Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा गु्रप कार्डियो वर्कआउट, स्वास्थ्य जीवनको लागि व्यायाम अति आवश्यक : सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २६, २०७९
वीरगंजमा गु्रप कार्डियो वर्कआउट, स्वास्थ्य जीवनको लागि व्यायाम अति आवश्यक : सिंह

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २६ असार / वीरगंजको आदर्शनगर स्थित पुरानो बसपार्क मैदानमा गु्रप कार्डियो वर्कआउट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहकार्य र वीरगंज साइकलिङ क्लबद्वारा आयोजित वर्कशप कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु विभिन्न रोगले ग्रस्त भइरहेको भन्दै स्वस्थ जीवनका लागि यसप्रकारको ब्यायाम निकै महत्वपूर्ण रहेको बताए ।
उनले एकदिन मात्र ब्यायाम गरेर शरिरलाई स्वच्छ र तन्दरुस्त राख्न नसकिने भन्दै यहाँबाट सिकेका व्यायामका तरिकालाई दैनिक जीवनमा लागु गर्नुपर्ने बताए । यस्ता खालका कार्यक्रमले मानिसहरुलाई स्वस्थ रहन प्रेरित गर्नुको साथै सहि तरिकाले ब्यायाम कसरी गर्न सकिन्छ भनेर सिकाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पछिल्लो समय व्यस्त जीवनका कारण मानिसहरु आफ्नो स्वस्थप्रति गम्भिर हुन नसक्दा उच्च रक्तचाप, मधुमेह जस्तो विभिन्न किसिमको रोगबाट ग्रसित हुने गरेको बताए ।
उनले कार्डियो वर्कआउट र जुम्बा जस्ता ब्यायामहरु खास गरि काठमाण्डौमा मात्रै हुने गरेकोमा पछिल्लो समय देशको बिभिन्न सहरहरुमा यस्ता खालको ब्यायाम संचालन हुनुले पनि पछिल्लो समयमा हाम्रो समाजमा शारिरिक ब्यायामको महत्व बढेको कुरा पुष्टि भएको बताए ।


गु्रप कार्डियो वर्कआउट कार्यक्रम तथा दि ब्यायामशाला कि प्रशिक्षक ममता प्रसाई र अनुप सुबेदीले संयुक्त रुपमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक ममता प्रसाईले स्वस्थ र तन्दरुस्त रहनका लागि नियमित व्यायामसँगै डाइट (खाना) कन्ट्रोल गर्न पनि जरुरी रहेको जानकारी दिए ।
यसैगरी वीरगंज स्थित भारतीय दूतावासका नितिस कुमारले मानिसको तनाव हटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि व्यायाम अपरिहार्य रहेको बताए । वीरगंज साइकलिङ क्लबका अध्यक्ष संजय अग्रवालले वीरगंजमा पहिलो पटक आयोजना गरेको गु्रप कार्डियो वर्कआउट कार्यक्रममा बोल्दै कोरोना महामारीको बेला लाखौ दीर्घ रोगीहरुको मृत्यु भएको स्मरण गराउदै मानव जीवनमा ब्यायामको निकै महत्व रहेको बताए ।
करिब डेढ घण्टा संचालन भएको ब्यायाम कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक नेपाल आर्मी लगायत सयौ पुरुष तथा महिलाहरुको बाक्लो उपस्तिथी रहेको थियो । कार्यक्रमको सहजीकरण अनुप अग्रवालले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि