Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चन्द्रमासम्मै जानेछ जापानको बुलेट ट्रेन !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०७९
चन्द्रमासम्मै जानेछ जापानको बुलेट ट्रेन !

एजेन्सी / जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ । जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ । यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ । अर्थात् मानिसहरु एक कृत्रिम अन्तरीक्ष आवासमा रहनेछन् जसको वातावरण पृथ्वीजस्तै तयार गरिनेछ ।
कृत्रिम अन्तरीक्ष आवास (आर्टिफिसियल स्पेस ह्याबिटाट) मा गुरुत्वाकर्षण बल तथा वायुमण्डलको संरचनामा विशेष ध्यान दिइनेछ ता कि त्यसले मानिसको मांसपेशी तथा हड्डी कमजोर नहोउन् । आम रुपमा कम गुरुत्वाकर्षणयुक्त क्षेत्रमा बस्दा मानिसको सरीरका मांसपेशी तथा हड्डीहरु कमजोर हुने गर्दछन् । विश्वमा एकातर्फ अमेरिका पुनः चन्द्रमामा जाने योजनामा छ भने चीनले मंगल ग्रहमा खोज गरिरहेको छ । रुस र चीन मिलेर चन्द्रमाका लागि संयुक्त मिसनको योजना बनाइरहेका छन् । उता जापान तथा बुलेट ट्रेन र कृत्रिम अन्तरीक्ष आवासको योजना बनाएको हो । यसमा मानिसहरु छिटै नै कुनै अन्य ग्रहमा बस्न सहज हुनेछ ।

शताब्दीको अन्त्यसम्ममा चन्द्रमा र मंगलमा बस्ती
ग्लास अर्थात् सिसाको आवास यस्तो ठूलो कोलोनी हुनेछ जसमा मानिसहरुको बसोबास हुनेछ । उक्त कोलोनी चन्द्रमा तथा मंगल ग्रहमा बनाइनेछ । उक्त कोलोनीका सिसाघरभित्र सहजै बस्न सकिनेछ तर बाहिर निस्किँदा स्पेस शूट लगाउनु पर्नेछ । त्यहाँ अन्य दैनिक जिवनका क्रियाकलाप सहजै हुने अपेक्षा गरिए तापनि बच्चा जन्माउने जस्ता कार्यहरु कत्तिको असहज हुन्छन् भन्ने पत्ता लगाउनु हालका लागि सम्भव छैन । एक्काइसौँ सताब्दीको उत्तरार्धसम्ममा चन्द्रमा र मंगल ग्रहमा वस्ती बसाल्न सम्भव हुने वैज्ञानिकहरुको विश्वास छ ।
जापानको क्योटो विश्वविद्यालय तथा काजिमा कन्स्ट्रक्सनले संयुक्त रुपमा चन्द्रमा र मंगलसम्म बुलेट रेल चलाउने र सिसाको आवास बनाउने योजना तयार पारेका हुन् । ग्लास सोलीजस्तो एक आवास स्थान हुनेछ जसमा कृत्रिम गुरुत्वाकर्षण बल हुनेछ । उक्त वस्तीमा सार्वजनिक यातायातको सुविधा हुनेछ । रुख विरुवाले हरियाली हुने त्यस ठाउँभित्र नदी लगायतका जलश्रोत तथा पार्क लगायतका मानिसलाई आवश्यक सबै चिज हुनेछन् । उक्त भवन करीब १३ सय फिट लामो हुनेछ । सन् २०५० सम्ममा त्यसको नमूना अर्थात् प्रोटोटाइप तयारी हुने वैज्ञानिकको भनाई छ । त्यसको अन्तिम रुप भने यो सताब्दीको अन्त्यसम्ममा आउन सक्नेछ ।

चन्द्रमामा बन्ने सिसाको कोलोनीको नाम लूना ग्लास हुनेछ र मंगलमा हुने यस्तो कोलोनीको नाम मार्स ग्लास हुनेछ ।
क्योटो विश्वविद्यालय र काजिमा कन्स्ट्रक्सनले स्पेस एक्सप्रेस नामक बुलेट ट्रेन पनि बनाइरहेका छन् । उक्त रेल पृथ्वीबाट चन्द्रमा तथा मंगल ग्रहका लागि छुुट्नेछ । यो एक अन्तर ग्रह परिवहन प्रणालीको रुपमा रहनेछ । उक्त बुलेट ट्रेनको नाम हेक्जाट्रयाक राखिएको छ । यो रेलले लामो दूरीको अन्तरीक्ष यात्रामा समेत १जी गुरुत्वाकर्षणको क्षमता कायम राख्न सक्नेछ । ताकि लामो समयसम्म शून्य गुरुत्वाकर्षणको असर त्यसभित्र रहेका यात्रुहरुले भोग्नुपर्ने छैन ।
हेक्साट्रयाक मा हेक्जा क्याप्सुल पनि हुनेछ । सो क्याप्सुल षटकोण आकारको हुनेछ । यो १५ मिटर लामो मिनी क्याप्सुल हुनेछ । साथै त्यसमा ३० मिटर लामो ठूलो क्याप्सुल पनि हुनेछ जसले चन्द्रमा र मंगलको यात्रा गराउनेछ । यो रेल पृथ्वीबाट चन्द्रमा हुँदै मंगलसम्म पुग्नेछ । यो क्याप्सुल विद्युत चुम्बकीय प्रविधिमा चल्नेछ । जस्तो जर्मनी तथा चीनमा मेगलेभ रेल चल्दछ । पृथ्वीमा निर्माण हुने ट्रयाक स्टेशनको नाम टेरा स्टेशन हुनेछ । यो रेल स्टाण्डर्ड गेजको ट्रयाकमा चल्नेछ जसमा ६ वटा डिब्बा हुनेछन् । पहिलो र अन्तिम डिब्बामा रकेट बुस्टर जडान हुनेछ ।
यसले रेललाई अगाडि र पछाडि लैजाने र अन्तरीक्षमा गति घटबढ गराउन सकिन्छ । साथै पृथ्वी र चन्द्रमा तथा मंगलको गुरुत्वाकर्षणको हिसाबले यसले का मगर्नेछ । साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि