Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०७९
बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ३१ जेठ / नयाँ गाडीमा बैंकले लगानी गर्न रोक लगाएपछि भारत तथा तेश्रो मुलुकबाट आयातित नयाँ गाडीहरु आई.सि.पि. यार्डमै थन्किएको छ । विगत तीन महिनादेखि बैंकहरुले कर्जा लगानीमा रोक लगाएपछि भारत तथा तेश्रो मुलुकबाट आयातित हेभी गाडीहरुको चेसिस एकिकृत जाँच चौकी (आई.सि.पि.) यार्डमै थन्किएको हो ।
हाल आई.सि.पि. यार्डभित्र ठुलठुला गाडीहरुको चेसिस भरिभराउ छ । ठूला गाडीको चेसिसको मुख्य आयातकर्ता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख पार्थ राणाका अनुसार बैंकले गाडी कर्जामा रोक लगाएपछि आयातित गाडीहरु जाँचपास हुन नसकेको बताए । उनले सबैले बैंकबाट कर्जा लिएर नै गाडी किन्ने हो, बैंकले कर्जा दिइरहेको बखत अर्डर गरिसकेका गाडीहरु आइसकेका छन् तर बैंकले कर्जा लगानीमा रोक लगाएपछि आयातित गाडीहरु पनि जाँच पास हुन नसकेर आई.सि.पि.मै थन्केको बताए ।
लग्जरी तथा कारहरु हुनेखानेहरुले किन्ने गर्छन् तर ट्रक टिपर जस्ता मालसामान ढुवानी गर्ने गाडीहरु सर्वसाधारणले बैंकको सहयोगमा धितो राखेर किन्ने गरेको कारण बैंकले नै कर्जा लगानीमा रोक लगाएपछि गाडीहरु आयात भएर पनि जाँच पास हुन नसकेको राणको भनाई छ । सर्वसाधारणले गाडी खरिद गर्दा बैंकले धितो राखेर ५० देखि ७० प्रतिशतसम्म लगानी गर्ने गरेको छ । विगत तीन महिनादेखि बैंकहरुले कर्जा लगानी गर्नमा रोक लगाएपछि यस्तो समस्या उत्पन्न भएको हो । यसबाट सवारी खरिदकर्ता भन्दा पनि आयातकर्ता कम्पनीहरु ठूलो मर्कामा परेको प्रमुख राणाको भनाई छ ।


पैसा अभावमा गाडीहरु जाँच पास हुन नसकेपछि आई.सि.पि. यार्डमा १४ सयको हाराहारीमा नयाँ गाडीहरु थन्केको छ । आईसिपिमा सिप्रदी टे«डिङ्ग प्रा.लि.को मात्रै ९ सय भन्दा बढिको हाराहारीमा गाडीहरु थन्केको छ । सिप्रदिले प्रतिदिन २ करोडको हाराहारीमा भाडा मात्रै तिर्नु परेको प्रमुख राणको भनाई छ । उनका अनुसार गाडी आईसकेपछि आईसिपिले आफ्नो भाडा लिन्छ नै, त्यसमा पनि समयमा गाडी जाँच पास हुन नसकेपछि दिन बढेसँगै दोब्बर, तेब्बर ब्याज बढ्दै जान्छ, जसबाट आयातकर्ता कम्पनीलाई ठूलो घाटा व्यवहोर्नुपर्ने हुन्छ उनले भने । नेपाल सरकारले कर्जा लगानी फुकुवा गरेपछि मात्रै सवारीसाधनहरु जाँच पास हुन सक्ने उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकले बचत भन्दा पनि कर्जा लगानी बढि भएपछि सम्पूर्ण कर्जा लगानीमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनानुसार फागुन गत २०७८ फागुन महिनादेखि बैंकहरुले कर्जा लगानीमा रोक लगाएपछि गाडी आयातमा मात्रै नभई व्यापार, व्यावसाय तथा घर निर्माण कार्य पनि अवरुद्ध भएको छ । सिप्रदी लगायत युनाइटेड ट्रेड सिन्डिकेट प्रा.लि., जियो मोटर्स प्रा.लि., ओमनी मोटर्स प्रा.लि. लगागतका आधिकारिक विक्रेता डिलरहरुले भारत तथा तेश्रो मुलकबाट हेभी गाडी तथा चेसिसहरु आयात गर्ने गरेको छ ।
अर्कोतर्फ नेपाल सरकारले आर्थिक वर्ष २०७९÷०८० मा सवारी साधनमा अन्तः शुल्क बढाउने घोषणा गरेपछि पनि केही गाडीहरु भन्सार जाँच पास हुन सकेको छैन । नेपाल सरकारले आगामी आर्थिक वर्षमा ३००० सिसिदेखि माथिका गाडीहरुमा ५ देखि १५ प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरेपछि नयाँ गाडीको भन्सार जाँचपास रोकिएको हो । अन्तःशुल्कले पनि समस्या उत्पन्न भएको हो, तर यो खासै समस्या होइन, मुख्य समस्या भनेको बैैंकले कर्जा लगानीमा रोक लगाएकोले यस्तो समस्या उत्पन्न भएको सिप्रदि ट्रेडिङ्गका प्रमुख राणको भनाई छ ।


मुलुककै सर्वाधिक सवारीसाधन भित्रिने नाका वीरगन्ज स्थित आईसिपि नै हो । यो नाका भएर भित्रिने ३ सयदेखि ४ सय नयाँ सवारी साधनहरु आईसिपिमा हुन्थे, तर अहिले यो सँख्या तेब्बर पुगेको छ । भन्सार यार्डमा करिब १ हजारको संख्यामा बस, ट्रकका चेसिस, करिब ३ सयको संख्यामा जीप, कार, भ्यान र दुई दर्जनको संख्यामा ट्याक्टरहरु छन् ।
यता एकिकृत जाँच चौकी भन्सारका सूचना अधिकारी सुमित गुप्ताले आयातित गाडीहरुलाई सम्बन्धित आयातकर्ता कम्पनीहरुले जाँच पास गराउन नै नआएकोले थन्किएको बताए । के कारणले जाँच पास गराउन नआएको भन्नेबारे भन्न नसकिने भन्दै सूचना अधिकारी गुप्ताले आयातकर्ता कम्पनीहरुले जाँजपास प्रक्रियाको लागि कुनै किसिमको कागज नै पेश नगरेकोले यार्डमै थन्किएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि