार्यालय प्रमुखको रजाई

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ५ साउन / जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको घरहरुमा व्यापक भ्रष्टाचारी भएको पाइएको छ । यस कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २८ वगही स्थित निर्माण भइरहेको घरहरुमा कमशल सामाग्री प्रयोग गर्नु तथा असार महिनामा निर्माण कार्यको धमाधम कार्यादेश जारी गर्नुले यो भ्रष्टाचार गर्नकै लागि निर्माण भइरहेको सहजै बुझ्न सकिन्छ ।
वर्षौदेखि फुसको छाप्रोमा बस्दै आएका गरिब परिवारलाई पक्की घरको प्रलोभन देखाई आफ्नो राजनीतिक दुनो सोझ्याउने राजनीतिक दलका नेतादेखि शहरी विकास तथा भवन कार्यालय प्रमुख एवं कर्मचारीहरुले गरिब परिवारको घर निर्माणको नाममा लुटतन्त्र नै मच्चाएका छन् । नेपाल सरकारले गरिब परिवारकाहरुको घर निर्माणको लागि छुट्याएको बजेटमा राजनीतिक दलका नेता तथा कार्यालय प्रमुखको रजाई छ ।
यस कार्यक्रम अन्तर्गत निर्माण भइरहेको घरहरुमा कमशल सामाग्री प्रयोग गरिएको पाइएको छ । निर्माणको क्रममा कामै नलाग्ने ईट्टाको प्रयोग गरिएको छ भने बालुवाको मात्रा बढि हाल्ने गरेको तथा छडको प्रयोग नगर्ने गरेको पाइएको हो । ईटा उद्योगमा कामै नलाग्ने गरि छानिएका इँटाहरु ल्याएर ति घरमा प्रयोग गर्ने गरिएको छ भने एउटा छड लगाएर निर्माण कार्य हुँदैछ, त्यसमा पनि सिमेन्ट र बालुवाको मात्रा कम हालिएको कारण पर्खालहरु गुणस्तरहीन काम भइरहेको स्थानीयहरुको भनाई छ ।
संघ सरकारको करिब १४ करोडको बजेटमा शहरी विकास तथा भवन कार्यालय पर्साको मातहतमा निर्माण भइरहेको उक्त घरहरु कमिशनको चलखेलले निर्माण कार्यमा कमशल सामाग्री प्रयोग भइरहेको स्थानीयहरुको भनाई छ । जनता आवास कार्यक्रमका संयोजक समेत रहेका पर्सा क्षेत्र नं. २ (क) का विद्यायक राजेश्वर साह तेली र सहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख इन्जिनियर रुद्र नारायण दासको मिलोमितोमा घर निर्माण कार्यमा कमशल प्रयोग गर्ने गरिएको स्थानीयहरुको आरोप छ । ।
विद्यायक तेलीले आफ्नो राजनीति दुनो सोझ्याउनका लागि आफ्नो क्षेत्रमा मात्रै २ सय घर निर्माण कार्य शुरु गरेका छन् तर ति घरहरु बजेट भन्दा ५० प्रतिशत कम रकममा निर्माण गर्न सकिने जस्तो काम भइरहेको छ । नेपाल सरकारले प्रति घर निर्माण बापत ३ लाख ५० हजार रकम छुट्याएको छ तर जसरी घर निर्माण भइरहेको छ, उसको लागि बढिमा १ लाख ५० हजार हुन सक्ने स्थानीयहरुको भनाई छ ।

त्यसैगरि यस कार्यक्रम अन्तर्गत घरहरु निर्माण गर्नका लागि असार महिनामा कार्यादेश जारी गरिएको छ । असार महिनामा बजेट फ्रिज हुने भएपछि कार्यक्रमका संयोजक विद्यायक तेलीको इसारामा कार्यालय प्रमुख दासले २०७८ असार २१ गते घर निर्माण कार्य शुरु गर्नका लागि उपभोक्ता समितिलाई कार्यादेश दिएका छन् । असार महिनाको अन्तिम हप्तासम्म भुक्तानी पाउनका लागि धमाधम कार्यादेश दिएर पैसा निकाशा गरिएको बताइएको छ ।
यसरी निर्माण कार्यमा कमशल सामाग्री प्रयोग गरेर स्टिमेटको आधा रहकमा घर निर्माण गर्नु, असार मसान्तमा धमाधम कार्यादेश दिनु जस्ता कार्यले कार्यक्रम संयोजकदेखि कार्यालय प्रमुखको मिलोमतोमा करोडौको भ्रष्टाचार हुने गरेको देखिन्छ । नेपाल सरकारले वर्षेनी यस कार्यक्रम अन्तर्गत करोडौं बजेट निकाशा गरि रहेको अवस्थामा राजनीतिक दलका पहुँचको आधारमा विद्यायक तथा कार्यालय प्रमुखले लुट मच्चाई रहेका छन् ।
घर निर्माण गर्न उभोक्ता समितिलाई जिम्मा दिइएनि ठेकेदारले निर्माण कार्य गरि रहेको छ । उपभोक्ता समिति गठन गर्ने, पैसा मात्रै निकाल्ने तर काम चाँही ठेकेदारले गर्ने गरेको पाइएको छ । घर निर्माणका लागि तीन किस्तामा ३ लाख ३६ हजार उपलब्ध गराउँछ । जग खनेपछि पहिलो किस्ता १ लाख १७ हजार ६०० रुपैयाँ (३५ प्रतिशत) र झ्यालको तहसम्म पुगेपछि दोस्रो किस्ता १ लाख ६८ हजार (५० प्रतिशत) भुक्तानी दिने व्यवस्था गरेको छ । घर तयार भएपछि तेस्रो किस्तामा बाँकी १५ प्रतिशत (५० हजार ४००) उपलब्ध गराइन्छ । लाभग्राहीले १० प्रतिशत योगदान गर्नुपर्छ ।
आर्थिक वर्ष २०७३÷०७४ बाट नेपाल सरकारले यस कार्यक्रम शुरु गरेको अवस्थामा पर्सा जिल्लामा हालसम्म यस कार्यक्रम अन्तर्गत ११ सय ५० वटा घरहरु निर्माण भएका छन् भने ति घरहरु अधिकाँश भत्कि सकेका छन्, कतिको पर्खाल फाटी सक्या छ, कतिको पिलर हलेर बस्न नसक्ने अवस्था रहेको छ ।

अर्कोतर्फ यस कार्यक्रम अन्तर्गत निर्माण भइरहेको घरहरु समयमा निर्माण हुन नसक्दा दलित परिवारहरु विचल्लीमा परेका छन् । जीवन विताउँदै आएका दलित परिवारको पक्की घर निर्माण भएपछि उनीहरुले आफ्नो घरलाई भत्काए । तर भएको भर पनि भत्काएपछि समयमा घर निर्माण हुन नसक्दा उनीहरु घरको न घाटको भएका छन् ।
जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाइदिने भन्दै बगहीमा ८० परिवारको छाप्रो असार मसान्तमा भत्काउन लगाइएको थियो । एक दुई महिना भित्रै घर निर्माण गरेर हस्तान्तरण गर्ने भनेर भत्काइएको घर निर्माण कार्य अहिले पलपत्र पर्दा उनीहरुलाई दैनिक जीवन यापनमा समस्या भएको स्थानीयहरुको भनाई छ ।
यसबारे शहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख इन्जिनियर रुद्रनारायण दासले निर्माण कार्य उपभोक्ता समिति मार्फत भइरहेको र आफ्नो इन्जिनियर गएर बेलाबखत निरीक्षण गर्ने गरेको बताए । असार महिनामा कार्यादेश दिएको सन्दर्भमा विद्यायक राजेश्वर साह तेली संयोजक रहेको सो कार्यक्रम अन्तर्गत निर्माण हुने घरहरुको सिफारिस कुनैपनि महिनामा दिने बाध्यता रहेको बताए । उनले असार महिनाको २० अथवा २१ गते तिर घर निर्माणको लागि कार्यादेश दिइएको स्वीकारे ।
उनले भने आफूहरुले यसमा केही गर्न सकिदैन, संयोजकले जसको घर निर्माण गर्नुछ, सिफारिस दिनुहुन्छ, त्यही अनुसार हामी कार्यादेश दिन्छौं र काम अगाडि बढ्ने उनको भनाई छ । अर्कोतर्फ पर्सा जिल्लाभरिको लागि ४ सय घरहरु निर्माण भइरहेका छन् भने विद्यायक तेलीले आफ्नो क्षेत्रमा मार्फत २ सय घर निर्माण गरि रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि