Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा : निर्वाचन गतिविधिले पायो तिब्रता, १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र

यस पटक फरक ढँगले मतादाता शिक्षा दिइने : प्रमुख झा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०७९
पर्सा : निर्वाचन गतिविधिले पायो तिब्रता, १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र

• हरिशंकर शर्मा
वीरगन्ज, २१ वैशाख / यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय पर्सा निर्वाचन गतिविधिलाई तिब्रता दिएको छ । निर्वाचनको लागि चाहिने जनशक्तिदेखि अत्यावश्यक सामाग्रीहरु पर्सा जिल्लामा आइसकेको छ भने त्यसलाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता कार्य सम्पन्न भएसँगै निर्वाचन गतिविधिलाई झन तिब्रता दिइएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
निर्वाचनको लागि मतदान स्थल, मतदान केन्द्र तोक्ने, अनुगमन गर्ने लगायतका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको छ भने निर्वाचनमा चाहिने जनशक्तिलाई तालिम दिने कार्य भइरहेको छ । यसैगरि मतादाता शिक्षा, आचारसंहिता पालना लगायतका विविध विषयमा जिल्ला निर्वाचन कार्यालयले निगरानी गरि रहेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् ।
जिल्लामा ३ लाख ३९ हजार ८ सय ३६ मतदाता छन् ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५ सय ६६ र महिला मतदाता एक लाख ४८ हजार २ सय ८३ र अन्य मतदाता १६ छन् । निर्वाचनलाई लक्षित गरि पर्सा जिल्लाका १४ वटा पालिकामा १ सय ६७ मतदानस्थल र ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ । हाल कायम गरिएको मतदान स्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगन्ज महानगरपालिकामा ५५ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिइन् । उनका अनुसार सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा ६ मतदान स्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यसैगरी क्रममा पोखरीयामा ११ मतदान स्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदान स्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो । यसैगरी विन्दवासनीमा ९ मतदान स्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा ६ मतदानस्थल र १५ मतदान केन्द्र, धोवनीमा ७ मतदान स्थल र १६ मतदान केन्द्र, छिपहरमाईमा ८ मतदान स्थल र २० मतदान केन्द्र, कालिकामाईमा ९ मतदान स्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदान स्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदान स्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा ८ मतदान स्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा ७ मतदान स्थल र २१ मतदान केन्द्र तथा ठोरी गाउँपालिकामा ७ मतदान स्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदाता शिक्षा संचालन नहुँदा मत बदर हुने सम्भावना
स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा पर्सा जिल्लामा मतदाता शिक्षा कार्यक्रम संचालन हुन नसक्दा मत बदरको संख्या बढ्ने सम्भावना देखिएको छ । निर्वाचन आउन१० दिन मात्र बाँकी रहँदा मतदाता शिक्षा कार्यक्रम नहुँदा नँया मतदाताहरु मतदान कसरी गर्ने भन्ने विषयमा अन्यौलमा परेका छन् ।
बिगतमा निर्वाचन हुनु एक महिना अगावैदेखि स्वयंसेवकहरु घरघरमा पुगी निर्वाचनमा कसरी मतदान गर्ने, मपपत्रलाई कसरी पट्याउने लगायतका बारेमा जानकारी दिने गरेकोमा यस वर्ष उक्त कार्यक्रम नेपाल सरकारले कटौती गरेको छ । नेपाल सरकारले बजेट अभाव देखाउँदै मतदाता शिक्षा कार्यक्रम कटौती गरेको छ, जसले गदा मत बदरको संख्या बढ्न सक्ने संकेत देखिएको छ ।

उद्देश्य पुरा नभए फरक ढँगले मतादाता शिक्षा दिइने : प्रमुख झा
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख एवं निर्वाचन अधिकारी रञ्जिता झाले २०७४ को स्थानीय निर्वाचनमा करोडौं खर्च गरेर मतदाता शिक्षा संचालन गरेपनि निर्वाचन आयोगको उद्देश्य पुरा नभएपछि यस वर्षको मतदाता शिक्षाको स्वरुप परिवर्तन गरिएको बताइन् । उनले निर्वाचनको २ दिन अघि वैशाख २८ र २९ गते १४ पालिकाको प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा कक्ष निर्माण गरि स्वयमसेवक खटाएर मदतादाहरुले परिचयपत्र लिन आउने बेलामा मतदानबारे शिक्षा दिने बताइन् । जसले गर्दा मतदाताहरुलाई मतदान गर्न सहज पनि हुने र मत बदरको संख्यामा पनि कमी आउने बताइन् ।
गत निर्वाचनमा मतदाता शिक्षाका लागि देशभर २० हजार स्वयमसेवक परिचालन गरेको थियो भने ८० करोड खर्च भएको थियो । करोडौँ खर्चेर पनि बिगतको निर्वाचनमा मत बदर घटाउन नसकेको भन्दै आयोगले प्रविधिमैत्री युगमा रेडियो, टेलिभिजन, अनलाईन, सामाजिक संजालबाट मतदाता शिक्षालाई प्राथमिकतामा राखेको बताइन् । तर पर्सा जिल्लाका अधिकांश पालिकाबासीहरु प्रविधिको पहुँचबाट बाहिर रहेको कारण उनीहरु मतदाता शिक्षाबाट बञ्चित हुने देखिन्छ ।
वीरगंज महानगरपालिकामा ३२ वटा वडा मध्य १६ वटा ग्रामीण भेग नै छन् । यता राजनीतिक दलहरु पनि मतदाता शिक्षा कार्यक्रमप्रति उति गम्भिर देखिदैन् । निर्वाचनमा मतदातासंग मत माग्नुको साथै मतदान कसरी गर्ने शिक्षा पनि संचालन गरे मत बदरको संख्यामा केही कमी आउन सक्ने थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि